छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा झण्डै  १५ लाख मुल्य बराबरको क्षति

राजविराज राजविराज
|
आइतबार, चैत्र १७, २०८१
|
|
२३ पटक हेरिएको
Shares
छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा झण्डै  १५ लाख मुल्य बराबरको क्षति

सारांश

  •     आइतबार बिहान १ बजेको समयमा जिल्लाको हनुमाननगर कंकालिनि ननगरपालिका ९ हनुमाननगर बस्ने राजकुमार शर्माले आफै संचालन गरेको शर्मा साउण्ड सर्भिस पसलमा आगलागि हुँदा १२ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
  •       प्रहरीका अनुसार बिधुतको तार सर्ट भई आगलागी हुदा पसल भित्र रहेको ईलेक्ट्रोनिक सामानहरु पुर्ण रुपमा जलेको नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो ।
  •       सोही आगोले छिमेकी हरेराम रजक र गौतम शर्माको घर समेत सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १७ चैत ।   
 
    सप्तरीको छुट्टाछुट्टै चार स्थानमा भएको आगलागिमा झण्डै १५ लाख मुल्य बराबरको क्षति भएको छ । 
    आइतबार बिहान १ बजेको समयमा जिल्लाको हनुमाननगर कंकालिनि ननगरपालिका ९ हनुमाननगर बस्ने राजकुमार शर्माले आफै संचालन गरेको शर्मा साउण्ड सर्भिस पसलमा आगलागि हुँदा १२ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । 
    प्रहरीका अनुसार बिधुतको तार सर्ट भई आगलागी हुदा पसल भित्र रहेको ईलेक्ट्रोनिक सामानहरु पुर्ण रुपमा जलेको नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो । 
    सोही आगोले छिमेकी हरेराम रजक र गौतम शर्माको घर समेत सामान्य क्षति भएको प्रहरीले जनाएको छ । 
    यता शनिबार जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ४ नवटोलिया बस्ने बिरेन्द्र मुखियाको घरमा रहेको बिधुतको तार सर्ट भई आगलागी हुदा उनको एक तल्ले घर जलेर नष्ट भएको छ । 
    आगलागिमा नगद ५० हजारसहित घर, लत्ताकपडा, साइकल, कमोवाइल, खाद्यान्न लगायत जलेर नष्ट हुँदा २ लाख ४२ मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
    यस्तै शनिबारै राती जिल्लाको खड्क नगरपालिका ४ आमहा बस्ने महिनारायण चौधरीको श्रीमतिले गहुको भुषमा आगो लगाउदा ८ जना व्यक्तिहरुको परालको टालोमा आगलागि हुँदा ४८ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
    शनिबारै जिल्लाको बोदेबर्साइन नगरपालिका ५ भाटिन बस्ने बिन्देश्वर पण्डितको परालको टालमा आचानक आगो लाग्दा ८ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
    सबै स्थानको आगो प्रहरी, स्थानीयवासी तथा बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
नेकपा सत्ता पक्षले राजविराजमा शक्ति प्रदर्शन गर्ने, माघ ८ मा मोटरसाइकल ¥याली, १३ मा आमसभा
नेकपा सत्ता पक्षले राजविराजमा शक्ति प्रदर्शन गर्ने, माघ ८ मा मोटरसाइकल ¥याली, १३ मा आमसभा
कृषि क्षेत्रमा योगदान पु¥याएवापत कृषि ज्ञान केन्द्रका प्रमुख सम्मानित
कृषि क्षेत्रमा योगदान पु¥याएवापत कृषि ज्ञान केन्द्रका प्रमुख सम्मानित
नेपालकै जेष्ठ नागरिक बहरखेरको १ सय ३१ वर्षमा निधन
छिमेकीद्वारा पाँच वर्षिया बालिका बलात्कृत 
छिमेकीद्वारा पाँच वर्षिया बालिका बलात्कृत 
एकै दिन तीन शैक्षिक संरचनाको शिलान्यास,  शिक्षा बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
एकै दिन तीन शैक्षिक संरचनाको शिलान्यास,  शिक्षा बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
सप्तरीबाट प्रदेश स्तरिय पर्यटन क्षेत्र र  व्यवसायको विकासका लागि अभियान सुरु
सप्तरीबाट प्रदेश स्तरिय पर्यटन क्षेत्र र  व्यवसायको विकासका लागि अभियान सुरु
सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
मिटरब्याज पीडितहरु पुनः सडकमा
मिटरब्याज पीडितहरु पुनः सडकमा
मल्हनियामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकीको उद्घाटन
मल्हनियामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकीको उद्घाटन