बौद्धिक अपाङ्गता भएका बालबालिका बीच शुभकामना आदान प्रदान

राजविराज राजविराज
|
मंगलबार, कार्तिक १३, २०८१
|
|
४८ पटक हेरिएको
Shares
बौद्धिक अपाङ्गता भएका बालबालिका बीच शुभकामना आदान प्रदान

सारांश

  •     मनोबल उच्च राख्न र प्रोत्साहन गर्ने उद्देश्यले बौद्धिक अपाङ्गता अभिभावक संघ सप्तरीले मंगलवार “शुभ दिपावली तथा छठ पर्वको शुभ अवसरमा शुभकामना आदान प्रदान” कार्यक्रम गरेको हो ।
  •       बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई सहभागी गराई उनीहरु बीच चित्रकला प्रतियोगिता गराएर शुभकामना आदान प्रदान गरिएको छ ।
  • उक्त कार्यक्रममा बौद्धिक अपाङ्गता भएका बालबालिकाका साथै उनका अभिभावकको समेत उपस्थिती रहेको आयोजक संस्था बौद्धिक अपाङ्गता अभिभावक संघका निमित्त अध्यक्ष राजेश परियारले बताए ।

दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक । 

    बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि राजविराजमा एक संस्थाले तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरी मनाएको छ ।
    मनोबल उच्च राख्न र प्रोत्साहन गर्ने उद्देश्यले बौद्धिक अपाङ्गता अभिभावक संघ सप्तरीले मंगलवार “शुभ दिपावली तथा छठ पर्वको शुभ अवसरमा शुभकामना आदान प्रदान” कार्यक्रम गरेको हो । 
    बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई सहभागी गराई उनीहरु बीच चित्रकला प्रतियोगिता गराएर शुभकामना आदान प्रदान गरिएको छ । उक्त कार्यक्रममा बौद्धिक अपाङ्गता भएका बालबालिकाका साथै उनका अभिभावकको समेत उपस्थिती रहेको आयोजक संस्था बौद्धिक अपाङ्गता अभिभावक संघका निमित्त अध्यक्ष राजेश परियारले बताए । 
    चित्रकलाका माध्यमबाट पनि उनीहरुमा हौसला र स्वरोजगार बनाउने उद्देश्यले यस्तो कार्यक्रम रोजिएको उनले सुनाए । 
    कार्यक्रम संयोजक ज्ञानेन्द्र कुमार झाका अनुसार प्रतियोगितामा बौद्धिक अपाङ्गता भएका १९ जना बालबालिका सहभागि भएकोमा भोला राम, (प्रथम), पुनम शर्मा, (दृतिय) तथा बैजु मण्डल (तृतिय) भएका छन । विजयी बालबालिकाहरुलाई पुरस्कार स्वरुप उनीहरुले प्रयोग गर्न सक्ने खालका शैक्षिक समाग्री प्रदान गरिएको कार्यक्रम संयोजक झाले बताए । 
    सो अवसरमा आयोजक संस्थाका उपाध्यक्ष महेश्वर ठाकुर, आरती मण्डल, विमला परियारका साथै अभिभावक बद्री नारायण साह, बिना श्रेष्ठ, सुजिता झा, अनिता देवी महतो लगायतले शुभकामना दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विभिन्न ८ बुँदे माग राख्दै स्ववियुद्वारा क्याम्पसमा तालाबन्दी
विभिन्न ८ बुँदे माग राख्दै स्ववियुद्वारा क्याम्पसमा तालाबन्दी
लकडाउनको उल्लंघन गर्ने क्रम बढ्यो, प्रहरी प्रशासन मौन
लकडाउनको उल्लंघन गर्ने क्रम बढ्यो, प्रहरी प्रशासन मौन
नदी खोलाबाट मापदण्ड विपरीत बालुवा, गिटीको उत्खनन्  
नदी खोलाबाट मापदण्ड विपरीत बालुवा, गिटीको उत्खनन्  
छिन्नमस्ता मन्दिर समिति विघटन 
छिन्नमस्ता मन्दिर समिति विघटन 
खडकको ६० स्थानमा मनोसामाजिक सहयोग कार्यक्रम हुदै
खडकको ६० स्थानमा मनोसामाजिक सहयोग कार्यक्रम हुदै
अनाथ बालबालिकाहरुलाई ब्लायङकेट बितरण
अनाथ बालबालिकाहरुलाई ब्लायङकेट बितरण
राष्ट्रिय महिला एवं पुरुष  भारोत्तोलन प्रतियोगिताको  सम्पूर्ण तयारी पुरा 
राष्ट्रिय महिला एवं पुरुष  भारोत्तोलन प्रतियोगिताको  सम्पूर्ण तयारी पुरा 
संघीयता विरोधी गतिविधि रोक्न सुशासन  गतिलो हतियार ः महामन्त्री थापा
संघीयता विरोधी गतिविधि रोक्न सुशासन  गतिलो हतियार ः महामन्त्री थापा
विभिन्न मुद्दामा २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद बाँकी ः जिल्ला अदालत 
विभिन्न मुद्दामा २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद बाँकी ः जिल्ला अदालत 
नेपाल–भारत सीमाका ४ सय ७९  सीमास्तम्भ गायव, कतिपय जिर्ण अवस्थामा
नेपाल–भारत सीमाका ४ सय ७९  सीमास्तम्भ गायव, कतिपय जिर्ण अवस्थामा