एमाले निकट युवा संघका अध्यक्ष र उपाध्यक्षले दिए राजीनामा

राजविराज राजविराज
|
मंगलबार, जेठ २२, २०८१
|
|
६६ पटक हेरिएको
Shares
एमाले निकट युवा संघका अध्यक्ष र उपाध्यक्षले दिए राजीनामा

सारांश

  •     युवा संघका अध्यक्ष चितरञ्जन यादवले मगलबार राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय समितीलाई राजीनामा पठाएका हुन् ।
  •       यसअघि सोमबार मात्र जिल्ला उपाध्यक्ष रंजित भगतले पनि राजीनामा दिएका थिए ।
  • उनीसागै केही नेताले संघको नेतृत्व वर्गको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै पदबाट राजीनामा दिएका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २२ जेठ । 

    नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सप्तरीका अध्यक्ष र उपाध्यक्षले राजीनामा दिएका छन् । 
    युवा संघका अध्यक्ष चितरञ्जन यादवले मगलबार राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय समितीलाई राजीनामा पठाएका हुन् । 
    यसअघि सोमबार मात्र जिल्ला उपाध्यक्ष रंजित भगतले पनि राजीनामा दिएका थिए । उनीसागै केही नेताले संघको नेतृत्व वर्गको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै पदबाट राजीनामा दिएका हुन् । 
    दुबै जनाले राजीनामा पछि जारी गरेको छुट्टाछुट्टै प्रेस विज्ञप्तीमा केही नेता र संघको केन्द्रिय नेतृत्वले कार्यकर्ताको उचित मुल्याङ्कन नगरेको र संघलाई स्वेच्छाचारी ढंगले चलाएको आरोप लगाएका छन् । 
    लामो समयदेखि संगठन भित्र मौलाउँदै गएको स्वेच्छाचारीता, अराजकता र विकृती विरुद्ध पटक÷पटक आवाज उठाउँदा पनि कुनै सुनवाई नभएको र संगठनलाई नेताहरुले आफ्नो ब्यक्तिगत अभिष्ट पुरा गर्न पार्टी नेतृत्व संग बार्गेनिङ टुल्सका रुपमा मात्रै प्रयोग गर्ने थलो बनाएको उपाध्यक्ष भगत र अध्यक्ष यादवले पठाएको राजीनामा पत्रमा उल्लेख छ । 
    नेकपा एमालेको जनवर्गिय संगठनको रुपमा रहेको राष्ट्रिय युवा संघका केन्द्रिय नेतृत्वकर्ताहरुले आम कार्यकर्ताको नेतृत्व क्षमतालाई बन्ध्याकरण गराउने काम गरेको तथा नातावाद र कृपावादलाई प्राथमिक्ता दिई संगठनलाई कमजोर पार्दै लगेको आरोप लगाउँदै राजीनामा पत्रमा आफुहरु यस्तो अवस्थामा काम गर्न नसकिने भएकाले राजीनामा दिन बाध्य भएको उल्लेख छ । 
    उनीहरुले नेतृत्व पंक्तिको कार्यशैलीको विरोधमा संघको जिल्ला कार्य समितीका केही अन्य पदाधीकारीहरु समेत राजीनामा दिने तयारीमा रहेको जनाएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी प्रिमियर लिगमा बजाज खडक  वारियर्स र रुपनी राइडर्स विजयी
सप्तरी प्रिमियर लिगमा बजाज खडक  वारियर्स र रुपनी राइडर्स विजयी
आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
धनुषाले जित्यो प्रथम राष्ट्रिय महिला आमन्त्रणमा कबडीको उपाधि 
धनुषाले जित्यो प्रथम राष्ट्रिय महिला आमन्त्रणमा कबडीको उपाधि 
नेकपा माओबादी केन्द्र सप्तरीको जनसंगठन बिस्तार तथा सुदृढीकरण अभियान शुरु 
नेकपा माओबादी केन्द्र सप्तरीको जनसंगठन बिस्तार तथा सुदृढीकरण अभियान शुरु 
पहिलो पटक गजेन्द्र नारायण सिंह  अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया
पहिलो पटक गजेन्द्र नारायण सिंह  अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया
चार दिनदेखी मरेको बाछीको ब्यवस्थापन नगर्दा गन्हाउन थालेपछि स्थानियले गरे सडक अवरुद्ध
चार दिनदेखी मरेको बाछीको ब्यवस्थापन नगर्दा गन्हाउन थालेपछि स्थानियले गरे सडक अवरुद्ध
सरोकारवालाबीच बाल सम्वाद कार्यक्रम सम्पन्न
सरोकारवालाबीच बाल सम्वाद कार्यक्रम सम्पन्न
सीप अनुसारकै रोजगार प्रवद्र्धनका लागि परियोजनाले प्रोत्साहन गर्ने 
सीप अनुसारकै रोजगार प्रवद्र्धनका लागि परियोजनाले प्रोत्साहन गर्ने 
स्नान गर्न तथा मेला भर्न सप्तकोशीमा भिड
स्नान गर्न तथा मेला भर्न सप्तकोशीमा भिड
जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न