दैनिक समाचारदाता
राजविराज, १, माघ ।
योग गरौ निरोग रहौं, कपालभाती जीवन साथी, घरघरमा योग, जनजनमा योग, सन्देश सहित योग दिवसको अवसरमा सोमवार राजविराजमा प्रभातफेरीसहित विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
पतञ्जली योग समिति नेपाल सप्तरीको आयोजनामा निकालिएको प्रभातफेरी कार्यक्रममा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधी तथा सयौंको संख्यामा सर्वसाधारण सहभागिता भए ।
प्रभातफेरी नगरपरिक्रमा पश्चात स्थानीय राजरंगशालामा पुगी योग शिवीर तथा सभामा परिणत भएको थियो । योग शिवीरमा सहभागी मध्ये अधिकाँशले योगाभ्यास कला सिक्न हातमा म्याट लिएर पुगेका थिए । दुई घण्टा सम्म चलेको योग शिवीरका सहभागीहरुलाई प्रशिक्षक बद्रीराज भण्डारी, शुभाष मण्डल, राजदेव यादव लगायतले प्रशिक्षण दिएको पतञ्जली योग समिति नेपाल मधेश प्रदेश मिडियाा प्रभारी किसुन देव यादवले जानकारी दिए ।
९ औ अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर पतञ्जली योग समिति नेपाल सप्तरीका अध्यक्ष रामस्वरुप चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी किरण थापाका साथै महिला पतञ्जली योग समिति नेपाल सप्तरीकी महामन्त्री मालती दास, नगर अध्यक्ष पंंकज कुमार देव, युवा प्रभारी किशोर साह लगायतले बोल्दै तनाव मुक्त र रोग मुक्त स्वस्थ्य शरिरका लागी योगको महत्वपुर्ण भुमिका रहेको जनाएका थिए ।
यस अवसरमा जेसिज भवन तथा राजदेवी माध्यमिक विद्यालयमा समेत करिब डेढ घण्टा योगाभ्यास कार्यक्रमको आयोजना गरिएको पतञ्जली योग समिति नेपाल सप्तरीले जनाएको छ ।
योग दिवसमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम
सारांश
- पतञ्जली योग समिति नेपाल सप्तरीको आयोजनामा निकालिएको प्रभातफेरी कार्यक्रममा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधी तथा सयौंको संख्यामा सर्वसाधारण सहभागिता भए ।
- प्रभातफेरी नगरपरिक्रमा पश्चात स्थानीय राजरंगशालामा पुगी योग शिवीर तथा सभामा परिणत भएको थियो ।
- योग शिवीरमा सहभागी मध्ये अधिकाँशले योगाभ्यास कला सिक्न हातमा म्याट लिएर पुगेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी, यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान
सप्तरीका दुई शक्तिपीठमा पुष्पवृष्टि
छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि पाएनन् तलब, जेष्ठ नागरिक समेत सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित
धामी झाँक्रीको भर पर्दा अकाल मै बालकको ज्यान गयो
बदगामामा आगलागि हुँदा १३ घर जलेर नष्ट
गाउँको विकासका लागी समाजसेवी रोशनले गरे खाका सार्वजनिक
तीन सदा परिवारका मुख्य व्यक्ति वेपत्ता भएपछी झुपडीमा छैन दशैको रौनक
प्रतिक्रिया
० प्रतिक्रिया