रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट

राजविराज राजविराज
|
सोमबार, आषाढ ९, २०८२
|
|
४४ पटक हेरिएको
Shares
रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट

सारांश

  •     सोमबार गाउँसभाको बैठकमा उपाध्यक्ष पुष्षा श्रेष्ठ लौगीले उक्त बजेट प्रस्तुत गर्दै संघीय सरकारबाट प्राप्त हुने अनुदानमा समानिकरण ९ करोड ४२ लाख, राजस्व बाँडफाँट ९ करोड ५५ लाख, सशर्त अनुदान २३ करोड ८९ लाख, समपुरक अनुदान २ करोड १५ लाख र विशेष अनुदान १ करोड रुपैयाँ रहेको बताइन् ।
  •     यस्तै मधेश प्रदेश सरकारबाट प्राप्त हुने अनुदान अन्तर्गत समानिकरण ६५ लाख २० हजार, राजस्व बाँडफाँट ५३ लाख ६८ हजार र सम्पुरक अनुदान २० लाख, प्रदेश सशर्त अनुदान ८० लाख, विशेष अनुदान ३० लाख र आन्तरिक श्रोतबाट ६० लाख रुपैयाँ आय अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादवले जानकारी दिए ।
  •       सो गाउँसभाबाट शिक्षामा सुधार ल्याउन विद्यालय सञ्चालन रहेका बेला कक्षाकोठामा मोवाईलको प्रयोग निषेध गर्ने भएको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ असार । 

    सप्तरीको रुपनी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लगि ४८ करोड ५५ लाख ४३ हजार ४ सय ३१ रुपैयाँको बजेट ल्याएको छ ।
    सोमबार गाउँसभाको बैठकमा उपाध्यक्ष पुष्षा श्रेष्ठ लौगीले उक्त बजेट प्रस्तुत गर्दै संघीय सरकारबाट प्राप्त हुने अनुदानमा समानिकरण ९ करोड ४२ लाख, राजस्व बाँडफाँट ९ करोड ५५ लाख, सशर्त अनुदान २३ करोड ८९ लाख, समपुरक अनुदान २ करोड १५ लाख र विशेष अनुदान १ करोड रुपैयाँ रहेको बताइन् ।
    यस्तै मधेश प्रदेश सरकारबाट प्राप्त हुने अनुदान अन्तर्गत समानिकरण ६५ लाख २० हजार, राजस्व बाँडफाँट ५३ लाख ६८ हजार र सम्पुरक अनुदान २० लाख, प्रदेश सशर्त अनुदान ८० लाख, विशेष अनुदान ३० लाख र आन्तरिक श्रोतबाट ६० लाख रुपैयाँ आय अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादवले जानकारी दिए । 
    सो गाउँसभाबाट शिक्षामा सुधार ल्याउन विद्यालय सञ्चालन रहेका बेला कक्षाकोठामा मोवाईलको प्रयोग निषेध गर्ने भएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०८२÷०८३ का लागि ल्याएको बार्षिक नीति तथा कार्यक्रममा कक्षाकोठामा शिक्षकहरुलाई मोवाईल प्रयोगमा निषेध र प्रयोग गर्ने शिक्षकलाई कारवाही गर्ने उल्लेख छ । 
    गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले सोमबार सातौं गाउँसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै कक्षाकोठामा शिक्षकहरु लाई मोवाइल प्रयोगमा निषेध गर्नुका साथै विद्यालयमा सुर्तिजन्य पदार्थ पनि पुर्ण रुपमा निषेध गरिने बताए ।   
    उनले कृषि क्षेत्रको विकासका लागि मलखाद विउ बिजनमा अनुदान, प्राङ्गारिक कृषि खेतीमा जोड, कृषकको वर्गिकरण गरि परिचयपत्र वितरण र दलितहरुको लागि घर मिटर निशुल्क उपलब्ध गराईने घोषणा गरे । 
    पालिकाबाट सञ्चालन हुने विकास निर्माणका कार्यहरुमा बेरोजगार रहेका श्रमिकलाई सहभागि गराउनुका साथै वैदेशिक रोजगारबाट फर्किएका जनशक्तिहरुको परिचालन गरि रोजगारको अवसर सृजना गरिने अध्यक्ष यादवले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ । 
    जेष्ठ नागरिक, अशक्त, असहायहरुको लागि घरदैलो उपचार कार्यक्रम सञ्चालन गरि प्लाष्टिक जन्य र वातावरण प्रदुषित बनाउने दैनिक प्रयोगका सामग्रीलाई निरुत्साहित गर्दै आगामी आर्थिक बर्ष भित्र सुरक्षित नागरिक आवास नीति अनुरुप परालको घर न्यूनीकरणमा जोड दिईने नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?