दैनिक समाचारदाता
राजविराज, १३ भदौ ।
राजविराज वडा नं. २ स्थित भलुवाही खोलमा बुधबार बिहान एक नवजात शिशु (छोरा) को मृत्यु शरीर फेला परेको छ ।
राजविराज हनुमाननगर सडक खण्ड अन्तरगत भलुवाही खोलाको पुल मूनी नवजात शिशुको शव फेला परेको हो । बुधबार बिहान स्थानीयहरुले पुल मूनी नवजात शिशु राखिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीसहितको टोली सो स्थानमा पुगेर हेर्दा नवजात शिशु मृत अवस्थामा फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पु¥याएर शिशुको शव राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएको छ ।
हालसम्म शिशुको पहिचान खुल्न सकेको छैन भने प्रहरीले घटना सम्बन्धमा थठप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
भलुवाही पुल मूनी नवजात शिशुको शव फेला
सारांश
- राजविराज हनुमाननगर सडक खण्ड अन्तरगत भलुवाही खोलाको पुल मूनी नवजात शिशुको शव फेला परेको हो ।
- बुधबार बिहान स्थानीयहरुले पुल मूनी नवजात शिशु राखिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीसहितको टोली सो स्थानमा पुगेर हेर्दा नवजात शिशु मृत अवस्थामा फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पु¥याएर शिशुको शव राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया