जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

राजविराज राजविराज
|
बुधबार, जेठ ३०, २०८१
|
|
२४ पटक हेरिएको
Shares
जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

सारांश

  •     पार्टी स्थापनाकालदेखि नै नेतृत्व गर्दै आएका यादव अहिले जनकपुरमा भएको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन् ।
  •       निर्वाचन प्रक्रियाअनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो ।
  • त्यसमा अध्यक्ष पदका लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनीँ निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

दैनिक समाचारदाता
जनकपुर, ३० जेष्ठ ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।
    पार्टी स्थापनाकालदेखि नै नेतृत्व गर्दै आएका यादव अहिले जनकपुरमा भएको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन् । 
    निर्वाचन प्रक्रियाअनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो । त्यसमा अध्यक्ष पदका लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनीँ निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
    अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवारी परेको छ । मधेस प्रदेशको जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा जारी महाधिवेशनबाट दुई सय एक सदस्यीय केन्द्रीय समितिका लागि निर्वाचन भइरहेको निर्वाचन समितिले जनाएको छ ।
    महाधिवेशनबाट दुई सय एक सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित हुनेछन् । त्यसमा अध्यक्ष एक, सहअध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव दुई, उपमहासचिव तीन, सचिव सात र कोषाध्यक्ष एकजना चयन हुनेछन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षाको बिकास तथा गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध छौ ः मन्त्री साह 
शिक्षाको बिकास तथा गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध छौ ः मन्त्री साह 
नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने  भन्दै मन्त्रालयद्वारा सचेत हुन आग्रह
नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने  भन्दै मन्त्रालयद्वारा सचेत हुन आग्रह
मलेठ घटनाका शहीदको सम्झनामा सार्वजनिक विदा
मलेठ घटनाका शहीदको सम्झनामा सार्वजनिक विदा
राजनीतिको निकास र यूवाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
राजनीतिको निकास र यूवाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
विद्यालय जान विपन्न ५६ छात्रालाई साइकल बितरण
विद्यालय जान विपन्न ५६ छात्रालाई साइकल बितरण
मृतक सवारी चालकका परिवारलाई आर्थिक सहयोग, मेसु झाद्वारा मृतक पत्नीलाई जागिर र छोराछोरीलाई पठनपाठन गराउने घोषणा
मृतक सवारी चालकका परिवारलाई आर्थिक सहयोग, मेसु झाद्वारा मृतक पत्नीलाई जागिर र छोराछोरीलाई पठनपाठन गराउने घोषणा
प्रधानमन्त्री कप प्रदेश छनौटमा सप्तरी बिजयी 
प्रधानमन्त्री कप प्रदेश छनौटमा सप्तरी बिजयी 
पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
पेस्तोलसहित एक पक्राउ
पेस्तोलसहित एक पक्राउ
स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य सेवा ठप्प
स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य सेवा ठप्प