राजविराज÷सप्तकोशी नदीमा शनिवार यस वर्ष कै पानीको उच्च वहाब भएपछी कोशी ब्यारेजको सबै ५६ वटै ढोका खोलिनुका साथै आवागमनमा समेत रोक लगाइएको छ ।
यता शनिबार साँझै पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजको पुलमाथीबाट पानी बग्न सुरु भएको छ ।
कोशी ब्यारेजको इतिहासमा ५६ वटै ढोका खोलिएको यो पाँचौ पटक हो । यस अघि सन् १९६८, सन् १९८७, वि.स.२०८० साउन ११ र वि.स.२०८० भदौ ८ गते पानीको वहाब उच्च भएपछी सबै ५६ वटै ढोका खोलिएको इतिहास छ ।
पछिल्लो पटक शनिवार साँझ ६ बजे सप्तकोशी नदीमा पानीको बहाब ५ लाख ६० हजार क्युसेक प्रतिसेकेण्ड पुगेपछी जोखिम बढेकाले सबै ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोलरुमले जनाएको छ ।
पानीको चाप बढ्दै गएपछी पुल सुरक्षालाई ध्यानमा राख्दै दिउँसो ४ बजेदेखी पुलबाट सवारी आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
यसैबीच भारत बिहार राज्यको पटनास्थित जलसंशाधन विभागले निरन्तरको वर्षाले कोशी नदीमा पानीको वहाब ७ लाख क्युसेक प्रतिसेकेन्ड पूग्ने अनुमान गरिएको भन्दै कोशी नदी आसपासका आफ्ना क्षेत्रका वासिन्दालाई सचेत रहन र सर्तकता अपनाउन प्रेस विज्ञप्ती मार्फत आग्रह गरेको छ ।
विभागका प्रधान सचिव संतोष कुमारद्वारा हस्ताक्षरित विज्ञप्तीमा जोखिमलाई ध्यानमा राखी भारतीय सुरक्षाकर्मी पनि आफनो क्षेत्रमा “हाईएलर्ट” अवस्थामा रहेको उल्लेख छ ।
कोशी ब्यारेजको कुल भारबहन क्षमता ९ लाख क्युसेक प्रतिसेकेण्ड छ । पहाड र मधेश दुबै तीर जारी अबिरल वर्षा संगै सप्तकोशी नदीमा पानीको वहाब उच्च भएको सप्तरी प्रहरीले जनाएको छ । कोशी नदीमा पानीको वहाब उच्च भएपछी खतरा सम्बन्धि संकेत स्वरुप ब्यारेजको पुर्वी कोणमा रातो झण्डा संगै रातो बत्ती बालिएको छ ।
कोशी ब्यारेजमा वर्षाले निम्त्याउन सक्ने जोखिमबारे सुनसरी र सप्तरी दुबै जिल्लाका प्रहरी प्रशासन “हाइएलर्ट” अवस्थामा रहेको छ । सम्भावित जोखिमलाई ध्यानमा राखी आसपासका वासिन्दालाई सर्तकता अपनाउन अनुरोध सहित सुरक्षाका लागी आवश्यक प्रबन्ध मिलाइएको स्थानीय प्रशासनले जनाएको छ ।
यता चार दिन देखि लगातार भइरहेको वर्षाले सप्तकोशी आसपास तथा चारैतीर कोशीको नदीले घेरिएको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढाका वासिन्दामा त्रास फैलिएको छ । यहाँ १ सय २५ परिवारका करिब ४ सय जनाको वसोवास छ । वडा अध्यक्ष कुशेश्वर यादवले वस्तीको पुर्वबाट कोशीको भंगाालेले कटान गर्न थालेको जानकारी दिदै सोही कारण स्थानीयमा त्रास फैलिएको बताए ।
समय मै कटान रोक्ने उपाय नगरिए यहाँका घर÷घरमा पानी पस्ने मात्र नभई घर नै बगाउने स्थानीयमा चिन्ता थपिएको उनले सुनाए । नगर प्रमुख विरेन्द्र माझीले गोबरगाढा वस्तीको अवस्थाबारे आपुृm पुर्ण जानकार र निरन्तर सम्र्पकमा रहेको बताए ।
उनले सप्तकोशीमा बहाव बढदै गए उनीहरुलाई कसरी सुरक्षित र व्यवस्थापन गर्ने यसबारे निरन्तर निगरानीका साथै नगरपालिका संग भएका सबै श्रोत साधन तयारी अवस्थामा राखिएको जानकारी समेत दिएका छन ।
कोशी ब्यारेजमा आवागमनमा रोक, पुलमाथीबाट पानी बग्न सुरु, ५६ वटै ढोका खोलियो
सारांश
- पछिल्लो पटक शनिवार साँझ ६ बजे सप्तकोशी नदीमा पानीको बहाब ५ लाख ६० हजार क्युसेक प्रतिसेकेण्ड पुगेपछी जोखिम बढेकाले सबै ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोलरुमले जनाएको छ ।
- पानीको चाप बढ्दै गएपछी पुल सुरक्षालाई ध्यानमा राख्दै दिउँसो ४ बजेदेखी पुलबाट सवारी आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
- यसैबीच भारत बिहार राज्यको पटनास्थित जलसंशाधन विभागले निरन्तरको वर्षाले कोशी नदीमा पानीको वहाब ७ लाख क्युसेक प्रतिसेकेन्ड पूग्ने अनुमान गरिएको भन्दै कोशी नदी आसपासका आफ्ना क्षेत्रका वासिन्दालाई सचेत रहन र सर्तकता अपनाउन प्रेस विज्ञप्ती मार्फत आग्रह गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया