दैनिक दुई उडानको तयारीमा राजविराज विमानस्थल

राजविराज राजविराज
|
सोमबार, पौष १, २०८१
|
|
२२ पटक हेरिएको
Shares
दैनिक दुई उडानको तयारीमा राजविराज विमानस्थल

सारांश

  •     संघीय सरकारका पर्यटन मन्त्रि बद्री पाण्डे र मधेश प्रदेशका मुख्यमन्त्रि सतिश कुमार सिंहको उपस्थितिमा परिक्षण उडान गरिएको र लाइट सेटिङसहित भौतिक पूर्वाधार र प्राविधिक रुपमा उपयुक्त देखिएकाले अब यस विमानस्थलबाट दैनिक दुई उडान हुने भएको राजविराज विमानस्थलका प्रमुख ध्रुबकुमार श्रेष्ठले जानकारी दिए ।
  •       यद्दपी रात्रीकालिन उडानलाई नियमित गर्न झण्डै एक महिना समय लाग्ने बुद्ध एयरका स्टेशन म्यानेजर अनिल राजबंशीले बताएका छन् ।
  • हवाई ट्राफिक व्यवस्थापन तथा अन्य केही प्रक्रियाहरु पुरा गर्न बाँकी रहेकाले कम्तिमा एक महिना समय लाग्ने उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, १ पुस । 

     राजविराज विमानस्थलबाट दैनिक दुई उडान हुने भएको छ । विगतमा दिउँसोको समयमा मात्र एउटा उडान हुँदै आएकोमा सोमबार रात्रीकालिन सेवाका लागि गरिएको परिक्षण उडान पश्चात् दैनिक दुई उडान केही दिनपछी गर्ने तयारी भएको छ । 
    संघीय सरकारका पर्यटन मन्त्रि बद्री पाण्डे र मधेश प्रदेशका मुख्यमन्त्रि सतिश कुमार सिंहको उपस्थितिमा परिक्षण उडान गरिएको र लाइट सेटिङसहित भौतिक पूर्वाधार र प्राविधिक रुपमा उपयुक्त देखिएकाले अब यस विमानस्थलबाट दैनिक दुई उडान हुने भएको राजविराज विमानस्थलका प्रमुख ध्रुबकुमार श्रेष्ठले जानकारी दिए । 
    यद्दपी रात्रीकालिन उडानलाई नियमित गर्न झण्डै एक महिना समय लाग्ने बुद्ध एयरका स्टेशन म्यानेजर अनिल राजबंशीले बताएका छन् । हवाई ट्राफिक व्यवस्थापन तथा अन्य केही प्रक्रियाहरु पुरा गर्न बाँकी रहेकाले कम्तिमा एक महिना समय लाग्ने उनको भनाई छ । 
    बि.स. २०१६ सालमा तत्कालिन उद्योग मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन गरिएको राजविराज विमानस्थलबाट विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने कार्यमा ढिलाई हुँदा लामो पखाईपछी उडान सेवा संचालन भएको थियो । 
    सुरुमा श्रीएयारलायन्स विमानले २०७५ सालदेखी साताको तीन दिन उडान सेवा संचालन गरेपनि यात्रुको अभाव देखाई सेवामा कटौती गरेको थियो । त्यसपछी पटक पटक हवाई सेवा संचालन र बन्द हुने क्रम चलेको थियो । 
    पहिलो रात्रीकालिन उडानमा राजविराजबाट उक्त विमान चढी संघीय सरकारका पर्यटन मन्त्रि बद्री पाण्डे पनि काठमाडौं प्रस्थान गर्ने बुद्ध एयरलायन्सका स्टेशन म्यानेजर राजबंशीले जानकारी दिए । 
    उक्त विमानस्थलबाट २०७६ माघ १८ गतेदेखी बुद्ध एयरको जहाजले दैनिक दिउँसोको समयमा एक पटक उडान गर्दै आएको छ । हाल यात्रुको चाप बढ्दै गएको तर एउटै उडानका कारण सप्तरी र आसपासका यात्रुलाई असुविधा भइरहेको गुनासो बढ्दै गएपछी यहाँका जनप्रतिनिधिहरुको पहलमा दैनिक दुई उडान सेवा सम्भव भएको बताइएको छ । 
    राजविराज विमानस्थल सप्तरीको मात्र नभई सुनसरी, उदयपुर, सिरहाका साथै सीमावर्ती भारतीय क्षेत्रका यात्रुका लागि समेत सहज र महत्वपूर्ण भएकाले दुई वटा उडान संचालन हुने खबरले स्थानीयवासी खुशी भएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वार्षिकोत्सवमा सिटिजन बैंकका कर्मचारीद्वारा रक्तदान
वार्षिकोत्सवमा सिटिजन बैंकका कर्मचारीद्वारा रक्तदान
एक दर्जन नेपाली भारतमा सम्मानित 
एक दर्जन नेपाली भारतमा सम्मानित 
रुपनीमा शिवशनि मन्दिरको शिलान्यास
रुपनीमा शिवशनि मन्दिरको शिलान्यास
समस्या समाधानका लागी १५ दिनको  समय, नौं सदस्य समिति गठन
समस्या समाधानका लागी १५ दिनको  समय, नौं सदस्य समिति गठन
मधेश प्रदेश सरकारद्वारा शहिद  परिवारलाई मासिक २१ हजार दिने
मधेश प्रदेश सरकारद्वारा शहिद  परिवारलाई मासिक २१ हजार दिने
सप्तकोशी र खाडो नदीमा दुई जना वेपत्ता  तिलाठी कोइलाडी गाउँपालिका डुवानमा 
सप्तकोशी र खाडो नदीमा दुई जना वेपत्ता  तिलाठी कोइलाडी गाउँपालिका डुवानमा 
भन्सार छलेर ल्याउँदै गरेको लाखौं मुल्य बराबरको सामानसहित गाडी र चालक प्रहरी नियन्त्रणमा 
भन्सार छलेर ल्याउँदै गरेको लाखौं मुल्य बराबरको सामानसहित गाडी र चालक प्रहरी नियन्त्रणमा 
टेलिभिजन र प्रस्तोतालाई कारवाहीको माँग
डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित