गत वर्षको तुलनामा यस वर्ष सप्तरीमा ३० प्रतिशतले आँपको उत्पादनमा कमी आउने

राजविराज राजविराज
|
मंगलबार, चैत्र ५, २०८१
|
|
७० पटक हेरिएको
Shares
गत वर्षको तुलनामा यस वर्ष सप्तरीमा ३० प्रतिशतले आँपको उत्पादनमा कमी आउने

सारांश

  •     गत बर्ष ७१ हजार २५० मेट्रिकटन आँपको उत्पादन भएकोमा यस बर्ष ५० हजार ५० मेट्रिकटन आँप उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
  •       कृषि ज्ञान केन्द्रका प्रमुख किशुनदेव राउतका अनुसार गत बर्ष आँपका लागि ‘अनएयर’ अर्थात फल्ने बर्ष थियो भने यस बर्ष ‘अफएयर’ अर्थात नफल्ने बर्ष भएकोले उपादकत्वमा कमी आउने अनुमान छ ।
  • देशभरिमै स्वादिष्ट आँपको लागि लोकप्रिय मानिने सप्तरीमा यस बर्ष आँपको बोटमा विगतको तुलमा कम मन्जरी लागेकोले उत्पादनमा कमि आउने भएको हो ।

दैनिक समाचारदाता
राजविराज, ५ चैत । 

    सप्तरी जिल्लामा यस वर्ष आँपको उत्पादनमा गत वर्षको तुलनामा ३० प्रतिशतले कमी आउने अनुमान गरिएको छ । 
    गत बर्ष ७१ हजार २५० मेट्रिकटन आँपको उत्पादन भएकोमा यस बर्ष ५० हजार ५० मेट्रिकटन आँप उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । 
    कृषि ज्ञान केन्द्रका प्रमुख किशुनदेव राउतका अनुसार गत बर्ष आँपका लागि ‘अनएयर’ अर्थात फल्ने बर्ष थियो भने यस बर्ष ‘अफएयर’ अर्थात नफल्ने बर्ष भएकोले उपादकत्वमा कमी आउने अनुमान छ । देशभरिमै स्वादिष्ट आँपको लागि लोकप्रिय मानिने सप्तरीमा यस बर्ष आँपको बोटमा विगतको तुलमा कम मन्जरी लागेकोले उत्पादनमा कमि आउने भएको हो ।
    कूल ७ हजार ७ सय हेक्टर जमिनमा कबिर १३ लाख आँपको बोट रहेको सप्तरीमा आर्थिक बर्ष २०८०÷०८१ मा प्रति हेक्टर ९ दशमलव ५ मेट्रिकटन उत्पादकत्व रहेकोमा यस बर्ष प्रति हेक्टर ६ दश्मलव ५ मेट्रिकटन उत्पादकत्व हुने सो कार्यालयले जनाएको छ ।
    यस जिल्लामा कूल आँपको बोटमध्ये ७५ प्रतिशत बोट पूर्व पश्चिम राजमार्गको उत्तरमा रहेको छ । आँपको उत्पादन कमी आउने भएपछि मूल्यमा समेत बृद्धि हुने आँप व्यापारी मिथिलेश यादव बताउछन् । 
    मधेश प्रदेशमै सबै भन्दा बढी आँप उत्पादन हुने जिल्लाको रुपमा पनि चिनिएको सप्तरीको भोगौलिक अवस्था र हावापानीको दृष्टिकोणले हेर्दा आँप उत्पादनका सुहाँउदो मानिन्छ ।
    मधेश प्रदेशमा सप्तरीपछि सिरहामा पनि राम्रै आँप उत्पादन हुन्छ तर, स्वादको मामिलामा सप्तरीको आँप उत्कृष्ट रहेको बताउछन् कृषि ज्ञान केन्द्र सप्तरीका वागवानी अधिकृत रक्षा यादव ।
    सप्तरीको आँपको मुख्य बिक्रि केन्द्र काठमाडौं नै मानिएता पनि यस पटक आँप जिल्लामै आपूर्ती अपूग हुने भएको छ । सप्तरीमा मुख्यत मालदह, बम्बई, अम्रपाली, मल्लिका, केलुवा, कृष्णभोग, कल्कतिया लगायतको खेती हुने गरेको छ । 
    यस जिल्लामा विगतको भन्दा आँपको खेतीतर्फ बढी किसान आकर्षित छन् । औद्योगिक क्षेत्रको रुपमा सबभन्दा पछाडि रहेको यस जिल्लामा आँपको खेतीतर्फ सरकारको ध्यान गई किसानलाई समयमा तालिम तथा सामग्रीहरु प्रदान गरि उचित बजार ब्यवस्थापन र मूल्य पाएमा सप्तरीको प्रगतिमा आँप खेतीको महत्वपूर्ण योगदान हुुने थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ सय तीन वटा राँगाको बलि प्रदान 
६ सय तीन वटा राँगाको बलि प्रदान 
सात उम्मेदवार मध्ये एकको आज भाग्य फैसला हुदै
सात उम्मेदवार मध्ये एकको आज भाग्य फैसला हुदै
सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी
महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
२५ रुपैया जरिवाना गरिएका देखी १२ वर्ष कैद सजाय तोकिएका दुई  दर्जन फरार प्रतिवादी पक्राउ
२५ रुपैया जरिवाना गरिएका देखी १२ वर्ष कैद सजाय तोकिएका दुई  दर्जन फरार प्रतिवादी पक्राउ
विवादका बीच विश्वविद्यालय भवनको शिलान्यास झडपमा शिक्षा मन्त्री, सांसदसहित एक दर्जन घाइते
विवादका बीच विश्वविद्यालय भवनको शिलान्यास झडपमा शिक्षा मन्त्री, सांसदसहित एक दर्जन घाइते
विगत २६ दिनदेखी अयोध्यामा रोशनी वेपत्ता
विगत २६ दिनदेखी अयोध्यामा रोशनी वेपत्ता
बालमन्दिरलाई पुरानै अवस्थामा फर्काउन मधेश प्रदेशका मन्त्री यादवको तयारी
बालमन्दिरलाई पुरानै अवस्थामा फर्काउन मधेश प्रदेशका मन्त्री यादवको तयारी
सरकारी स्कुलको शैक्षिक गुणस्तर बढाउनुपर्नेमा जोड
सरकारी स्कुलको शैक्षिक गुणस्तर बढाउनुपर्नेमा जोड