दैनिक समाचारदाता
राजविराज, १९ असार ।
सप्तरीमा केही दिनयता पशु चौपायामा देखिएको अज्ञात रोगका कारण तीन वटा पशु चौपायाको मृत्यु तथा दर्जनौं पशु बिरामी परेका छन् ।
अज्ञात रोगका कारण पाँच दिन यता जिल्लाको छिन्नमस्ता गाउँपालिका लोखरमस्थित छिन्नमस्ता पोल्ट्रीफर्मका दुई गाई तथा खडक नगरपालिका २ मा एक बाछी गरि तीन वटा पशुको मृत्यु भएको छ ।
छिन्नमस्ता पोल्ट्री तथा कृषि फर्मका संचालिका पुनिता मिश्राले तीन दिन यता अज्ञात रोगले दुई वटा गाईको मृत्यु भएको बताइन् । छालामा घाऊ देखिने, बिस्तारै बिस्तारै बढ्दै जाने, ज्वरो आउने, खुट्टा काम्ने, दुब्लाउदै जाने, खान नरुचाउने जस्ता लक्षण फर्ममा रहेका पशु चौपायामा देखिएको उनले सुनाइन् ।
यस्तै खडक नगरपालिका २ का पशुपालक प्रकाश चौधरीले एउटा बाछीमा अघिल्लो दिन घाऊ देखिएको र त्यसको उपचार गर्न नपाउँदै भोलिपल्टै मृत्यु भएको बताए । अज्ञात रोगले गाउँमा दर्जनौं पशु चौपाया बिरामी परेको अर्का पशुपालक छिन्नमस्ता ५ का प्रभास मिश्राले सुनाए ।
राजविराज नगरपालिकाका पशुपंक्षि विकास शाखाका अधिकृत एवं पशुचिकित्सक अमरेन्द्र झाले आफुलाई पनि पशुमा फैलिएको रोगबारे खबर आएको बताए । उनले पशु चौपायामा हाल देखिएको रोग छाला रोग भएको बताए ।
उनले केही बिरामी पशु चौपायाको नमूना परिक्षण गर्दा छाला सम्बन्धी जटिल रोग लिम्पि भएको पुष्टि भएको बताए । उनले यस भाइरल रोगको औषधी सहज रुपमा उपलब्ध नभएपनि बिरामी पशु चौपायाको थप परिक्षण गरि तत्काल औषधी र उपचारको ब्यवस्था हुनुपर्ने बताए ।
अज्ञात रोगले मर्न थाले पशुचौपाया
सारांश
- अज्ञात रोगका कारण पाँच दिन यता जिल्लाको छिन्नमस्ता गाउँपालिका लोखरमस्थित छिन्नमस्ता पोल्ट्रीफर्मका दुई गाई तथा खडक नगरपालिका २ मा एक बाछी गरि तीन वटा पशुको मृत्यु भएको छ ।
- छिन्नमस्ता पोल्ट्री तथा कृषि फर्मका संचालिका पुनिता मिश्राले तीन दिन यता अज्ञात रोगले दुई वटा गाईको मृत्यु भएको बताइन् ।
- छालामा घाऊ देखिने, बिस्तारै बिस्तारै बढ्दै जाने, ज्वरो आउने, खुट्टा काम्ने, दुब्लाउदै जाने, खान नरुचाउने जस्ता लक्षण फर्ममा रहेका पशु चौपायामा देखिएको उनले सुनाइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया