दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
वर्षको दुई पटक मनाइने छठ पर्व अन्तरगत चैती छठ पर्व नहाय–खाय विधीसंगै मंगलवार देखी सूरु भएको छ ।
चारदिवसीय पर्वको पहिलो दिन नहाय–खाय धार्मिक विधीबाट सूरु गरिएको हो । व्रतालुले पवित्र जलाशयमा स्थान तथा अन्य पुजाविधी गरी पर्वको सूरुआत गरका हुन । व्रतालुले दोश्रो दिन बुधवार खरना, तेश्रो दिन बिहीबार अस्ताउदो सुर्यलाई तथा चौथो दिन शुक्रबार उदाउदो सुर्यलाई अर्घ दिएपछी चारदिवसीय चैती छठ पर्व सम्पन्न हुनेछ ।
शरद र वसन्त ऋतुमा गरी वर्षमा दुई पटक मनाईने छठ पर्व सुर्य उपासनाको पर्व हो । कार्तिकको छठ पर्वलाई मुख्य छठ पर्व मान्ने चलन छ । यद्धपी केही वर्ष यता चैती छठ मान्नेको संख्या पनि बढ्दै गएको छ ।
राजविराजको भगवती, तुरुन्ती, कल्टु, पुर्णी लगायतको पोखरीमा चैती छठ मनाउन भक्तजन र व्रतालु पुग्ने गरेका छन । केही वर्ष यता ती पोखरीहरुमा व्रतालु र भक्तजनको चैती छठ पर्वमा सहभागिता बढदै गएको छ ।
स्थानीयवासी एवं राजविराज नगरपालिकाका वडासदस्य रमानन्द देवले विगतको तुलनामा यस पटक त्यो संख्यामा पनि बढोत्तरी हुने अनुमान गरिएको बताए । यद्धपी कार्तिक महिनमा मनाईने छठ पर्व जस्तै चैती छठमा भने व्रतालु र भक्तजनको भीडभाड कम हुने गरेको छ ।
विना पुजारी कै मनाईने यो पर्व पारिवारीक सुखः, शान्ती, कल्याण, रोगबाट मुक्ती तथा विभिन्न मनोकाँक्षा पुरा हुने उदेश्यले मनाउने गरिन्छ ।
चार दिवसीय चैती छठ पर्व नहाय–खाय विधीसँगै सूरु
सारांश
- चारदिवसीय पर्वको पहिलो दिन नहाय–खाय धार्मिक विधीबाट सूरु गरिएको हो ।
- व्रतालुले पवित्र जलाशयमा स्थान तथा अन्य पुजाविधी गरी पर्वको सूरुआत गरका हुन ।
- व्रतालुले दोश्रो दिन बुधवार खरना, तेश्रो दिन बिहीबार अस्ताउदो सुर्यलाई तथा चौथो दिन शुक्रबार उदाउदो सुर्यलाई अर्घ दिएपछी चारदिवसीय चैती छठ पर्व सम्पन्न हुनेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया