मलेठ घटनाका शहिदहरुको स्मरणमा नगरपालिकामा बिदा

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन २३, २०८१
|
|
२३ पटक हेरिएको
Shares
मलेठ घटनाका शहिदहरुको स्मरणमा नगरपालिकामा बिदा

सारांश

  •     कार्यवाहक नगरप्रमुख इसरत परविनले एक शोक स्मरण विज्ञप्ति जारि गर्दै २०७३ साल फागुन २३ गते राजविराज नगरपालिका वडा नं.
  • ९ मलेठमा भएको घटनामा सन्जन मेहता, आनन्द साह, पिताम्बर मण्डल, बिरेन्द्र महतो र इनर यादव सहिद भएका थिए ।
  •       सोही दिनको सम्झनामा नगरकार्यपालिकाको कार्यालयका अतिआवश्यक सेवाहरु बाहेक सम्पूर्ण वडा कार्यालयहरु बन्द रहने विज्ञप्तिमा उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, २३ फागुन । 

    मलेठ घटनामा शहिद भएकाहरुको योगदानलाई स्मरण गर्दै शुक्रबार राजविराज नगरपालिकाले एक दिन दिएको छ । 
    कार्यवाहक नगरप्रमुख इसरत परविनले एक शोक स्मरण विज्ञप्ति जारि गर्दै २०७३ साल फागुन २३ गते राजविराज नगरपालिका वडा नं. ९ मलेठमा भएको घटनामा सन्जन मेहता, आनन्द साह, पिताम्बर मण्डल, बिरेन्द्र महतो र इनर यादव सहिद भएका थिए । 
    सोही दिनको सम्झनामा नगरकार्यपालिकाको कार्यालयका अतिआवश्यक सेवाहरु बाहेक सम्पूर्ण वडा कार्यालयहरु बन्द रहने विज्ञप्तिमा उल्लेख छ । 
    बि..स. २०७३ फागुन २३ मा स्थानीय प्रशासन र सुरक्षा निकायको सुझाव विपरित औद्योगिक क्षेत्रमा सभा गर्ने नेकपा एमालेको निर्णय र त्यसलाई जसरी पनि सफल हुन नदिने अडान लिएको तत्कालिन मधेश्ी मोर्चाको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?