गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै

राजविराज राजविराज
|
आइतबार, कार्तिक २, २०८२
|
|
२५ पटक हेरिएको
Shares
गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै

सारांश

  •     प्रहरीका अनुसार पिसाब फेर्न शनिवार राति २ बजेतिर निवासबाट बाहिर निस्केका ७२ बर्षीय साह माथी अज्ञात समुहले गोली हानेको हो ।
  • ढाँडमा दुईवटा गोली लागेका उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
  •       उनी स्थानीय सन्त कबिरदासका अनुयायी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले बताए ।

दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।

    सप्तरीको बोदेबरसाईन नगरपालिका ८ निवासी रामदुलार साहको अज्ञात समुहले गोली हानी हत्या गरेका छन् ।
    प्रहरीका अनुसार पिसाब फेर्न शनिवार राति २ बजेतिर निवासबाट बाहिर निस्केका ७२ बर्षीय साह माथी अज्ञात समुहले गोली हानेको हो । ढाँडमा दुईवटा गोली लागेका उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
    उनी स्थानीय सन्त कबिरदासका अनुयायी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले बताए । घटनास्थलबाट प्रहरीले प्रयोग भएको गोलीको दुई थान खोका र एक जोड चप्पल बरामद गरेको छ ।
    बुहारी अनिताले राति २ बजेतिर घटनाबारे थाहा पाएपछि पुग्दा ससुरा मृत अवस्थामा फेला परेको र तत्कालै प्रहरीलाई खवर गरेको सुनाईन ।
    प्रहरी नायव उपरीक्षक पुरीले हत्याराको पहिचान चाँडो भन्दा चाँडो गर्नका लागि अनुन्धानका सबै पाटामा लागि परेको बताए । सोही वडा निवासी साहको हत्यामा कसको संलग्नता छ भन्ने खुल्न सकेको छैन । यद्यपी आफन्तले गाउँकै परिचित व्यक्तिको संलग्नता हुनसक्ने अनुमान व्यक्त गरेका छन् ।
    मृतकका भाई राजकुमार साहले गाउँमा लागेको मेला भरेर फर्किदा दाजु रामदुलारको हत्या भएको थाहा पाएको बताए । उनले दाजु रामदुलारको अंशको विषयलाई लिएर एक जनासंग लामो समय देखि अदातलमा मुद्दा मामिला चलिरहेको जानकारी समेत दिए । 
    प्रहरी नायव उपरीक्षक पुरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएको छ ।
    आइतबार नै घटनास्थमा डग स्क्वाड (तालिम प्राप्त कुकुर) को प्रयोग समेत गरिएको छ । त्यसबाट पनि केही संकेत फेला परेको र चाँडै अपराधी पक्राउ पर्ने प्रहरीको भनाई छ ।
    यसैबीच घट्नाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट समेत एउटा टोली जिल्ला आएको छ । अहिले जिल्ला र प्रदेश समेतका प्रहरी टोलीले आ–आफ्नो तरीकाले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको समानुपातिकतर्फ अन्तिम नतिजा सार्वजनिक, प्रतिनिधि र प्रदेशसभा दुबैमा जनमत पहिलो
सप्तरीको समानुपातिकतर्फ अन्तिम नतिजा सार्वजनिक, प्रतिनिधि र प्रदेशसभा दुबैमा जनमत पहिलो
कोइलाडीमा स्वास्थ्य चौकी भवन तथा वर्थिङ्ग सेन्टर उद्घाटनसँगै संचालन
कोइलाडीमा स्वास्थ्य चौकी भवन तथा वर्थिङ्ग सेन्टर उद्घाटनसँगै संचालन
प्राधिकरणले काटेको लाइन नगरपालिकाले आफै जोड्यो
प्राधिकरणले काटेको लाइन नगरपालिकाले आफै जोड्यो
५० देशका प्रतिनिधीको सहभागितामा यौन प्रजनन् अधिकार कार्यक्रमको आयोजना हुने 
५० देशका प्रतिनिधीको सहभागितामा यौन प्रजनन् अधिकार कार्यक्रमको आयोजना हुने 
जनस्वास्थ्यमा असर पर्ने गरि कार्बनको प्रयोग गरेका इट्टा उद्योग कारवाहीमा
जनस्वास्थ्यमा असर पर्ने गरि कार्बनको प्रयोग गरेका इट्टा उद्योग कारवाहीमा
उपेन्द्र यादवको पक्षमा जनलहर रहेकोले  प्रतिस्पर्धीहरुले भ्रामक प्रचारबाजी  गरिरहेको प्रवक्ता सुमनको आरोप
उपेन्द्र यादवको पक्षमा जनलहर रहेकोले  प्रतिस्पर्धीहरुले भ्रामक प्रचारबाजी  गरिरहेको प्रवक्ता सुमनको आरोप
पठन संस्कृति पुस्तक र पत्रपत्रिकाबाट इन्टरनेटमा सरेको छ ः अध्यक्ष चौधरी
पठन संस्कृति पुस्तक र पत्रपत्रिकाबाट इन्टरनेटमा सरेको छ ः अध्यक्ष चौधरी
बालबालिकाको चौतर्फी बिकासका लागि बालविकास केन्द्रमा लगानी 
बालबालिकाको चौतर्फी बिकासका लागि बालविकास केन्द्रमा लगानी 
एक सय ३५ विपन्न छोरीलाई साइकल
ईक्युवालिटी कपमा सप्तरीको दोस्रो जित
ईक्युवालिटी कपमा सप्तरीको दोस्रो जित