सात बुँदे माग राख्दै लगातार चौथो दिन पनि नगरपालिका कार्यालयमा धर्ना

राजविराज राजविराज
|
सोमबार, माघ ८, २०८०
|
|
२२ पटक हेरिएको
Shares
सात बुँदे माग राख्दै लगातार चौथो दिन पनि नगरपालिका कार्यालयमा धर्ना

सारांश

  •     चौथो दिनको धर्ना कार्यक्रममा नेपाली काँग्रेस सप्तरीका उपसभापति रामकुमार यादव, काग्रेसका युवा नेता इर्साद अन्सारी, जसपाका नेता लक्ष्मण यादव, माओवादीका नेता एवं पूर्वसासंद असर्फि सदा, नेपाल प्रेस युनियन सप्तरी अध्यक्ष बिनय कुमारलाल कर्ण, नेपाल विद्यार्थी संघ सप्तरीका सभापति राकेश ठाकुर लगायत पनि सहभागि भई आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।
  •       बिटोरी जग्गा समस्या अविलम्ब समाधान गर्नु पर्ने संघर्र्ष समितिको पहिलो माग रहेको संघर्ष समितिका संयोजक रामानन्द देवले बताए ।
  • यस्तै नगरपालिकाबाट प्रदान गरिने सेवा चुस्त दुरुस्त बनाउनु पर्ने, नगरबाट पारित योजनाहरु अविलम्ब कार्यान्वयनमा ल्याउनु पर्ने, नगर क्षेत्रमा सिसी क्यामरा जडान गर्नु पर्ने, छाडा पशुचौपाया नियन्त्रण गर्नु पर्ने, सुरक्षा तथा नगरका अन्य समस्या व्यवस्थापनका लागी नगर प्रहरी भर्ना गर्नु पर्ने लगायतका ७ बुंदे माँग राखी वडा सदस्यहरु संघर्ष समिति गठन गरि चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ७ माघ । 

    आन्दोलनरत राजविराज नगरपालिकाका वडा सदस्यहरुले चौथो दिन आइतवार पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् । जनहित एवं आफ्ना अधिकार सहितका विभिन्न ७ बुंदे माग राखी उनीहरु बिहीबारदेखी नगरपालिकामा धर्ना दिइरहेका छन् । 
    चौथो दिनको धर्ना कार्यक्रममा नेपाली काँग्रेस सप्तरीका उपसभापति रामकुमार यादव, काग्रेसका युवा नेता इर्साद अन्सारी, जसपाका नेता लक्ष्मण यादव, माओवादीका नेता एवं पूर्वसासंद असर्फि सदा, नेपाल प्रेस युनियन सप्तरी अध्यक्ष बिनय कुमारलाल कर्ण, नेपाल विद्यार्थी संघ सप्तरीका सभापति राकेश ठाकुर लगायत पनि सहभागि भई आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । 
    बिटोरी जग्गा समस्या अविलम्ब समाधान गर्नु पर्ने संघर्र्ष समितिको पहिलो माग रहेको संघर्ष समितिका संयोजक रामानन्द देवले बताए । यस्तै नगरपालिकाबाट प्रदान गरिने सेवा चुस्त दुरुस्त बनाउनु पर्ने, नगरबाट पारित योजनाहरु अविलम्ब कार्यान्वयनमा ल्याउनु पर्ने, नगर क्षेत्रमा सिसी क्यामरा जडान गर्नु पर्ने, छाडा पशुचौपाया नियन्त्रण गर्नु पर्ने, सुरक्षा तथा नगरका अन्य समस्या व्यवस्थापनका लागी नगर प्रहरी भर्ना गर्नु पर्ने लगायतका ७ बुंदे माँग राखी वडा सदस्यहरु संघर्ष समिति गठन गरि चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका छन् । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?