बिपन्न परिवारका बालबालिकाका लागी तरकारीखेती प्रभावकारी बन्दै

राजविराज राजविराज
|
आइतबार, चैत्र ३, २०७५
|
|
६० पटक हेरिएको
Shares
बिपन्न परिवारका बालबालिकाका लागी तरकारीखेती प्रभावकारी बन्दै

सारांश

  •     सप्तरीको सुरूङ्गा नगरपालिका ३ दौलतपुर, लक्ष्मीपुरका बिपन्न बस्तीका लागि सुमन्नती कार्यक्रमको अतिरिक्त क्रियाकलाप अन्तर्गत बालबच्चामा लगानी लगाउने उद्देश्यले उनीहरूको जिविकोपार्जनका लागि तरकारी खेती प्रभावकारी बनेको हो ।
  •     यस बस्तीका लागि १५ घरधुरीका लागि २ बिगाहा १० कठ्ठा जग्गा ४५ हजारमा लिजमा लिई सहयोग गरेपछि उनीहरू तरकारी खेतीवाट आयआर्जन गरी बालबच्चामा लगानीसँगै आत्मनिर्भर भएका छन् ।
  •     सबल नेपाल, सेभ द चिल्ड्रेन र सुरुङ्गा नगरपालिको संयुक्त साझेदारीमा संचालित सुमन्नती कार्यक्रम अन्तर्गत लक्ष्मीपुरका बिपन्न परिवारलाई जग्गा लिजमा, बिउबिजन, प्राबिधिक, जैबिक मल सहयोग गरेपछि तरकारी खेती तर्फ उनीहरु आकर्षित भएका हुन् ।

चन्दनकुमार यादव
राजबिराज, ३ चैत । 
    दौलतपुरका बिपन्न परिवारका बालवालिकामा गरिएको लगानीले तरकारी खेती प्रभावकारी बन्दै गएको छ ।
    सप्तरीको सुरूङ्गा नगरपालिका ३ दौलतपुर, लक्ष्मीपुरका बिपन्न बस्तीका लागि सुमन्नती कार्यक्रमको अतिरिक्त क्रियाकलाप अन्तर्गत बालबच्चामा लगानी लगाउने उद्देश्यले उनीहरूको जिविकोपार्जनका लागि तरकारी खेती प्रभावकारी बनेको हो ।
    यस बस्तीका लागि १५ घरधुरीका लागि २ बिगाहा १० कठ्ठा जग्गा ४५ हजारमा लिजमा लिई सहयोग गरेपछि उनीहरू तरकारी खेतीवाट आयआर्जन गरी बालबच्चामा लगानीसँगै आत्मनिर्भर भएका छन् ।
    सबल नेपाल, सेभ द चिल्ड्रेन र सुरुङ्गा नगरपालिको संयुक्त साझेदारीमा संचालित सुमन्नती कार्यक्रम अन्तर्गत लक्ष्मीपुरका बिपन्न परिवारलाई जग्गा लिजमा, बिउबिजन, प्राबिधिक, जैबिक मल सहयोग गरेपछि तरकारी खेती तर्फ उनीहरु आकर्षित भएका हुन् ।
    सो खेतीवाट गुलाब महिला कृषक समुह लक्ष्मीपुरका ९ जनाले यस बर्षको तरकारी खेतीवाट २ लाख ५० हजार भन्दा बढी आम्दानी गरेको कृषक बिकुरामले बताए । उनले भने, “तरकारी खेतीवाट बालवच्चाको स्वास्थ, शिक्षामा लगानी, उनीहरूको पालनपोषण र परिवारको गुजारा तथा केही आम्दानी समेत गर्ने गरेको छु ।”
    उनले थपे, “यसअघि हामीहरु घरपरिवार गुजारा गर्न जंगलमा दाउरा ल्याएर बेच्थे तथा अरूको खेतमा मजदुरी गरेर गुजारा गथ्र्याै तर, जबदेखी सबल नेपालले तरकारी खेतीका लागि सहयोग ग¥यो, तबदेखी हामी आत्मनिर्भर बन्दै गयौं ।”
    यस्तै समुहका अर्की सदस्य असिया देबी रामले ५ कठ्ठा जग्गामा काउली, बन्दा, खुर्सानी, टमाटर, सागबाट ३५ हजार आम्दानी गर्ने गरेकी छिन् । त्यस्तै संजु देबी रामले ५ कठ्ठामा लगाएको तरकारी खेतीवाट २० हजार आम्दानी गरेको बताईन । 
    सोही समुहका पलास सदा, प्रभादेबी सदा र शोभा देबी सदाले पनि काउली, बन्धा बेचेर १५ हजार देखि २५ हजार सम्मको आम्दानी गरेको बिकु रामले बताए ।
    बिपन्न बर्गका पहिचान गरि यस भेगका बालवालिकामा लगानी हुने उद्देश्यले उनीहरूको अभिभाबकलाई आफ्नो कमाईबाट बालबालिकामा लगानी लगाउन नसक्ने परिवारलाई जग्गा लिजमा, बिउ बिजन, प्राबिधिक सहयोग र अभिमुखिकरणबाट सचेत गराई आत्मनिर्भर बनाउन लागेको सबल नेपालका फिल्ड अफिसर रोशन मण्डलले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपनीले प्रथम मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी जित्यो
रुपनीले प्रथम मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी जित्यो
तालाबन्दी खुलाउन विश्वविद्यालयद्वारा सम्बन्धीत सरोकारवालासँग आग्रह
तालाबन्दी खुलाउन विश्वविद्यालयद्वारा सम्बन्धीत सरोकारवालासँग आग्रह
डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
लोसपाले मनायो वार्षिकोत्सव
लोसपाले मनायो वार्षिकोत्सव
करेन्ट लागेर हात्तीको मृत्यु
करेन्ट लागेर हात्तीको मृत्यु
बिपद न्युनिकरण गर्न तीनै तहका सरकारबीच  घनिष्ट सहकार्य आवश्यक ः मन्त्री लेखी
बिपद न्युनिकरण गर्न तीनै तहका सरकारबीच  घनिष्ट सहकार्य आवश्यक ः मन्त्री लेखी
सप्तरीका बाढीपीडितलाई भारत सरकारद्वारा  अस्थायी बसोवास सामाग्रि सहयोग
सप्तरीका बाढीपीडितलाई भारत सरकारद्वारा  अस्थायी बसोवास सामाग्रि सहयोग
नेवि संघको अधिवेशन गराउन पार्थोलाई जिम्मेवारी दिइयो
नेवि संघको अधिवेशन गराउन पार्थोलाई जिम्मेवारी दिइयो
एक बर्ष भित्रै सप्तरीलाई साक्षर जिल्ला  घोषणा गर्ने स्थानिय तहको प्रतिबद्धता
एक बर्ष भित्रै सप्तरीलाई साक्षर जिल्ला  घोषणा गर्ने स्थानिय तहको प्रतिबद्धता
मोहरम शान्तिपूर्ण रुपमा मनाउन सप्तरी प्रशासनको आग्रह
मोहरम शान्तिपूर्ण रुपमा मनाउन सप्तरी प्रशासनको आग्रह