महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले  दुई स्थानमा ग्राम उद्योग बन्ने

राजविराज राजविराज
|
बुधबार, फाल्गुन २८, २०८१
|
|
२३ पटक हेरिएको
Shares
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले  दुई स्थानमा ग्राम उद्योग बन्ने

सारांश

  •     सप्तरी क्षेत्र नं.
  • २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.
  • सीके राउतले बुधबार आफ्नो निर्वाचन क्षेत्रका दुई वटा योजना शिलान्यास गरेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २८ फागुन । 

    सप्तरीको दुई स्थानमा ग्रामिण क्षेत्रका महिलाई रोजगार उपलब्ध गराई आत्मनिर्भर बनाउने उद्देश्यले ग्राम उधेग बनने भएको छ । 
    सप्तरी क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सीके राउतले बुधबार आफ्नो निर्वाचन क्षेत्रका दुई वटा योजना शिलान्यास गरेका हुन् । 
    ग्राम उद्योग भवनको राजविराज नगरपालिका १५ स्थित मुसहरनिया र महदेवा गाउँपालिका १ पकरीमा आयोजित समारोहका बीच उनले भुमीपुजन गरि शिलान्यास गरेका हुन् । ५०–५० लाखको लागतमा उक्त भवन निर्माण हुन लागेको हो ।  
    जनमत पार्टीका राष्ट्रिय अध्यक्ष समेत रहेका डा राउतले आफ्नो श्रोत, साधन र प्रयासले भ्याएसम्म शिक्षा, स्वास्थ्य, कृषि र रोजगार क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्दै सो क्रम चलिरहने बताए ।
    उक्त ग्राम उद्योगमा विभिन्न स–साना उद्योग स्थापना गरिने तथा महिलालाई सीप सिकाएर रोजगारीको व्यवस्था मिलाउने योजना रहेको जनमत पार्टी मधशे प्रदेश संसदीय दलका नेता एवं पूर्व मन्त्री महेश प्रसाद यादवले बताए । 
    डा राउत र संसदीय दलका नेता यादवकै पहलमा मधेश प्रदेश सरकारबाट उक्त बजेट बिनियोजन भएको बताइएको छ । 
    सो अवसरमा जनमत पार्टीका महासचिव चन्दन सिंह, संगठन विभाग प्रमुख जयकान्त राउत लगायतले पनि बोल्दै ग्राम उद्योग स्थापनाले यस भेगका महिलालाई रोजगारको माध्यमले आत्मनिर्भर बनाउन मद्दत पु¥याउने विश्वास गरे । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्री हाउस पार्क आन्तरिक तथा बाह्य पर्यटकहरुका  लागि रमणीय स्थलको रुपमा विकसीत हुँदै
ट्री हाउस पार्क आन्तरिक तथा बाह्य पर्यटकहरुका  लागि रमणीय स्थलको रुपमा विकसीत हुँदै
प्रतिनिधिसभा विघटन संविधानमाथिको ठाडो प्रहार ः अध्यक्ष यादव, प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिए ः वरिष्ठ नेता महतो
प्रतिनिधिसभा विघटन संविधानमाथिको ठाडो प्रहार ः अध्यक्ष यादव, प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिए ः वरिष्ठ नेता महतो
सप्तरी प्रिमियर लिगमा छिन्नमस्ता र कंचनरुप बिजयी
सप्तरी प्रिमियर लिगमा छिन्नमस्ता र कंचनरुप बिजयी
मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन
मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन
बाढी प्रभावित २ सय २२ परिवारलाई नगद सहयोग, राहत बितरण व्यवस्थित बनाउन माग
बाढी प्रभावित २ सय २२ परिवारलाई नगद सहयोग, राहत बितरण व्यवस्थित बनाउन माग
नेकपा एस छिन्नमस्ताद्वारा गाउँपालिका बिरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक
नेकपा एस छिन्नमस्ताद्वारा गाउँपालिका बिरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक
गजेन्द्रनारायण सिंहको सम्झना
गजेन्द्रनारायण सिंहको सम्झना
ट्रकले लियो पति पत्नीको ज्यान
ट्रकले लियो पति पत्नीको ज्यान
६ दिने सहकारी अभिमुखिकरण तालिम सुरु
६ दिने सहकारी अभिमुखिकरण तालिम सुरु
जेष्ठ नागरिकप्रति विभेद गर्नेलाई सामाजिक बहिष्कार गर्नमा जोड 
जेष्ठ नागरिकप्रति विभेद गर्नेलाई सामाजिक बहिष्कार गर्नमा जोड