दैनिक समाचारदाता
राजविराज १२ माघ ।
निर्माण व्यवसायी संघ सप्तरीको नयाँ कार्य समितिका लागि आज शनिबार निर्वाचन हुँदैछ । आज हुने निर्वाचनमा तीन समूहबीच प्रतिष्पर्धा हुनेछ ।
अध्यक्षमा दुई जनासहित कुल जम्मा ४० जना उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत रामअशिश प्रसाद साहले जानकारी दिएका छन् । अध्यक्ष पदमा सतिश चन्द्र मिश्र र संतोष कुमार दासको समूहको उम्मेदवारी परेको छ । यसैबीच तेश्रो समूहका अध्यक्ष पदका उम्मेदवार भोगेन्द्र मिश्रले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् भने उनी बाहेक अन्य पदको उम्मेदवारी यथावतै रहेको छ ।
उम्मेदवारी दिनेमा प्रथम उपाध्यक्षको पदमा भुपेन्द्र यादव, गोपि कृष्ण यादव र दिपक कुमार चौधरी छन् भने द्वितीय उपाध्यक्षमा राजीव कुमार साह र कैलाश प्रसाद देवले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी महासचिवको पदमा दुई जना मात्र उम्मेदवारी दर्ता गराएका छन् । अहिले महासचिव रहेका अमृत लाल साहले उम्मेदवारी दिएका छन् भने उनको प्रतिस्पर्धामा घनश्याम साह रहेका छन् । सचिव पदमा न्युटन यादव, शिव नारायण यादव र प्रमोद कुमार मण्डलले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्ष पदमा पनि तीन जना मदन प्रसाद यादव, रमानन्द यादव र दिवाकर कुमार सिंहले उम्मेदवारी दिएका छन् । सिंह अहिले पनि कोषाध्यक्ष रहेका छन् ।
सह–कोषाध्यक्षका पदमा सुरेन्द्र कुमार मण्डल, उमेश प्रसाद यादव र दिपेन्द्र कुमार दासले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
‘ख’,‘ग’ र ‘घ’ गरी तीन स्तरका सदस्य निर्वाचित हुने प्रक्रिया रहेकोमा दुई पद रहेको ख वर्गका लागि जगदिश प्रसाद अर्याल र उदय श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
त्यस्तै दुर्ई पद रहेको ग वर्गको लागि अनवर दफाली, कुशेश्वर साह, प्रभावकर यादव र विश्वनाथ कुमार दासले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी नौ पद रहेको घ वर्गमा १६ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेहरुमा निरज कुमार चौधरी, मो. मासुम अलि, संतोष कुमार सिंन्हा, उमाकान्त साह, रंजित चौधरी, विजय कुमार रजक, निलेश कुमार झा, कृष्ण चन्द्र यादव(पिन्टु), पुरुषोतम प्रसाद चौधरी, भुव नारायण यादव, सत्यनारायण चौधरी, विष्णु प्रसाद देव, रामचन्द्र यादव, मुकेश कुमार यादव, अमरेन्द्र यादव र पवन कुमार मगरदैता रहेका छन् ।
तीन समूहबीच निर्माण व्यवसायीको नेतृत्वका लागि निर्वाचन हुँदै
सारांश
- अध्यक्षमा दुई जनासहित कुल जम्मा ४० जना उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत रामअशिश प्रसाद साहले जानकारी दिएका छन् ।
- अध्यक्ष पदमा सतिश चन्द्र मिश्र र संतोष कुमार दासको समूहको उम्मेदवारी परेको छ ।
- यसैबीच तेश्रो समूहका अध्यक्ष पदका उम्मेदवार भोगेन्द्र मिश्रले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् भने उनी बाहेक अन्य पदको उम्मेदवारी यथावतै रहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया