अब राजतन्त्र फर्किने कुनै सम्भावना छैन् ः काँग्रेस प्रवतmा महत 

राजविराज राजविराज
|
मंगलबार, चैत्र २६, २०८१
|
|
५९ पटक हेरिएको
Shares
अब राजतन्त्र फर्किने कुनै सम्भावना छैन् ः काँग्रेस प्रवतmा महत 

सारांश

  •     नेपाली जनतालाई राजाले पटक पटक धोका दिएका कारण अब राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको उनले मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बताए ।
  •       राजविराजस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा नेपाल प्रेस युनियन सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने “नेपाली जनताले राजतन्त्रबाट विभिन्न कालखण्डमा धोका मात्र पाएका छन्, अब फेरी राजतन्त्रलाई जनताले स्वीकार्ने छैनन् ।
  • ”      विधमान संघीय लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प नरहेपनि कतै कतैबाट आउने बिरोधलाई रोक्न शासन शैलीमा भएका कमिकमजोरी हटाउँदै अघी बढ्नु पर्ने उनको भनाई थियो ।

दैनिक समाचारदाता
राजविराज, २६ चैत । 

    नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले अब नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताएका छन् ।  
    नेपाली जनतालाई राजाले पटक पटक धोका दिएका कारण अब राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको उनले मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बताए । 
    राजविराजस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा नेपाल प्रेस युनियन सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने “नेपाली जनताले राजतन्त्रबाट विभिन्न कालखण्डमा धोका मात्र पाएका छन्, अब फेरी राजतन्त्रलाई जनताले स्वीकार्ने छैनन् ।” 
    विधमान संघीय लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प नरहेपनि कतै कतैबाट आउने बिरोधलाई रोक्न शासन शैलीमा भएका कमिकमजोरी हटाउँदै अघी बढ्नु पर्ने उनको भनाई थियो । उनले सरकारले आफ्नो कमिकमजोरी भए त्यसलाई सुधारेर जनविश्वास कायम गर्दै अघि बढ्नु आवश्यक रहेको सुझाव समेत दिए । 
    नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता महतले आगामी मंसिरमा पार्टी अधिवेशन भएको चार वर्ष पुग्ने भएपनि थप एक वर्ष बढाइने संकेत गरे । उनले भने, “विधान तहत थप डेढ वर्ष बढाउने हामीलाई सुविधा छ, यसबारे केन्द्रिय समितिको बैठकबाट टुंगो लगाउन बाकी नै छ ।”
    पार्टीमा संगठन भन्दा पनि कतै कतै व्यक्तिवादी चरित्र हावी हुन थालेको टिप्पणी गर्दै उनले व्यक्तिगत स्वार्थ भन्दा पनि पार्टीको हितलाई प्राथमिकतामा राखी काम गर्न आवश्यक रहेको बताए । 
    प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयलाल कुमार कर्णको अध्यक्षतमा आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सनत मण्डल लगायतको समेत उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
मधेश प्रदेशमा नेकपा एस संसदीय दलको नेतामा न्यौपाने सर्वसम्मत
मधेश प्रदेशमा नेकपा एस संसदीय दलको नेतामा न्यौपाने सर्वसम्मत
मतगणनामा बसेका प्रतिनिधिको  फाइल झिकाउने अदालतको आदेश
मतगणनामा बसेका प्रतिनिधिको  फाइल झिकाउने अदालतको आदेश
सहकारी बैंकको संचालकमा मण्डल निर्विरोध 
सहकारी बैंकको संचालकमा मण्डल निर्विरोध 
ईक्युवालिटी कपमा सप्तरीको दोस्रो जित
ईक्युवालिटी कपमा सप्तरीको दोस्रो जित
निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
सवारी ज्यान मुद्दामा पक्राउ परेका राम कारागार चलान
सवारी ज्यान मुद्दामा पक्राउ परेका राम कारागार चलान
आन्दोलनरत बाल शिक्षक तथा कर्मचारीहरुले आफ्ना  माँगहरु एसएमएस र फेसबुक मार्फत जानकारी गराउने
आन्दोलनरत बाल शिक्षक तथा कर्मचारीहरुले आफ्ना  माँगहरु एसएमएस र फेसबुक मार्फत जानकारी गराउने
आप्रवासी कामदार हकहित संरक्षण  केन्द्र सप्तरी कार्यालयको उदघाटन
आप्रवासी कामदार हकहित संरक्षण  केन्द्र सप्तरी कार्यालयको उदघाटन
माटोको मुर्तीमा प्रयोग हुने सामाग्रीको  मुल्य महगिएपछि मुर्तीकार समस्यामा
माटोको मुर्तीमा प्रयोग हुने सामाग्रीको  मुल्य महगिएपछि मुर्तीकार समस्यामा