बन्धकमा रहेको दलित अगुवा सदाको शव चार दिनपछि ल्याइयो

राजविराज राजविराज
|
शुक्रबार, बैशाख २२, २०८०
|
|
९७ पटक हेरिएको
Shares
बन्धकमा रहेको दलित अगुवा सदाको शव चार दिनपछि ल्याइयो

सारांश

  •     समाजिक क्षेत्रमा सक्रिय रहेका सदा नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय सदस्य समेत हुन ।
  • उपचार खर्चको बाँकि बक्यौता रकम तिर्न नसकेपछि शव ल्याउन परिवारजनले चन्दा सहयोग संकलन अभियान मात्र थालेनन् कागज गरेर साहु महाजनसँग २ लाख रुपैया ऋण समेत उठाएका छन ।
  •       गाउँघरमा डुल्दै तथा समाजिक संजाल मार्फत सहयोगको याचना र कपाली कागज गरेर साहु महाजनबाट प्राप्त भएको रकमबाट बुबाको उपचार खर्च बुझाई शव ल्याएको छोरा अंकितले बताए ।

दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।

    विराटनगरस्थित न्युरो अस्पतालमा चार दिनदेखि बन्धक बनाएर राखिएको समाजिक अभियन्ता दलित अगुवा ३८ वर्षिय बीरेन्द सदाको शव शुक्रवार आफन्तजनले घर ल्याएका छन् । शुक्रबारै उनको अन्त्येष्टि गरिएको छ । 
    समाजिक क्षेत्रमा सक्रिय रहेका सदा नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय सदस्य समेत हुन । उपचार खर्चको बाँकि बक्यौता रकम तिर्न नसकेपछि शव ल्याउन परिवारजनले चन्दा सहयोग संकलन अभियान मात्र थालेनन् कागज गरेर साहु महाजनसँग २ लाख रुपैया ऋण समेत उठाएका छन । 
    गाउँघरमा डुल्दै तथा समाजिक संजाल मार्फत सहयोगको याचना र कपाली कागज गरेर साहु महाजनबाट प्राप्त भएको रकमबाट बुबाको उपचार खर्च बुझाई शव ल्याएको छोरा अंकितले बताए । 
    अस्पताल नजिकै रहेको आर्यन फार्मेसीलाई औषधी खरिद गरे वापतको २ लाख भन्दा बढी तथा श्रीमानको उपचारमा लागेको रकम मधये २ लाख भन्दा बढी रुपैया बुझाएर शुक्रवार साँझ अस्पतालबाट शव बुझेको मृतकका पत्नी मालतीले बताईन । 
    अति विपन्न परिवारका सिरहाको मिर्चैया नगरपालिका ५ निवासी सदालाई ब्रेन ह्यामरेज भएपछी परिवारले उपचारका लागी चैत २८ गते विराटनगरको न्यूरो अस्पतालमा पु¥याएका थिए । २० दिन पछी बैशाख १९ मा उनको मृत्यु भयो । 
    उपचार वापतको सम्पुर्ण रकम तिरेर मात्रै शव लैजान पाउने भन्दै अस्पतालले रोकेपछी सदा परिवार रकमको जोहो गर्न भौंतारिका थिए । आर्थिक अवस्था कमजोर भएकाले उपचार वापतको बाँकी रकम तिर्न न सक्ने अवस्था उत्पन्न भएपछी सदा परिवारले सुरुमा स्थानीय साहुसंग हार गुहार गरेर कागज गरी २ लाख जुटाएर औषधी पसल र अस्पताललाई बुझाएको मृतककी श्रीमती मालतीले बताइन । 
    आईसियुमा राखेर लामो समय उपचार गर्दा अस्पतालको थप ३ लाख ३५ हजार तथा औषधी पसलको २ लाख ६५ हजार रुपैया खर्च पुगेपछी आपूmहरु थप तनावमा परेको मृतकका भतिजा आशिषले सुनाए । 
    रकम संकलन भएपछी शुक्रवार अस्पताल र औषधी पसलको बक्यौता रकम बुझाएर बुआको शव पाएको छोरा अंकितले बताए । चन्दा संकलनमा सघाएका पचु माझीले शुक्रबार दिउँसोसम्म विभिन्न दाताहरुबाट २ लाख २० हजार रुँपैया सहयोगवापत प्राप्त भएको जानकारी दिए । 
    अस्पताल प्रशासनका अधिकृत मातृका पोखरेलले सदा परिवारले औषधी बाहेक उपचार खर्च वापत थप ३ लाख ३५ हजार बुझाउन बाँकि रहेकोमा सम्भव भएजति छुट गरेर शव आफन्तलाई बुझाइएको जानकारी दिए । उनले सदाको शव बन्धक नराखिएको तथा सदाको परिवारले नै पंसाको जोहो गर्न जान्छु भन्दै हिडेको र चार दिनपछि मात्र सम्पर्कमा आएको दाबी समेत गरे । 
    औषधी र उपचार खर्च जुटाउन् समाजसेवी दलित अगुवा पचु माझी मुसहरले समाजिक संजाल मार्फत अभियान चलाएको र त्यसपछी सहयोगी हातहरु थपिदै गएको अंकितले सुनाए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काशीराज–गंगादेवी स्मृति पुरस्कारबाट वरिष्ठ कानुन व्यवसायी सिंह सम्मानित
काशीराज–गंगादेवी स्मृति पुरस्कारबाट वरिष्ठ कानुन व्यवसायी सिंह सम्मानित
मातृभाषीको मुख र हातमा मातृभाषाको रक्षाको अभिभारा
मातृभाषीको मुख र हातमा मातृभाषाको रक्षाको अभिभारा
गाइगोठमा आगलागि हुँदा दुई गोरुगाडासहित दुई गाई जले
गाइगोठमा आगलागि हुँदा दुई गोरुगाडासहित दुई गाई जले
नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
प्रशासन कार्यालयका संक्रमित एक कर्मचारीको मृत्यु
प्रशासन कार्यालयका संक्रमित एक कर्मचारीको मृत्यु
छिन्नमस्ता वडा नं. ४  बालविवाह मुक्त वडा घोषणा
छिन्नमस्ता वडा नं. ४  बालविवाह मुक्त वडा घोषणा
आजदेखि माध्यमिक शिक्षा  परिक्षा (एसइई) सुरू, सप्तरीबाट ९ हजार ९८ परिक्षार्थी सहभागी हुदै 
ऋण दिएको कागजको सट्टा झुक्याएर जग्गा नै बिक्रि गरेको कागजमा आंैठा छाप
मालपोत कार्यालय राजविराजमा  अनलाइन प्रणाली सुरु हुँदै
मालपोत कार्यालय राजविराजमा  अनलाइन प्रणाली सुरु हुँदै
गाउँपालिकाको बेथिति र भ्रष्टाचार  बिरुद्ध बिरोध सभा सम्पन्न
गाउँपालिकाको बेथिति र भ्रष्टाचार  बिरुद्ध बिरोध सभा सम्पन्न