दैनिक समाचारदाता
राजविराज, २७ भदौ ।
सबल नेपाल नामक गैरसरकारी संस्थाले हिन्दु नेपाली महिलाको महत्वपूर्ण चाड तिजको अवसरमा बुधबार दर खाने कार्यक्रमको आयोजना गरेको छ ।
राजबिराजस्थित सबल नेपालको केन्द्रीय कार्यालयमा आफ्ना महिला कर्मचारी तथा पदाधिकारीहरुका लागि दर खाने कार्यक्रमको आयोजना गरेको हो ।
सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षता तथा संस्थाका पदाधिकारी तथा महिला कर्मचारीहरूको सहभागितामा धुमधामका साथ दर खाई नाचगानसहित कार्यक्रम मनाइएको छ ।
सो अवसरमा अध्यक्ष गिरीले हरितालिका तिजको ब्रतअघि मीठा–मीठा परिकार बनाएर दर खाने प्रचलन रहिआएकाले दरमा खिर, हलुवा, दही, दूध, मिठाइ, फलफूललगायतका परिकार खाने गरेको बताईन ।
धार्मिक मान्यताअनुसार सत्ययुगमा पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वासका आधारमा युवतीले राम्रो पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन रहिआएको अध्यक्ष जुनाको भनाई छ ।
यस पालि दर खाने दिन भदौ ३१ गते रहेको छ भने असोज १ गते हरितालिका तिज परेको छ ।
सो अवसरमा सबल नेपालका निर्देशक दिपक झा, संस्थापक सदस्य आयुष श्रेष्ठ, परमेश्वर झा, अशोक साह, पत्रकार चन्दन यादब लगायत पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
सबल नेपालले दर खाने कार्यक्रम मनायो
सारांश
- राजबिराजस्थित सबल नेपालको केन्द्रीय कार्यालयमा आफ्ना महिला कर्मचारी तथा पदाधिकारीहरुका लागि दर खाने कार्यक्रमको आयोजना गरेको हो ।
- सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षता तथा संस्थाका पदाधिकारी तथा महिला कर्मचारीहरूको सहभागितामा धुमधामका साथ दर खाई नाचगानसहित कार्यक्रम मनाइएको छ ।
- सो अवसरमा अध्यक्ष गिरीले हरितालिका तिजको ब्रतअघि मीठा–मीठा परिकार बनाएर दर खाने प्रचलन रहिआएकाले दरमा खिर, हलुवा, दही, दूध, मिठाइ, फलफूललगायतका परिकार खाने गरेको बताईन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया