बोक्सीको आरोपमा कुटिएकी कबिताले चार वर्षपछि पाइन न्याय, कुटपिट गर्नेलाई १५ दिन कैद, १५ हजार क्षतिपूर्ती र १० हजार जरिवाना

राजविराज राजविराज
|
मंगलबार, जेठ ३०, २०८०
|
|
२६ पटक हेरिएको
Shares
बोक्सीको आरोपमा कुटिएकी कबिताले चार वर्षपछि पाइन न्याय, कुटपिट गर्नेलाई १५ दिन कैद, १५ हजार क्षतिपूर्ती र १० हजार जरिवाना

सारांश

  •     बोक्सीको आरोपमा कबितालाई कुटपिट गर्ने छिमेकी रामकुमार यादवलाई सप्तरी जिल्ला अदालतले १५ दिन कैद, १५ हजार क्षतिपूर्ती र १० हजार रुँपैया जरिवानाको फैसला गरेको छ ।
  •       जिल्लामा बोक्सीको आरोपमा कुटपिटका दोषिलाई कैद र जरिवाना भएको तीन वर्ष यताको यो पहिलो घटना हो ।
  •     जिल्ला न्यायाधिश हेमन्त रावलको इजलाशले मंगलबार उक्त मुद्दामा अन्तिम सुनुवाई गर्दै रामकुमारलाई उक्त कैद र जरिवाना फैसला सुनाएको हो ।

दैनिक समाचारदाता
राजविराज, ३० जेठ । 

    बोक्सीको आरोपमा कुटएकी राजविराज नगरपालिका वडा नं. ६ की एकल महिला ४० वर्षिया कबिता मिश्राले चार वर्षपछि न्याय पाएकी छिन् । 
    बोक्सीको आरोपमा कबितालाई कुटपिट गर्ने छिमेकी रामकुमार यादवलाई सप्तरी जिल्ला अदालतले १५ दिन कैद, १५ हजार क्षतिपूर्ती र १० हजार रुँपैया जरिवानाको फैसला गरेको छ । 
    जिल्लामा बोक्सीको आरोपमा कुटपिटका दोषिलाई कैद र जरिवाना भएको तीन वर्ष यताको यो पहिलो घटना हो ।
    जिल्ला न्यायाधिश हेमन्त रावलको इजलाशले मंगलबार उक्त मुद्दामा अन्तिम सुनुवाई गर्दै रामकुमारलाई उक्त कैद र जरिवाना फैसला सुनाएको हो । यता कुटपिटमा सघाएको आरोप लागेका उनका परिवारका सदस्य रामअधिन यादव, पंचीदेवी यादव, उमेश यादव, राजेश यादव र रमेश यादवलाई भने अदालतले सफाई दिएको छ ।
    श्रीमतीलाई बोक्सी लगाई मारेको आरोप लगाएर रामकुमार र उनका परिवारका सदस्यले २०७६ साल कात्तिक १३ गते कबिता र परिवारका अन्य सदस्यमाथी कुटपिट गरेको भन्दै आफन्तजन प्रहरी हुँदै अदालतसम्म पुगेका थिए । बचाउन जाँदा कबिताका आफन्तमाथी समेत कुटपिट भएको प्रहरी र अदालतमा प्रस्तुत गरिएको जोहरी निवेदनमा उल्लेख गरिएको थियो । टाउँको, डाढ, हात र पेटमा गहिरो चोट लागेको कबिता स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा सात दिनको उपचारपछि घर फर्केकी थिइन् । 
    कबिताका तर्फबाट सरकारी वकिल जिल्ला न्यायाधिवक्ता अरबिन्द मेहता, वरिष्ठ अधिवक्ता महेन्द्र कुमार चौधरी, नवराजकुमार क्षेत्री, अधिवक्ता देवबहादुर कटुवाल र शंकर कुमार मिश्रले बहस गरेका थिए । प्रतिवादीको तर्फबाट अधिवक्ता बालकिशोर यादव र कृष्णकुमार केसीले बहस गरेका थिए । 
    अदालतको फैसलाबाट कबिता र उनका परिवारजन भने पूर्ण सन्तुष्ट छैनन् । पीडकको कुटपिटबाट सासु महामेघा, जेठानी लक्ष्मीदेवी मिश्र, भतिजा पारष मिश्र घाइते भएको र उपचारमै ३५ हजार खर्च भएको सुनाउँदै उनले भनिन्, “सोही अनुसारको सजाय र जरिवाना तोक्न नसकेको देखियो ।” 
    छिमेकी रामकुमारको घरमा कुनै समस्या पर्दा मलाई नै आरोप लगाउँथे, उनले भनिन् “सहन नसक्ने र कुटपिटमै उत्रिएपछि अदालतमा पुगेको हुँ ।” अदालतको फैसलाबाट राहत त मिल्यो, तर, पुरा न्याय नपाएको उनको गुनासो छ । 
    बोक्सीको आरोप र कसुर सजाय ऐन २०७२ को दफा ३ (१ को क) मा अभियोगमा सो कसुरमा ६ महिनादेखी २ वर्षसम्म कैद र ५ हजार देखी २० हजारसम्म जरिवाना तथा सोही दफाको (ख) मा बोक्सीको आरोप लगाई कसुर गर्ने व्यक्तिलाई १ वर्षदेखी ३ वर्षसम्म कैद र १० हजारदेखी ३० हजार रुँपैयासम्म जरिवाना हुन सक्ने व्यवस्था छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अत्याधिक बढेको चिसोका कारण पाँच स्थानियतहको सामुदायिक बिद्यालय बन्द 
अत्याधिक बढेको चिसोका कारण पाँच स्थानियतहको सामुदायिक बिद्यालय बन्द 
कैद सजाय तोकिएका  खंग कारागार चलान
कैद सजाय तोकिएका  खंग कारागार चलान
झण्डै दुई महिनाको अवधीमा १३ दशमलब ९७ प्रतिशत मुद्दा फर्छयौंट
झण्डै दुई महिनाको अवधीमा १३ दशमलब ९७ प्रतिशत मुद्दा फर्छयौंट
महिला क्रिकेट बिकासका लागि  जिल्ला क्रिकेट प्रतियोगिता सुरू
महिला क्रिकेट बिकासका लागि  जिल्ला क्रिकेट प्रतियोगिता सुरू
समुन्नती कार्यक्रम खडक र सुरूङ्गाका बालवालिकाका लागि लाभदायि बन्दै 
समुन्नती कार्यक्रम खडक र सुरूङ्गाका बालवालिकाका लागि लाभदायि बन्दै 
संस्कृतिको संरक्षण र सम्बद्र्धन हाम्रै दायित्व हो ः तातेड़
संस्कृतिको संरक्षण र सम्बद्र्धन हाम्रै दायित्व हो ः तातेड़
प्रदेश सरकारको बजेटमा निर्माण  भएको शौचालय संचालन नहुँदै बन्द 
प्रदेश सरकारको बजेटमा निर्माण  भएको शौचालय संचालन नहुँदै बन्द 
मल्हनियामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकीको उद्घाटन
मल्हनियामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकीको उद्घाटन
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु
विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण