क्यान्सर पीडित छोरालाई बचाउन अशक्त वुवाको अपिल

राजविराज राजविराज
|
बिहिबार, चैत्र १४, २०८१
|
|
१३० पटक हेरिएको
Shares
क्यान्सर पीडित छोरालाई बचाउन अशक्त वुवाको अपिल

सारांश

  •     दश वर्ष अघि दुर्घटनामा एउटा खुट्टा गुमाएका बृद्ध वुवा देवनारायण आर्थिक अभावमा बुढेसकालका सहारा एक मात्र छोराको उपचारमा भए भरको सम्पती खर्चिए पनि अपुग रहेकोले अहिले उनी छटपटाई रहेका छन् ।
  •       पायल्स रोगबाट विरामी परेका छोराको उपचारका लागी दुई धुर जग्गामा बनेको पृmुसको घर गाउँ कै साहु महाजनलाई बन्धकी राखेर ऋण उ्ठाई उपचारका लागी भारत बिहार राज्यको राजधानी पटना पु¥याउदा उनलाई क्यान्सर रोग भएको पत्तो लागेको थियो ।
  •     केही दिन पटनास्थित एम्स अस्पतालमा उपचार गरेपछि डाक्टरले क्यान्सर रोग लागेको भन्दै क्यान्सर अस्पताल लैजान सल्लाह दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १४ चैत । 

    सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरही टोलका ६० वर्षिय बृद्ध देवनारायण राय क्यान्सर पीडित छोराको उपचार खर्चका लागी छटपटाई रहेका छन । 
    दश वर्ष अघि दुर्घटनामा एउटा खुट्टा गुमाएका बृद्ध वुवा देवनारायण आर्थिक अभावमा बुढेसकालका सहारा एक मात्र छोराको उपचारमा भए भरको सम्पती खर्चिए पनि अपुग रहेकोले अहिले उनी छटपटाई रहेका छन् ।  
    पायल्स रोगबाट विरामी परेका छोराको उपचारका लागी दुई धुर जग्गामा बनेको पृmुसको घर गाउँ कै साहु महाजनलाई बन्धकी राखेर ऋण उ्ठाई उपचारका लागी भारत बिहार राज्यको राजधानी पटना पु¥याउदा उनलाई क्यान्सर रोग भएको पत्तो लागेको थियो ।
    केही दिन पटनास्थित एम्स अस्पतालमा उपचार गरेपछि डाक्टरले क्यान्सर रोग लागेको भन्दै क्यान्सर अस्पताल लैजान सल्लाह दिएका थिए । त्यसपछि छोरालाई घर ल्याएको उनले भएको एउटा दुहुनो गाई समेत १९ हजार रुपैयामा बेचेर चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा भर्ना गराएका छन । 
    तीन दिन अघि मात्र प्रसान्तको अपरेशन गरिएको छ । त्यहाँ उपचार, औषधी, बेडशुल्क लगायत गरी अहिले सम्म १ लाख ५० हजार रुपैयाको विल अस्पताल प्रशासनले भुक्तानीका लागी अभिभावकलाई दिएका छन । किमो गर्ने काम पनि बाँकी नै रहेकोले थप डेढ÷दुइ लाख रुपैयासम्म लाग्ने डाक्टरहरुले बताएका छन । उनले रकमको अभावमा अहिले डाक्टरले पुर्जामा लेखिदिएको सबै औषधी पनि खुवाउन नसकेको बताए । 
    उपचार महगो हुने र अप्रेशन भएकाले थप खर्च जुटाउन समस्याका साथै दैनिक ज्यालादारी गरी ६ जनाको परिवार पाल्दै आएका छोरा विरामी परेपछि हातमुख जोड्न समेत समस्या भएको उनको भनाई छ । 
    क्यान्सर पीडित प्रशान्तको श्रीमतीसहित ११ वर्षिय विपिन र ५ वर्षिय सुसान्त गरी दुई छोरा छन । घर परिवार चलाउने एकमात्र अभिभावक प्रसान्त विरामी परेपछी उनीहरुको पनि विजोग भएको देवनारायणले सुनाए ।
    सबैलाई सहयोगबाट छोरा बचाइदिन उनले अपिल समेत गरेका छन । उनले छोराको उपचारमा सहयोग गर्न चाहनेहरुलाई ९८१७३९२४३, ९७०३४२८६५९ र ९८५२८२०९२७ मा सम्र्पक गर्न अनुरोध समेत गरेका छन । 
    हाल उनको उपचारमा सहयोग जुटाउन स्थानीय समाजसेवी किशोर कुमार यादव “केसी” ले पहल थालेका छन । आफ्नो पहलमा केही रकम जुटेको छ तर त्यो प्रशान्तको उपचारका लागी पर्याप्त नरहेको उनी बताउछन् ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीद्वारा गाँजा फडानी गरी नष्ट 
प्रहरीद्वारा गाँजा फडानी गरी नष्ट 
अस्पताललाई लाखौं मुल्य बराबरको प्रजनन् स्वास्थ्य सामग्री प्रदान
अस्पताललाई लाखौं मुल्य बराबरको प्रजनन् स्वास्थ्य सामग्री प्रदान
प्रधानमन्त्रीलाई पद छाडी आन्दोलनमा आउन  काँग्रेस वरिष्ठ नेता पौडेलको आह्वान
प्रधानमन्त्रीलाई पद छाडी आन्दोलनमा आउन  काँग्रेस वरिष्ठ नेता पौडेलको आह्वान
सशस्त्र प्रहरीले ज्यादती गरेको भन्दै तिलाठी नाकामा प्रदर्शन 
सशस्त्र प्रहरीले ज्यादती गरेको भन्दै तिलाठी नाकामा प्रदर्शन 
प्रशासन कार्यालयका संक्रमित एक कर्मचारीको मृत्यु
प्रशासन कार्यालयका संक्रमित एक कर्मचारीको मृत्यु
व्यवस्थित नहुँदै प्रयोगमा ल्याउँदा लथालिङ बन्यो शौचालय, दुर्गन्धले विद्यार्थीदेखी सर्वसाधारण समस्यामा
व्यवस्थित नहुँदै प्रयोगमा ल्याउँदा लथालिङ बन्यो शौचालय, दुर्गन्धले विद्यार्थीदेखी सर्वसाधारण समस्यामा
सेनाले बिपद् ब्यबस्थापन बारे पूर्वअभ्यास गराउँदै 
सेनाले बिपद् ब्यबस्थापन बारे पूर्वअभ्यास गराउँदै 
मालपोतमा भइरहेको व्यथितीप्रति दोषि को ! लेखनदास र कर्मचारीद्वारा एकअर्कामा दोषारोपन 
मालपोतमा भइरहेको व्यथितीप्रति दोषि को ! लेखनदास र कर्मचारीद्वारा एकअर्कामा दोषारोपन 
चिसोले ज्यान गुमाएका परिवारलाई  गाउँपालिकाको सहयोग
चिसोले ज्यान गुमाएका परिवारलाई  गाउँपालिकाको सहयोग
उपवासमा बसेकी महिला बाल  शिक्षकहरुद्वारा दोश्रो दिन पनि धर्ना
उपवासमा बसेकी महिला बाल  शिक्षकहरुद्वारा दोश्रो दिन पनि धर्ना