फागुन २७ देखि रुपनीमा दादुरा  रुबेला विरुद्धको खोप लगाईदै

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २१, २०८०
|
|
१०२ पटक हेरिएको
Shares
फागुन २७ देखि रुपनीमा दादुरा  रुबेला विरुद्धको खोप लगाईदै

सारांश

  •     रुपनी गाउँपालिकाले सोमवार दादुरा रुबेला खोप बारे सरोकारवालाहरुसंग अन्तरक्रिया एवं छलफल कार्यक्रमको आयोजना गरी अभियान बारे जानकारी गराएका हो ।
  •       गाउँपालिकाका स्वास्थ्य संयोजक रामनारायण यादवले अभियानमा ९ हजार ३ सय १८ जना बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउने लक्ष्य लिइएको जानकारी दिए ।
  • उनले ९ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन सबै वडामा व्यवस्था मिलाई सकिएको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।

    सप्तरीको रुपनी गाउँपालिकामा यही फागुन २७ गतेदेखि चैत २ गतेसम्म दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । गाउँपालिकाको सबै ६ वटै वडामा सो अभियान सञ्चालन हुने जनाइएको छ । 
    रुपनी गाउँपालिकाले सोमवार दादुरा रुबेला खोप बारे सरोकारवालाहरुसंग अन्तरक्रिया एवं छलफल कार्यक्रमको आयोजना गरी अभियान बारे जानकारी गराएका हो । 
    गाउँपालिकाका स्वास्थ्य संयोजक रामनारायण यादवले अभियानमा ९ हजार ३ सय १८ जना बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउने लक्ष्य लिइएको जानकारी दिए । उनले ९ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन सबै वडामा व्यवस्था मिलाई सकिएको उनले बताए ।
    रुपनी गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवको अध्यक्षतामा आयोजित पालिका स्तरीय कार्यक्रममा प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्ण, वडा नं. ४ का वडाअध्यक्ष छेदी ईसर, वडा नं. ५ का वडाअध्यक्ष गंगाराम यादव लगायतकाले गाउँपालिका भित्र ५ दिन सम्म संचालन हुने अभियान सफल बनाउन सबैलाई आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आग्रह गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमतीलाई हतियार प्रहार गरि  मारेको आरोपमा श्रीमान पक्राउ 
श्रीमतीलाई हतियार प्रहार गरि  मारेको आरोपमा श्रीमान पक्राउ 
जेसीजले महिला दिवस फरक ढंगले मनायो
जेसीजले महिला दिवस फरक ढंगले मनायो
बढदै आत्महत्याका घट्ना, झुण्डिएको अवस्थामा पुरुष  र किशोरी मृत फेला, महिलाद्वारा विषादी सेवन 
बढदै आत्महत्याका घट्ना, झुण्डिएको अवस्थामा पुरुष  र किशोरी मृत फेला, महिलाद्वारा विषादी सेवन 
किसान संगठनको कार्यसमिति चयन 
किसान संगठनको कार्यसमिति चयन 
पचहत्तरको परिक्षण गर्दा ५६ सुरक्षाकर्मी  र चार न्यायाधिशसहित ६५ जना संक्रमित, संक्रमित एक महिलाको मृत्यु
पचहत्तरको परिक्षण गर्दा ५६ सुरक्षाकर्मी  र चार न्यायाधिशसहित ६५ जना संक्रमित, संक्रमित एक महिलाको मृत्यु
हरेक प्रदेशमा महिलालाई उद्यमशील  बनाउनुपर्छ ः डा. कोइराला
हरेक प्रदेशमा महिलालाई उद्यमशील  बनाउनुपर्छ ः डा. कोइराला
खडक वारियर्स र छिन्नमस्ता लायन्स विजयी 
खडक वारियर्स र छिन्नमस्ता लायन्स विजयी 
चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
डुबेर एक किशोरीको मृत्यु
डुबेर एक किशोरीको मृत्यु
सामाजिक संजालमा नकारात्मक  बिषयमा होडबाजी ः मुख्यमन्त्री राई
सामाजिक संजालमा नकारात्मक  बिषयमा होडबाजी ः मुख्यमन्त्री राई