चिसो बढेपछी विभिन्न चौकमा आगो ताप्ने क्रम बढ्यो

राजविराज राजविराज
|
बुधबार, माघ ९, २०८१
|
|
५० पटक हेरिएको
Shares
चिसो बढेपछी विभिन्न चौकमा आगो ताप्ने क्रम बढ्यो

सारांश

  •     विहानैदेखी चल्ने शितलहरले जनजीवन नराम्ररी प्रभावित भएको छ ।
  • बाक्लो हुस्सु र निरन्तर चलिरहेको हावाका कारण चिसो बढ्दा जनजीवन झनै कष्टकर बनेको हो ।
  • विषेश गरी ग्रामिण क्षेत्रका विपन्न वस्तीमा चिसोले बढी प्रभाव पारेको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ माघ ।

    विगत तीन दिनदेखी सितलहर, बाक्लो हुस्सु तथा हावाका कारण बढेको चिसोले मधेशको जनजीवन झनै कष्टकर बन्दै गएको छ ।
    विहानैदेखी चल्ने शितलहरले जनजीवन नराम्ररी प्रभावित भएको छ । बाक्लो हुस्सु र निरन्तर चलिरहेको हावाका कारण चिसो बढ्दा जनजीवन झनै कष्टकर बनेको हो । विषेश गरी ग्रामिण क्षेत्रका विपन्न वस्तीमा चिसोले बढी प्रभाव पारेको छ । 
    टोल टोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ । बुधबार बिहानैदेखी राजविराज नगरपालिका वडा नं. ७ ले विभिन्न स्थानमा आगो ताप्ने प्रबन्ध मिलाएको छ । अदालत रोड, गजेन्द्र चौक, रुपनी मोड लगायतका विभिन्न स्थानमा आगो ताप्ने प्रबन्ध मिलाएको वडाअध्यक्ष सुभाचन्द्र यादवले जानकारी दिए । 
    चिसोबाट अति विपन्न, असहाय र दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवार सबै भन्दा बढी मारमा परेका छन । अत्यधिक चिसोका कारण यहाँका विभिन्न अस्पतालमा विरामीको चाप समेत बढेको छ ।
    चिसोकै कारण मंगलबार बिहान जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ का ५५ वर्षिय भुटाई साहको मृत्यु भएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गैरसंवैधानिक नियमावली खारेजको  माग गर्दै कानुन व्यवसायीद्वारा धर्ना
गैरसंवैधानिक नियमावली खारेजको  माग गर्दै कानुन व्यवसायीद्वारा धर्ना
संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
बसले हयासलाई ठक्कर दिँदा दुईको मृत्यु, ६ जना घाइते
बसले हयासलाई ठक्कर दिँदा दुईको मृत्यु, ६ जना घाइते
मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
बालबिकास केन्द्रमा छात्रछात्राहरूका लागि सुविधा सम्पन्न शौचालय 
बालबिकास केन्द्रमा छात्रछात्राहरूका लागि सुविधा सम्पन्न शौचालय 
बुद्धबृद्धा तथा एकल महिलालाई सिरक वितरण 
बुद्धबृद्धा तथा एकल महिलालाई सिरक वितरण 
रोकिराखेको टिपरमा मोटरसाइकल  ठोकिदा चालकको मृत्यु 
रोकिराखेको टिपरमा मोटरसाइकल  ठोकिदा चालकको मृत्यु 
म्याजिकलाई ट्रकले ठक्कर दिँदा तीनको मृत्यु, १२ जना घाइते
म्याजिकलाई ट्रकले ठक्कर दिँदा तीनको मृत्यु, १२ जना घाइते
पटक पटक घोषणा गरेको सेवा सुविधाबाट बञ्चित रहेको भन्दै बालविकासकर्मी आन्दोलित
पटक पटक घोषणा गरेको सेवा सुविधाबाट बञ्चित रहेको भन्दै बालविकासकर्मी आन्दोलित