सुरु भयो वडा दशैं तर, छैन् रौनक

राजविराज राजविराज
|
सोमबार, आश्विन ६, २०८२
|
|
४६ पटक हेरिएको
Shares
सुरु भयो वडा दशैं तर, छैन् रौनक

सारांश

  •     सोही आन्दोलनकै कारण मुलुकको सत्ता नै परिवर्तन भएको छ ।
  • आन्दोलनकै क्रममा विभिन्न सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठानहरुमा तोडफोड, आगजनीपछी लुटपाटले अहिले मुलुकमा अस्थिरताको अवस्था छ ।
  • नयाँ सरकार निर्माणपछी सो आक्रान्त माहौलमा केही सुधार भएपनी सन्तोषजनक भने छैन् ।

दैनिक समाचारदाता
राजविराज, ५ असोज ।

    आजदेखी नेपालीहरुको महान चाड वडा दशैं सुरु भएको छ । तर, यस पटकको दशैंमा रौनक भने देखिएको छैन् । झण्डै १२ दिन अघि मात्र जेनजीहरुले गरेको भ्रष्टाचारबिरुद्धको आन्दोलनका क्रममा ७५ जना सहादत भएका थिए । जसले गर्दा अहिले मुलुक शोकमा डुबेको छ । 
    सोही आन्दोलनकै कारण मुलुकको सत्ता नै परिवर्तन भएको छ । आन्दोलनकै क्रममा विभिन्न सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठानहरुमा तोडफोड, आगजनीपछी लुटपाटले अहिले मुलुकमा अस्थिरताको अवस्था छ । नयाँ सरकार निर्माणपछी सो आक्रान्त माहौलमा केही सुधार भएपनी सन्तोषजनक भने छैन् । यी यस्ता कारणले यस पटकको दशैंमा खल्लोपन आएको हो । 
    दशैंको पहिलो दिन आज घटस्थापन हो । यस दिन घर घरमा जमरा रोपिने गर्दछ । आजदेखी नवरात्री व्रत सुरु भएको छ । यता प्रसिद्ध शक्तिपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता भगवती मन्दिरलाई दशैका लागि सिंगारिदै छ । यस पटक १५ देखि २० लाख सम्म भक्तजन आउने अनुमानसहित आवश्यक तयारी अन्तिम चरणमा पु¥याइएको छ । 
    छिन्नमस्ता भगवती मन्दिर संरक्षण सम्बद्र्धन समितिले लाखौ रुपैयाँ खर्च गरेर मन्दिर सिंगार्ने तथा सजावटसहित अन्य काम सुरु गर्दै तयारी अन्तिम चरणमा पु¥याएको हो । 
    दर्शनार्थीका लागि सहज पुजापाठ, सुरक्षा, पण्डाल, स्वच्छ खानेपानी, बासस्थल, बिद्युतिकरण र सजावट लगायतका काम धमाधम भईरहेको मन्दिर समितिका कार्यवाहक अध्यक्ष समेत रहेका पीठाधिश महाकान्त ठाकुरले जानकारी दिए । 
    तर मन्दिरसम्म पुग्ने बाटोको केही भाग अझै जिर्ण र खाल्डाखुल्डीको अवस्थामा रहेकाले अबिलम्ब उक्त सडकको स्तरोन्नतिका लागि सरकारबाट पहल हुनुपर्ने उनले माग समेत गरे । 
    उनले दर्शणार्थीको सुरक्षा र आपराधिक गतिबिधी नियन्त्रणका लागि यस पल्ट मन्दिर भित्र र बाहिर चारैतिर गरी कुल ३२ वटा सिसि टिभि क्यामरा जडान गरिएको बताए । 
    नेपाल तथा भारतका हिन्दु धर्माबलम्बी माझ ख्याति प्राप्त यस मन्दिरमा दशैका बेला लाखौं भक्तजन आउने गरेका छन् । 
    यस्तै जिल्लाकै हनुमाननगर कंकालिनी नगरपालिकास्थित कंकालिनी भगवती मन्दिर, राजविराजस्थित माँ चण्डि भगवती मन्दिर, राजदेवी मन्दिर लगायत अन्य स्थानमा रहेका भगवती मन्दिरहरु दशैंका लागि सिंगारिदै छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिक तर्फ पनि सप्तरीमा जनमत पहिलो पार्टी बन्दै, जनमतको प्रतिनिधिसभामा ७० तथा प्रदेशसभामा ५० हजार भन्दा बढी मत, जसपा दोश्रो र काँग्रेस तेश्रो
समानुपातिक तर्फ पनि सप्तरीमा जनमत पहिलो पार्टी बन्दै, जनमतको प्रतिनिधिसभामा ७० तथा प्रदेशसभामा ५० हजार भन्दा बढी मत, जसपा दोश्रो र काँग्रेस तेश्रो
भाडामा रहेको वडा कार्यालय आफ्नै भवन 
भाडामा रहेको वडा कार्यालय आफ्नै भवन 
कर्मचारी भर्ना सम्बन्धी ऐन २०७५ बहुमतले पारित
सेनाको ग्रासरुट फुटवलमा  बालबालिकाको आकर्षण बढ्दोे
सेनाको ग्रासरुट फुटवलमा  बालबालिकाको आकर्षण बढ्दोे
फर्सैठमा पुस्तकालय स्थापना 
फर्सैठमा पुस्तकालय स्थापना 
नेपालकै जेष्ठ नागरिक बहरखेरको १ सय ३१ वर्षमा निधन
प्रारम्भिक बालविकास सम्बन्धी दुई दिने कार्यशाला सुरु
प्रारम्भिक बालविकास सम्बन्धी दुई दिने कार्यशाला सुरु
कोशी पीडितहरुको अनसनदेखि  तीन जिल्ला ठप्प पार्ने तयारी
कोशी पीडितहरुको अनसनदेखि  तीन जिल्ला ठप्प पार्ने तयारी
निर्वतमान उपाध्यक्ष गुप्तासहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
निर्वतमान उपाध्यक्ष गुप्तासहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
नेपाल केमिकल सोसाइटीको प्रेस नोट
नेपाल केमिकल सोसाइटीको प्रेस नोट

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?