दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।
सप्तरीको शम्भुनाथ नगरपालिका ३ स्थित शम्भुनाथधाममा सन्तगुरु कवीर साहेबको मुर्ती अनावरण गरिएको छ ।
सदगुरु कवीर आश्रम परिसरमा निर्मित मुर्ती सन्त शिरोमणी जिवछ दास साहेबजी महाराजले एक कार्यक्रमको बिच अनावरण गरेका हुन् ।
सप्तरीको ऐतिहासिक शम्भुनाथ मन्दिरको छेउमा रहेको आश्राममा वैशाख ९ देखि १५ गतेसम्म हुने सप्ताहब्यापी श्रीमद् भागवत कवीर भगवद पुराण महाज्ञान यज्ञको शुभारम्भ समेत गरिएको छ ।
सदगुरु कवीर आश्रम शम्भुनाथधामद्वारा आयोजित महाज्ञान यज्ञ सन्त शिरोमणी जीवछ साहेब र देशविदेशका चर्चित महाराजहरुले एक हप्तासम्म प्रवचन दिने आयोजकले जनाएको छ ।
सोही आश्राममा नवनिर्मित सतसंघ प्रवचन मञ्चको उद्घाटन कवीर सद विचार महामण्डलका केन्द्रीय अध्यक्ष महाराज राजेन्द्र दास महाराजले गरे । धर्मशाला पवित्र कुण्डको उद्घाटन महाराज नाथुदास साहेवजी महाराजले गरेका छन् ।
एकहप्तासम्म सञ्चालन हुने महाज्ञान यज्ञको लागि प्रत्येक दिनको भण्डारणको ब्यवस्थापनको जिम्मेवारी राजविराज, रुपनी, सुरुङ्गा, शम्भुनाथ, खडक गाउँ तथा नगरपालिकाका कबीरका अनुयायीहरुले गरेको सदगुरु कवीर आश्रम शम्भुनाथधामका संस्थापक सदस्य सन्त कन्तलाल दास साहेबजीले जानकारी दिए ।
शम्भुनाथमा सन्तगुरु कवीर साहेबको मुर्ती अनावरण
सारांश
- सदगुरु कवीर आश्रम परिसरमा निर्मित मुर्ती सन्त शिरोमणी जिवछ दास साहेबजी महाराजले एक कार्यक्रमको बिच अनावरण गरेका हुन् ।
- सप्तरीको ऐतिहासिक शम्भुनाथ मन्दिरको छेउमा रहेको आश्राममा वैशाख ९ देखि १५ गतेसम्म हुने सप्ताहब्यापी श्रीमद् भागवत कवीर भगवद पुराण महाज्ञान यज्ञको शुभारम्भ समेत गरिएको छ ।
- सदगुरु कवीर आश्रम शम्भुनाथधामद्वारा आयोजित महाज्ञान यज्ञ सन्त शिरोमणी जीवछ साहेब र देशविदेशका चर्चित महाराजहरुले एक हप्तासम्म प्रवचन दिने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया