एमाले–काँग्रेस गठबन्धनको सरकार पूर्ण असफल भइसक्यो ः उपेन्द्र यादव

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक २, २०८१
|
|
४० पटक हेरिएको
Shares
एमाले–काँग्रेस गठबन्धनको सरकार पूर्ण असफल भइसक्यो ः उपेन्द्र यादव

सारांश

  •     जसपा नेपाल सप्तरीद्वारा शुक्रबार राजविराज आयोजित “जनतासंग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान” अन्तर्गत अभियान्ताहरुको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
  •       पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले जनताको सुरक्षा, राष्ट्रिय सम्पत्तिको रक्षा र राष्ट्रिय हितमा काम गर्न सरकार असफल भएको भन्द्र काँग्रेस–एमाले गठबन्धनका कारण मुलुक थप संकटमा धकेलिएको बताए ।
  •       काँग्रेस र कम्युनिस्ट पार्टीकै कारण देश जर्जर अवस्था पुगेको बताउँदै अध्यक्ष यादवले यी दुई पार्टीबाट देश कहिलै नबन्ने दावी गरे ।

दैनिक समाचारदाता
राजविराज, २ कात्तिक । 

    जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले–काँग्रेस नेतृत्वको बर्तमान गठबन्धन सरकार पुर्ण रुपले असफल भएको दाबी गरेका छन् । 
    जसपा नेपाल सप्तरीद्वारा शुक्रबार राजविराज आयोजित “जनतासंग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान” अन्तर्गत अभियान्ताहरुको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । 
    पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले जनताको सुरक्षा, राष्ट्रिय सम्पत्तिको रक्षा र राष्ट्रिय हितमा काम गर्न सरकार असफल भएको भन्द्र काँग्रेस–एमाले गठबन्धनका कारण मुलुक थप संकटमा धकेलिएको बताए । 
    काँग्रेस र कम्युनिस्ट पार्टीकै कारण देश जर्जर अवस्था पुगेको बताउँदै अध्यक्ष यादवले यी दुई पार्टीबाट देश कहिलै नबन्ने दावी गरे । अध्यक्ष यादवले मधेस आन्दोलनबाट प्राप्त संघीयता, समानुपातिक समाबेशी प्रतिनिधित्व समाप्त पार्ने षड्यन्त्र काँग्रेस र कम्युनिस्ट पार्टीको गठबन्धन सरकारले गरीरहेको दोषारोपन समेत गरे । 
    जसपा  नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतमा सम्पन्न कार्यक्रममा जसपा नेपालका केन्द्रीय उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य  मृगेन्द्र कुमर सिंह यादव, जसपा नेपालका केन्द्रीय सचिब एवम् पुर्व अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह लगायतले मधेश आन्दोलनबाट प्राप्त पहिचान, प्रतिनिधि र अधिकार संरक्षणका लागि संगठित हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?