एकपछि अर्को अतिक्रमित संरचना हटाईदै

राजविराज राजविराज
|
शुक्रबार, मंसिर ८, २०८०
|
|
६२ पटक हेरिएको
Shares
एकपछि अर्को अतिक्रमित संरचना हटाईदै

सारांश

  •     शुक्रबार राजविराज नगरपालिकाले वडा नं.
  • ६ स्थित बागेश्वरी मन्दिरदेखी सखडा मोडसम्मको सडक आसपासका घर, टहरा लगायतका अतिक्रमित भौतिक संरचना हटाउन सुरु गरेको छ ।
  •  यसअघि सिरहा रोड, कंचनपुर रोड, हटिया बजार लगायतका क्षेत्रमा डोजर लगाएर अतिक्रमित संरचना हटाइएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।
 
    राजविराजलाई अतिक्रमण मुक्त तथा व्यवस्थित गर्ने उद्देश्यले दुई महिनादेखी थालिएको अभियानलाई निरन्तरता दिइएको छ । 
    शुक्रबार राजविराज नगरपालिकाले वडा नं. ६ स्थित बागेश्वरी मन्दिरदेखी सखडा मोडसम्मको सडक आसपासका घर, टहरा लगायतका अतिक्रमित भौतिक संरचना हटाउन सुरु गरेको छ ।  यसअघि सिरहा रोड, कंचनपुर रोड, हटिया बजार लगायतका क्षेत्रमा डोजर लगाएर अतिक्रमित संरचना हटाइएको थियो ।
    अतिक्रमणका कारण प्रशिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिर तथा सोही मार्गबाट सीमावर्ती भारतीय बजारसम्म आवगमनमा समस्या हुनुका साथै सडक फराकिलोको निर्माण कार्य समेत प्रभावित हुने गरेको थियो । 
    नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले पूर्व सूचना दिएर अतिक्रमित संरचना डोजर लगाएर भत्काइएको जानकारी दिइन् । अतिक्रमित संरचना हटाउन पछिल्लो पटक १५ दिने सूचना जारि गरि आग्रह गर्दा पनि कतिपयले वेवास्ता गरेकाले बाध्य भई डोजर चलाउनु परेको उनको भनाई छ । 
    फराकिलो सडक तथा नगरलाई व्यवस्थित र सौन्दर्यकरणका लागि यस्तो अभियान चलाइएको नगरपालिकाले जनाउँदै उनले नगर व्यवस्थित गर्न थालिएको कदममा नगरवासीबाट सहयोग र समर्थन प्राप्त भइरहेकाले यो अभियान नरोकिने बताइन् । 
    राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङले बागेश्वरी मन्दिरदेखी सखडा मोडसम्मको सडकको दायाँबायाँ ६.५÷६.५ मिटर क्षेत्रमा अतिक्रमण गरि बनाइएका भौतिक संरचना हटाउन थालिएको बताउँदै छिट्टै नगर क्षेत्रका बाँकी रहेका स्थानमा समेत अतिक्रमण गरि बनाइएका भौतिक संरचना भत्काउने काम अघि बढ्ने जानकारी दिए । 
    अतिक्रमित जग्गा खाली गराउन डोजरसहित राजविराज नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी