गजेन्द्रनारायण सिंहको सम्झना

राजविराज राजविराज
|
बिहिबार, माघ १०, २०८१
|
|
४२ पटक हेरिएको
Shares
गजेन्द्रनारायण सिंहको सम्झना

सारांश

  •     उनको २४ औं स्मृती दिवसको अवसरमा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुले उनलाई सम्झिदै योगदान बारे चर्चा गरेका हुन् ।
  •       राजेन्द्र महतो नेतृत्वको नवगठित राष्ट्रिय मुक्ति पार्टीको अगुवाईमा विभिन्न कार्यक्रमको आयोजना गरी २४ औं स्मृती दिवस मनाइएको हो ।
  •       उक्त अवसरमा राष्ट्रिय मुक्ती पार्टीका साथै जसपा, लोसपा र जनमत पार्टीका नेता कार्यकर्ताले स्थानीय गजेन्द्र चौकमा उनको शालिकमा माल्यार्पण गर्दै श्रद्धासुमन अपर्ण गरेका छन ।

दैनिक समाचारदाता
राजविराज, १० माघ ।

    मधेशी अधिकारका लागी संगठित अभियानको सूरुवात र नेतृत्व गरेका नेता गजेन्द्रनारायण सिंहको राजनीतिक योगदान बारे बिहीबार सम्झना गरिएको छ । 
    उनको २४ औं स्मृती दिवसको अवसरमा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुले उनलाई सम्झिदै योगदान बारे चर्चा गरेका हुन् । 
    राजेन्द्र महतो नेतृत्वको नवगठित राष्ट्रिय मुक्ति पार्टीको अगुवाईमा विभिन्न कार्यक्रमको आयोजना गरी २४ औं स्मृती दिवस मनाइएको हो । 
    उक्त अवसरमा राष्ट्रिय मुक्ती पार्टीका साथै जसपा, लोसपा र जनमत पार्टीका नेता कार्यकर्ताले स्थानीय गजेन्द्र चौकमा उनको शालिकमा माल्यार्पण गर्दै श्रद्धासुमन अपर्ण गरेका छन । 
    विहीवारै राष्ट्रिय मुक्ती पार्टी सप्तरीले उधोग बाणिज्य संघको सभाकक्षमा “गजेन्द्रनारायण सिहंको चिन्तन र मधेशको भावी कार्यदिशा” विषयक विचार गोष्ठी कार्यक्रमको आयोजना समेत गरेको छ । 
    राष्ट्रिय मुृक्ती पार्टी सप्तरीका संयोजक दिपेन्द्र कुमार चौधरीको अध्यक्षता तथा संविधान सभा सदस्य महेश प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित विचार गोष्ठीमा राष्ट्रिय मुक्ती पार्टीका केन्द्रीय नेता गजेन्द्र कुमार मण्डल, गजेन्द्र कुमार सिंह यादव, राजनारायण साह, केशव शर्मा, ज्योतिष मिश्रा, सैशव मिश्रा, जसपा नेता विकास तिवारी, किशोर यादव केसी, विद्यार्थी नेता शम्भु यादव, सुमन चौधरी, रामविलास  साह लगायतले स्व. गजेन्द्रनारायण सिंहको राजनीतिक योगदानको चर्चा गर्दै उनकै विचार र चिन्तनको जगमा मधेशवादी दलहरु मिलेर अघि बढनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
सडकपेटीबाट एकै दिन चार महिलासहित  १६ जना सडक आश्रित मानवको उद्दार
सडकपेटीबाट एकै दिन चार महिलासहित  १६ जना सडक आश्रित मानवको उद्दार
राजविराज नगरपालिकाबिरुद्ध अदालतले दियो अन्तरिम आदेश, “प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई कामकाजमा कुनै वाधा अवरोध नगर्नु”
राजविराज नगरपालिकाबिरुद्ध अदालतले दियो अन्तरिम आदेश, “प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई कामकाजमा कुनै वाधा अवरोध नगर्नु”
सवारी ज्यान मुद्दामा १५ दिन कैद  सजाय भएर फरार प्रतिवादी पक्राउ
सवारी ज्यान मुद्दामा १५ दिन कैद  सजाय भएर फरार प्रतिवादी पक्राउ
बलात्कार गरि फरार रहेका प्रतिवादी कारागार चलान
बलात्कार गरि फरार रहेका प्रतिवादी कारागार चलान
मुटु रोगको निःशुल्क उपचार शिविरमा  दुई सय भन्दा बढीले पाए उपचार 
मुटु रोगको निःशुल्क उपचार शिविरमा  दुई सय भन्दा बढीले पाए उपचार 
माग पुरा गराउन हरवाचरवाहरु  पैदलै जनकपुर पुग्दै
माग पुरा गराउन हरवाचरवाहरु  पैदलै जनकपुर पुग्दै
हरवा चरवाको ज्याला निर्धारण गर्न माग
हरवा चरवाको ज्याला निर्धारण गर्न माग
पार्टीका उम्मेदवार बिरुद्ध दिएका  उम्मेदवारी फिर्ता लिन चार दलको निर्देशन
पार्टीका उम्मेदवार बिरुद्ध दिएका  उम्मेदवारी फिर्ता लिन चार दलको निर्देशन
तीन महिना भित्रै सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण हुने
तीन महिना भित्रै सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण हुने