दैनिक समाचारदाता
राजविराज, २१ पुस ।
रकम दोब्बर गरिदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ६ निवासी हनुमानी नामले चिनिने ४२ वर्षिय राम बहादुर रजक छन् ।
उनीमाथि गाउँ र आसपासका दर्जनौ व्यक्तिसँग रकम दोब्बर पारिदिने भन्दै रकम लिएर ठगी गरेको प्रहरीको आरोप छ ।
प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले लामो समयदेखि जिल्लामा रकम दोब्बर पारिदिने भन्दै रजकले ठगी गरिरहेको गुनासो आउन थालेपछि पीडित पक्षबाट उजुरी परेको जानकारी दिएका छन् ।
पछिल्लो पटक पीडितले जिल्ला प्रहरी कार्यालयमा उनीसहित केही व्यक्ति विरुद्ध किटानी जाहेरी नै दिएका थिए । त्यसपछि ठगी मुद्दामा सप्तरी जिल्ला अदालतबाट पक्राउ अनुमती लिई उनलाई गाउँबाटै नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
यद्यपी सोमवार अदालतमा म्याद थप पश्चात् पत्रकार सम्मेलन मार्फत सोबारे विस्तृत जानकारी गराउने सप्तरी प्रहरीले जनाएको छ ।
रकम दोब्बर गरदिने भन्दै ठगी गरेको आरोपमा हनुमानी पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं.
- ६ निवासी हनुमानी नामले चिनिने ४२ वर्षिय राम बहादुर रजक छन् ।
- उनीमाथि गाउँ र आसपासका दर्जनौ व्यक्तिसँग रकम दोब्बर पारिदिने भन्दै रकम लिएर ठगी गरेको प्रहरीको आरोप छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया