संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत

राजविराज राजविराज
|
आइतबार, कार्तिक ९, २०८२
|
|
२० पटक हेरिएको
Shares
संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत

सारांश

  •     प्रेस जनमत संघले आइतबार राजविराजमा गरेको पत्रकार सम्मेलनमा बोल्दै डा.
  • राउतले यस्तो सुझाव दिएका हुन् ।
  •       संविधान संशोधन नगरी निर्वाचनमा जाँदा अहिलेको आन्दोलनले देशमा परिवर्तन नभई मात्र २०८४ मा हुने निर्वाचनको मिति त्यसअघि नै सारेको जस्तो हुने बताए ।

दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक । 

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टी निर्वाचनकै पक्षमा रहेपनि संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने सुझाव दिएका छन् ।
    प्रेस जनमत संघले आइतबार राजविराजमा गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. राउतले यस्तो सुझाव दिएका हुन् । 
    संविधान संशोधन नगरी निर्वाचनमा जाँदा अहिलेको आन्दोलनले देशमा परिवर्तन नभई मात्र २०८४ मा हुने निर्वाचनको मिति त्यसअघि नै सारेको जस्तो हुने बताए ।
    गत भदौं २३ र २४ गते भ्रष्टाचार र सुशासन बिरुद्ध जेनजीले गरेको आन्दोलनका कारण मुलुकमा मात्र सत्ता परिवर्तन भएको उल्लेख गर्दै उनले भने, “अहिलेको निर्वाचन पुरानै ढाँचाको रहेको छ, २०८४ मा हुने निर्वाचनको मिति मात्र फरक भएको हो ।”
    जेनजीले उठाएको माग पनि सम्बोधन गर्न संविधान संशोधनमा जोड दिदै डा. राउतले संविधान संशोधन भए मात्र जेनजी पुस्तासहित आदिवासी जनजाती, मुस्लिम, पिछडा वर्ग, मधेशी लगायत सिमान्कृत वर्ग सबैको अधिकार समेत सुनिश्चित हुने विश्वास व्यक्त गरे । 
    पछिल्लो पटकको आन्दोलनपछि अहिले जेनजी पुस्ता आफै आधा दर्जन समूहमा तथा राजनीतिक पार्टी पनि विभाजित अवस्थमा पुगेको उल्लेख गर्दै उनले यस्तै अवस्थामा निर्वाचन भए देशको दुई वटा पार्टी मिली चुनाव लडे फेरी सत्ता उनीहरुकै हातमा पुग्ने आशंका व्यक्त गरे । 
    विगतमा मलुकमा विभिन्न सरकार बिदेशिकै इसारमा ढल्ने र बन्ने गरेको आरोप समेत लगाउँदै डा. राउतले आफ्नो पार्टी पनि सोही इसारामा विभाजन भएको इंगित गरे । वर्तमान संविधानमा व्यापक त्रृटी रहेको दाबी गर्दै डा. राउतले यसलाई संशोधन गर्नुपर्नेमा जोड समेत दिए । 
    गत चुनावमा जनमत पार्टीले १० लाख युवालाई रोजगार दिने एजेन्डाप्रति संचारकर्मीहरुले सोधेको जवाफमा उनले भने, “यो एजेन्डा पुरा गर्न जनमत पार्टी लागिपरेको छ, यसमा केही समय लाग्न सक्छ तर, जनतासँग गरिएको वाचा पुरा गर्न आगामी निर्वाचनमा पनि यही एजेन्डा लिएर हामी अगाडी बढ्छौं ।” 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असुरक्षित भएको भन्दै सुरक्षा व्यवस्था पहलका लागी आग्रह
असुरक्षित भएको भन्दै सुरक्षा व्यवस्था पहलका लागी आग्रह
नेपाल खेलाडी तथा  प्रशिक्षक संघ सप्तरी गठन
शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा,  सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
लेनदेन विगो मुद्दाका फरार महिला प्रतिवादी पक्राउ
लेनदेन विगो मुद्दाका फरार महिला प्रतिवादी पक्राउ
सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा क्रिकेट स्टेडियम बनाउने ः नगरप्रमुख शम्भु यादव
सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा क्रिकेट स्टेडियम बनाउने ः नगरप्रमुख शम्भु यादव
राम्रो काम र आकर्षक तलब दिलाईदिने  भन्दै लाखौं रकम ठगि एक फरार
राम्रो काम र आकर्षक तलब दिलाईदिने  भन्दै लाखौं रकम ठगि एक फरार
सबल नेपालको १२ करोड ९४ लाख ३७ हजारको अनुमानित बजेट पेश 
सबल नेपालको १२ करोड ९४ लाख ३७ हजारको अनुमानित बजेट पेश 
सप्तरीको दुई वटा मतदान केन्द्रमा सबै महिला कर्मचारी
सप्तरीको दुई वटा मतदान केन्द्रमा सबै महिला कर्मचारी
एक महिनाको अवधीमा ६६ जना फरार प्रतिवादी पक्राउ, भन्सार छलीका ४६ लाख बराबरको मालसामान जफ्त
एक महिनाको अवधीमा ६६ जना फरार प्रतिवादी पक्राउ, भन्सार छलीका ४६ लाख बराबरको मालसामान जफ्त
उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा नर्सिङ्ग कलेज भवनको शिलान्यास
उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा नर्सिङ्ग कलेज भवनको शिलान्यास