२५ रुपैया जरिवाना गरिएका देखी १२ वर्ष कैद सजाय तोकिएका दुई  दर्जन फरार प्रतिवादी पक्राउ

राजविराज राजविराज
|
शुक्रबार, पौष १२, २०८१
|
|
६८ पटक हेरिएको
Shares
२५ रुपैया जरिवाना गरिएका देखी १२ वर्ष कैद सजाय तोकिएका दुई  दर्जन फरार प्रतिवादी पक्राउ

सारांश

  •     पुस १ देखी ११ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा पैmसला भई कैद तथा जरिवाना भुक्तान बाँकी रहेका २३ पुरुष र एक महिला गरि २४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
  •     सुचना अधिकारी प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतका अनुसार उनीहरुबाट १२ वर्ष १० महिना कैद सजाय र १५ हजार ७ सय ४६ रुपैया जरिवाना बापत असुल गर्न बाँकी छ ।
  •       पक्राउ परेका मध्ये कुटपीट मुद्दाका सर्वाधिक १६ जना छन ।

दैनिक समाचारदाता
राजविराज, १२ पुस । 

    जिल्ला प्रहरी कार्यालय सप्तरीले दश दिनको अवधीमा २५ रुपैया जरिवाना गरिएका देखी १२ वर्ष कैद सजाय तोकिएका सम्म दुई दर्जन फरार प्रतिवादी पक्राउ गरेको छ । 
    पुस १ देखी ११ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा पैmसला भई कैद तथा जरिवाना भुक्तान बाँकी रहेका २३ पुरुष र एक महिला गरि २४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
    सुचना अधिकारी प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतका अनुसार उनीहरुबाट १२ वर्ष १० महिना कैद सजाय र १५ हजार ७ सय ४६ रुपैया जरिवाना बापत असुल गर्न बाँकी छ । 
    पक्राउ परेका मध्ये कुटपीट मुद्दाका सर्वाधिक १६ जना छन । लुटपीटका ४ तथा गालाी बेइजत मुद्दाका २ जना छन । यस्तै कतर््ब्य ज्यान र मोटरसाईकल चोरी मुद्दाका १÷१ जना छन । पक्राउ परेका मध्ये कुटपीट मुद्दामा २५ रुपैया जरिवाना तोकिएका सप्तरीको रुपनी गाउँपालिका १ का रामविलास यादव पनि छन । 
    सप्तरी जिल्ला अदालतले कुटपीट मुद्दामा १० वर्ष अघि उनलाई २५ रुपैया जरिवाना गरेको थियो । तर जरिवाना नबुझाई फरार प्रतिवादी सुचीमा परेका उनलाई अघिल्लो दिन विहीवार प्रहरीले गाउँबाटै पक्राउ गरेको थियो । 
    यो संगै चालु आर्थिक वर्षको हाल सम्मको अवधीमा पक्राउ परेका फरार प्रतिवादीको संख्या १ सय ७६ पुगेको छ । अपराध घट्नाको अनुसन्धान तथा अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा फरार भई लुकिछिपी वसेकाहरु उपर सुराकी र निगरानी बढाए संगै एक पछि अर्काे सफलता मिल्दै गएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिबडाको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन जिल्ला न्यायाधिशलाई बिदाई तथा सम्मान
तीन जिल्ला न्यायाधिशलाई बिदाई तथा सम्मान
अंशको निहुँमा देवरले भाउजुलाई निर्घात कुटे 
अंशको निहुँमा देवरले भाउजुलाई निर्घात कुटे 
सर्वोच्च अदालतले खारेज ग¥यो निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय 
सर्वोच्च अदालतले खारेज ग¥यो निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय 
त्रियुगा सहकारीले ५० औं स्थापना  दिवसमा मनायो स्वर्ण जयन्ती
त्रियुगा सहकारीले ५० औं स्थापना  दिवसमा मनायो स्वर्ण जयन्ती
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
चोरीका सामानसहित तीन चोर पक्राउ
चोरीका सामानसहित तीन चोर पक्राउ
सुदृढ शान्तिसुरक्षा व्यवस्था कायम गर्ने ः एसपी काफ्ले 
सुदृढ शान्तिसुरक्षा व्यवस्था कायम गर्ने ः एसपी काफ्ले 
माओवादी केन्द्र राजविराज नगरको विभिन्न कमिटि गठन
माओवादी केन्द्र राजविराज नगरको विभिन्न कमिटि गठन
आमसञ्चार प्राधिकारण मधेशबाटै एफएम रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका कार्य हुने 
आमसञ्चार प्राधिकारण मधेशबाटै एफएम रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका कार्य हुने 
उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र
उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र