भन्सार छलि ल्याउँदै गरेको छालाको बुटसहित जाडोको कपडा बरामद

राजविराज राजविराज
|
बिहिबार, पौष २५, २०८१
|
|
१०० पटक हेरिएको
Shares
भन्सार छलि ल्याउँदै गरेको छालाको बुटसहित जाडोको कपडा बरामद

सारांश

  •     प्रहरी चौकी झुट्की सप्तरीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा ५५ हजार ५ सय मुल्य पर्ने ३७ वटा छालको बुट सोमबार बरामद गरेको हो ।
  •       गस्ती टोलीलाई देख्ने वित्तिकै टाउकोमा रहेको बोरा फ्याली मानिसहरु फरार भएकोमा उक्त बोरा खोली चेकजाँच गर्दा सो बोरा भित्र छालाको बुट बरामद भएको थियो ।
  •       यस्तै प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी मोटरसाईकल नम्बर नखुलेको मोटरसाईकलबाट ८२ हजार मुल्य पर्ने मिठा मधु नियन्त्रणमा लिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ पुस । 

    भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी नेपाल भित्राउँदै गरेको छालाको बुट प्रहरीले बरामद गरेको छ । 
    प्रहरी चौकी झुट्की सप्तरीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा ५५ हजार ५ सय मुल्य पर्ने ३७ वटा छालको बुट सोमबार बरामद गरेको हो ।  
    गस्ती टोलीलाई देख्ने वित्तिकै टाउकोमा रहेको बोरा फ्याली मानिसहरु फरार भएकोमा उक्त बोरा खोली चेकजाँच गर्दा सो बोरा भित्र छालाको बुट बरामद भएको थियो । 
    यस्तै प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी मोटरसाईकल नम्बर नखुलेको मोटरसाईकलबाट ८२ हजार मुल्य पर्ने मिठा मधु नियन्त्रणमा लिएको छ । 
    प्रहरी चौकी झुट्की सप्तरीबाट खटिएको प्रहरी टोलीलाई देख्ने बित्तिकै मोटरसाइकलमा लोड गरि ल्याउदै गरिएको बोराहरु छोडी मानिसहरु फरार भएका थिए । बोराहरु चेकजाँच गर्दा सो बोरा भित्र अंगुरी मिठा मधु फेला परेको प्रहरीले जनाएको छ । 
    यसैगरि प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी ल्याउँदै गरेको ६४ हजार ४ सय ५० रुँपैया बराबरको जाडोका कपडाहरु नियन्त्रणमा लिएको छ । 
    इलाका प्रहरी कार्यालय हनुमाननगरको गस्ती टोलीले उक्त कपडाहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    यता बरामद बुट, मिठा मधु र कपडा समेतलाई प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?