छिमेकी मुलुक भारतमा कोरोना संक्रमण  बढ्दै, सीमा नाकामा छैन सतर्कता

राजविराज राजविराज
|
मंगलबार, चैत्र १४, २०७९
|
|
७० पटक हेरिएको
Shares
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण  बढ्दै, सीमा नाकामा छैन सतर्कता

सारांश

  •     सप्तरीको तिलाठी, पातो, छिन्नमस्ता लगायतका नाकाबाट दैनिक सयौंको संख्यामा भारतबाट नेपाल प्रवेश गर्ने र नेपालबाट भारत जाने गरेका छन् ।
  • उनीहरुको स्वास्थ्य परिक्षण नगर्दा जोखिम बढेको स्वास्थ्यकर्मीहरु बताउँछन ।
  •       केही महिना यता जिल्लामा कोरोना संक्रमण दर शून्यमा झरे पनि छिमेकी मुलुक भारतमा फेरी कोरोना भाईरसको संक्रमण बढ्न थालेको छ ।

दैनिक समाचारदाता
राजविराज, १४ चैत ।  

    छिमेकी मुलुक भारतको विभिन्न राज्यमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । तर, सीमानाकामा भने सतर्कता अपनाइएको देखिन्न् । 
    सप्तरीको तिलाठी, पातो, छिन्नमस्ता लगायतका नाकाबाट दैनिक सयौंको संख्यामा भारतबाट नेपाल प्रवेश गर्ने र नेपालबाट भारत जाने गरेका छन् । उनीहरुको स्वास्थ्य परिक्षण नगर्दा जोखिम बढेको स्वास्थ्यकर्मीहरु बताउँछन । 
    केही महिना यता जिल्लामा कोरोना संक्रमण दर शून्यमा झरे पनि छिमेकी मुलुक भारतमा फेरी कोरोना भाईरसको संक्रमण बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनिया लाल यादवले कोरोनाको संक्रमण सप्तरीमा पनि फैलिन सक्ने भएकाले सबै सर्वसाधारण सचेत रहन आग्रह गरेका छन् । 
    नेपाल–भारत खुला सीमा नाकाबाट निर्वाध आवागमन भइरहेको तथा अधिकांशले मास्कको प्रयोग गर्न छाडेकाले समस्या निम्त्याउन सक्ने भन्दै उनले कोरोना संक्रमण पुनः पैmलन नदिन उच्च सतकर्ता अपनाउन सबै संग अपिल गरे । उनले पीसीआर ल्याब हाल बन्द भएकाले पनि कोरोनाको वास्तविक अवस्था बुझ्न कठिन भएको बताए । 
    संघिय सरकारको मातहतमा रहेको गजेन्द्र नारायण सिंह अस्पतालमा यस अघि ठूलै लगानीम पिसीआर प्रयोगशाला स्थापना गरिएको थियो । तर, कर्मचारीको अभावमा हाल परिक्षण सेवा ठप्प भएको मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश साहले बताए । 
    उक्त प्रयोगशाला गत बैशाख देखि नै बन्द रहेको अस्पतालका कर्मचारीहरुले बताएका छन । यता विगतमा नाकाहरुमा हेल्थ डेस्क स्थापना गरी परिक्षण गरिदै आएकोमा हाल ५÷६ महिना देखी सो कार्य पनि बन्द रहेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठोस योजना नभएका कारण युवाहरू बिदेशिदै ः अध्यक्ष यादब 
ठोस योजना नभएका कारण युवाहरू बिदेशिदै ः अध्यक्ष यादब 
सप्तरीमा एकैदिन २७ जना कोरोना पोजेटिभ, तिलाठी कोइलाडीका एकै वाडका २५ जना संक्रमित
सप्तरीमा एकैदिन २७ जना कोरोना पोजेटिभ, तिलाठी कोइलाडीका एकै वाडका २५ जना संक्रमित
मधेशमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे विद्यालयहरु बन्द गर्ने चेतावनी
मधेशमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे विद्यालयहरु बन्द गर्ने चेतावनी
महिलालाई आत्मनिर्भर बनाउने प्रयास
महिलालाई आत्मनिर्भर बनाउने प्रयास
कोरोना संक्रमणबाट मुक्त भएका कैदीबन्दीलाई सरसफाई सामाग्रि प्रदान
कोरोना संक्रमणबाट मुक्त भएका कैदीबन्दीलाई सरसफाई सामाग्रि प्रदान
बाह्र वर्षपछि ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ, ६ महिनामा ३ सय ९७ फरार अपराधी पक्राउ परे 
बाह्र वर्षपछि ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ, ६ महिनामा ३ सय ९७ फरार अपराधी पक्राउ परे 
१५ दिन भित्र मुआब्जाका लागि पहल नगरिए  निर्माण कार्य ठप्प पार्ने कोशीपीडितको चेतावनी 
१५ दिन भित्र मुआब्जाका लागि पहल नगरिए  निर्माण कार्य ठप्प पार्ने कोशीपीडितको चेतावनी 
अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
एमाले निकट मुश्लिम संगठनको  नगर अधिवेशन तयारी सुरु
एमाले निकट मुश्लिम संगठनको  नगर अधिवेशन तयारी सुरु
समाजसेवी इन्जिनियर यादवद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान
समाजसेवी इन्जिनियर यादवद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान