दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. १ का नवनिर्वाचित वडाअध्यक्ष धीरेन्द्रकुमार साहसहित दुई जना सोमबार पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
थुनछेक बहस सकिएपछि सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपक धितालको एकल इजलासले उनीहरु कारागार चलान भएका हुन् । उनीसँगै सोही वडाका शिक्षक राजनारायण साह पनि पूर्पक्षका लागि कारागार चलान भएका हुन् ।
नवनिर्वाचित वडाअध्यक्ष तथा शिक्षक राजनारायण साहसहित ६ जनाबिरुद्ध दुई वटा मुद्दा दर्ता भएको थियो । उनीहरूबिरुद्ध जर्वजस्तीकरणी गरी कर्तव्य ज्यान गरेको र अपहरण गरी व्यक्ति वेपत्ता गरेको कसुर सम्बन्धी दुई वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
नवनिर्वाचित वडा अध्यक्ष साह गत मंसिर २० गते पदभार ग्रहण कार्यक्रममा शरीक हुन गएका बेला पक्राउ परेका थिए ।
बि.स. २०७९ फागुन महिनामा डाक्नेश्वरी नगरपालिका १ का सन्तोषीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका भाइ १३ वर्षका नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोप उनीहरुमाथी छ ।
डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित वडाअध्यक्षसहित दुई जना कारागार चलान
सारांश
- थुनछेक बहस सकिएपछि सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपक धितालको एकल इजलासले उनीहरु कारागार चलान भएका हुन् ।
- उनीसँगै सोही वडाका शिक्षक राजनारायण साह पनि पूर्पक्षका लागि कारागार चलान भएका हुन् ।
- नवनिर्वाचित वडाअध्यक्ष तथा शिक्षक राजनारायण साहसहित ६ जनाबिरुद्ध दुई वटा मुद्दा दर्ता भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
बालक मृत अवस्थामा फेला
सामुदायिक पहल र परियोजनाको सहयोगले पोखरीको मुहार फेरियो
गुरुकुल सहकारीको ६औं साधारणसभा, महिला सशक्तीकरण र स्वरोजगारमा जोड
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
प्रतिक्रिया
० प्रतिक्रिया