दैनिक समाचारदाता
राजविराज, १३ बैशाख ।
प्रदेश सभा सदस्य किरण कुमारी साहले राजविराज ७ स्थित भगवती मन्दिर पोखरीको घाट निर्माणका लागि बुधबार शिलान्यास गरेकी छिन् ।
आफ्नो संसदीय विकास कोषबाट बजेट लगाई उक्त पोखरीमा छठ पुजाका लागी घाट निर्माण कार्यको बुधवार प्रदेश सभासदस्य साहले शिलान्यास गरेकी हुन ।
सांसद साहले यस पटक उपलब्ध बजेट अनुसार भगवती मन्दिर पोखरी छठीघाट निर्माण कार्यको थालनी गरेर अगामी आर्थिक वर्षहरुमा उपलब्ध हुने थपबजेट समेतलाई क्रमशः पोखरीको चारै तीर घाट निर्माणको कार्य सम्पन्न गराउने प्रतिबद्धता जनाएकी छिन् ।
धार्मिक एवं साँस्कृतिकस्थल समेत रहेको तथा विभिन्न मन्दिरहरुको निकट अवस्थित उक्त धार्मिक महत्वको पोखरीमा आवश्यक सरसफाई, जिर्णाेधार, पुजाघाट लगायतको अभावले गर्दा छठ पर्व लगायत विभिन्न धार्मिक कार्यक्रमको अवसरमा पुजा विधी गर्न भक्तजनहरुलाई समस्या हुदै आएको थियो ।
प्रदेश सभा सदस्य साहले आफ्नो संसदीय विकास कोषबाटै राजविराज नगरपालिकाको वडा नंं ४ मा केही दिन भित्रै सेफ हाउसको निर्माण कार्य समेत शूरु गरिने जानकारी दिएकी छिन ।
उक्त अवसरमा वडा नं. ७ का अध्यक्ष सुभाषचन्द्र यादव, ३ का अध्यक्ष अनिल दास, जसपाका युवा नेता शैलेन्द्र यादव, संतोष कुमार साह लगायत स्थानीय भरभलादमीको उपस्थिती रहेको थियो ।
पोखरी घाट निर्माणका लागि प्रदेश सभासदस्यद्वारा शिलान्यास
सारांश
- आफ्नो संसदीय विकास कोषबाट बजेट लगाई उक्त पोखरीमा छठ पुजाका लागी घाट निर्माण कार्यको बुधवार प्रदेश सभासदस्य साहले शिलान्यास गरेकी हुन ।
- सांसद साहले यस पटक उपलब्ध बजेट अनुसार भगवती मन्दिर पोखरी छठीघाट निर्माण कार्यको थालनी गरेर अगामी आर्थिक वर्षहरुमा उपलब्ध हुने थपबजेट समेतलाई क्रमशः पोखरीको चारै तीर घाट निर्माणको कार्य सम्पन्न गराउने प्रतिबद्धता जनाएकी छिन् ।
- धार्मिक एवं साँस्कृतिकस्थल समेत रहेको तथा विभिन्न मन्दिरहरुको निकट अवस्थित उक्त धार्मिक महत्वको पोखरीमा आवश्यक सरसफाई, जिर्णाेधार, पुजाघाट लगायतको अभावले गर्दा छठ पर्व लगायत विभिन्न धार्मिक कार्यक्रमको अवसरमा पुजा विधी गर्न भक्तजनहरुलाई समस्या हुदै आएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया