अज्ञात रोगले मर्न थाले पशुचौपाया 

राजविराज राजविराज
|
मंगलबार, आषाढ १९, २०८०
|
|
३६ पटक हेरिएको
Shares
अज्ञात रोगले मर्न थाले पशुचौपाया 

सारांश

  •     अज्ञात रोगका कारण पाँच दिन यता जिल्लाको छिन्नमस्ता गाउँपालिका लोखरमस्थित छिन्नमस्ता पोल्ट्रीफर्मका दुई गाई तथा खडक नगरपालिका २ मा एक बाछी गरि तीन वटा पशुको मृत्यु भएको छ ।
  •     छिन्नमस्ता पोल्ट्री तथा कृषि फर्मका संचालिका पुनिता मिश्राले तीन दिन यता अज्ञात रोगले दुई वटा गाईको मृत्यु भएको बताइन् ।
  • छालामा घाऊ देखिने, बिस्तारै बिस्तारै बढ्दै जाने, ज्वरो आउने, खुट्टा काम्ने, दुब्लाउदै जाने, खान नरुचाउने जस्ता लक्षण फर्ममा रहेका पशु चौपायामा देखिएको उनले सुनाइन् ।

दैनिक समाचारदाता
राजविराज, १९ असार । 

    सप्तरीमा केही दिनयता पशु चौपायामा देखिएको अज्ञात रोगका कारण तीन वटा पशु चौपायाको मृत्यु तथा दर्जनौं पशु बिरामी परेका छन् । 
    अज्ञात रोगका कारण पाँच दिन यता जिल्लाको छिन्नमस्ता गाउँपालिका लोखरमस्थित छिन्नमस्ता पोल्ट्रीफर्मका दुई गाई तथा खडक नगरपालिका २ मा एक बाछी गरि तीन वटा पशुको मृत्यु भएको छ ।
    छिन्नमस्ता पोल्ट्री तथा कृषि फर्मका संचालिका पुनिता मिश्राले तीन दिन यता अज्ञात रोगले दुई वटा गाईको मृत्यु भएको बताइन् । छालामा घाऊ देखिने, बिस्तारै बिस्तारै बढ्दै जाने, ज्वरो आउने, खुट्टा काम्ने, दुब्लाउदै जाने, खान नरुचाउने जस्ता लक्षण फर्ममा रहेका पशु चौपायामा देखिएको उनले सुनाइन् । 
    यस्तै खडक नगरपालिका २ का पशुपालक प्रकाश चौधरीले एउटा बाछीमा अघिल्लो दिन घाऊ देखिएको र त्यसको उपचार गर्न नपाउँदै भोलिपल्टै मृत्यु भएको बताए । अज्ञात रोगले गाउँमा दर्जनौं पशु चौपाया बिरामी परेको अर्का पशुपालक छिन्नमस्ता ५ का प्रभास मिश्राले सुनाए । 
    राजविराज नगरपालिकाका पशुपंक्षि विकास शाखाका अधिकृत एवं पशुचिकित्सक अमरेन्द्र झाले आफुलाई पनि पशुमा फैलिएको रोगबारे खबर आएको बताए । उनले पशु चौपायामा हाल देखिएको रोग छाला रोग भएको बताए । 
    उनले केही बिरामी पशु चौपायाको नमूना परिक्षण गर्दा छाला सम्बन्धी जटिल रोग लिम्पि भएको पुष्टि भएको बताए । उनले यस भाइरल रोगको औषधी सहज रुपमा उपलब्ध नभएपनि बिरामी पशु चौपायाको थप परिक्षण गरि तत्काल औषधी र उपचारको ब्यवस्था हुनुपर्ने बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश स्तरीय क्रिकेटमा सप्तरी र पर्सा बिजयी 
प्रदेश स्तरीय क्रिकेटमा सप्तरी र पर्सा बिजयी 
आरोप प्रमाणित गरेर देखाउन अध्यक्ष यादवको चुनौती
आरोप प्रमाणित गरेर देखाउन अध्यक्ष यादवको चुनौती
भुकम्पले भत्किएको विद्यालय र स्वास्थ्य चौकीलाई नयाँ संरचना हस्तान्तरण
भुकम्पले भत्किएको विद्यालय र स्वास्थ्य चौकीलाई नयाँ संरचना हस्तान्तरण
वास्तविक न्याय नपाएका निमुखाका लागि न्यायमा सहज पहुच पु¥याउनुपर्नेमा जोड 
वास्तविक न्याय नपाएका निमुखाका लागि न्यायमा सहज पहुच पु¥याउनुपर्नेमा जोड 
रामराजा प्रतिष्ठान निर्माणका लागी दवाबमूलक प्रर्दशन 
रामराजा प्रतिष्ठान निर्माणका लागी दवाबमूलक प्रर्दशन 
खाद्य स्वच्छताको आधारमा होटल स्तरियकरण तथा लोगो वितरण 
खाद्य स्वच्छताको आधारमा होटल स्तरियकरण तथा लोगो वितरण 
स्वंयसेवकको रुपमा कार्यालयमै बिरामी हेर्छन डा. चौधरी
स्वंयसेवकको रुपमा कार्यालयमै बिरामी हेर्छन डा. चौधरी
भारततर्फ लैजादै गरेको ८  कार्टुन “मामा” भन्सार चलान
भारततर्फ लैजादै गरेको ८  कार्टुन “मामा” भन्सार चलान
सुशासन र समाजमा शान्ति व्यवस्था कायम गर्न प्रतिबद्ध रहेको छु ः प्रजिअ दाहाल
सुशासन र समाजमा शान्ति व्यवस्था कायम गर्न प्रतिबद्ध रहेको छु ः प्रजिअ दाहाल
सप्तरी विकाशिय दृष्टिकोणले पिछिडिएकोप्रति चिन्ता
सप्तरी विकाशिय दृष्टिकोणले पिछिडिएकोप्रति चिन्ता