सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन

राजविराज राजविराज
|
शुक्रबार, मंसिर ५, २०८२
|
|
४५ पटक हेरिएको
Shares
सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन

सारांश

  •     सप्तरीको शम्भुनाथ नगरपालिका १२ अर्नाहामा बिहीवार राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं.
  • ३ को प्रथम क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  •       अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले देश अहिले असामान्य अवस्थामा पुगेको भन्दै देश जोगाउन सबै शक्ति मिलेर अघि बढनुपर्नेमा जोड समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, ४ मंसिर ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशले निकास पाउन नसके सार्वभौमसत्ता माथि नै खतरा उत्पन्न हुने बताएका छन् ।  
    सप्तरीको शम्भुनाथ नगरपालिका १२ अर्नाहामा बिहीवार राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. ३ को प्रथम क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
    अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले देश अहिले असामान्य अवस्थामा पुगेको भन्दै देश जोगाउन सबै शक्ति मिलेर अघि बढनुपर्नेमा जोड समेत दिए । देश अहिले सामान्य अवस्थामा नरहेकोले सबै शक्ति राजनैतिक आग्रह पुर्वाग्रह भन्दा माथि उठेर निकास दिनुपर्ने अवस्था आएको उनको भनाइ छ । 
    देश संकटपूर्ण अवस्थामा रहेकोले सबै राजनीतिक शक्ति सहकार्य गरेर मात्र अहिले अवस्थाबाट पार लाग्ने दावी गर्दै उनले सरकारले सर्वपक्षीय सम्मेलन बोलाएर सबैको सहमतिमा मौलिक व्यवस्थामा जानुपर्ने धारणा राखे ।
    देश संकटमा परेको बेला मधेश प्रदेशमा देखिएको छिनाझप्टीले प्रदेशको औचित्य समाप्त भईसकेको भन्दै उनले प्रदेश खारेज गरेर नयाँ व्यवस्था सहित अगाडी बढ्नुपर्नेमा जोड दिए ।
    “यो व्यवस्थाले पार लाग्दैन” उनले भने, अव प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, अभिभावको रुपमा राजा र राजा सहितको हिन्दू राष्ट्र कायम गर्नुपर्ने उनको भनाई थियो ।
    भदौ २३ र २४ गतेको आन्दोलनमा संसद भवन, सिंहदरवार, सर्वोच्च अदालतदेखि प्रधानमन्त्री र राष्ट्रपति कार्यालयसम्म जल्नुको कारण पछाडि विदेशीको पनि हात रहेको दावीका साथ उनले यसतर्फ पनि सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए ।
    राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष उम्देश्वर साहको अध्यक्षतामा आयोजित कार्यक्रममा महामन्त्री प्रहलाद प्रसाद साह, मधेश प्रदेश अध्यक्ष भरत गिरी र प्रदेश समिति सदस्य विनोद पाण्डे, क्षेत्रीय अध्यक्ष नारायण मिश्रा लगायतले पनि बोल्दै राजा सहित हिन्दू राष्ट्र स्थापनाका लागि अगामी निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अत्याधिक मतले विजय बनाउनु अपिल गरेका थिए । 
    सो अवसरमा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका नव प्रवेशीहरुलाई प्रमुख अतिथि लिङ्गदेनले फूल माला र अबिर लगाई स्वागत गरेका थिए । क्षेत्रीय अधिवेशनले रामकुमार यादवको नेतृत्वमा क्षेत्र नं. ३ को नयाँ कार्यसमिति सर्वसम्मितले चयन गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक सय ३८ असहायलाई कम्बल
एक सय ३८ असहायलाई कम्बल
मोटरसाइकल र साइकल ठोकिदा  साइकल चालकको मृत्यु
मोटरसाइकल र साइकल ठोकिदा  साइकल चालकको मृत्यु
व्यवस्थापन समिति र प्रअको मिलोमतोमा सूचना लुकाइएको आरोप, व्यवस्थापन समितिको दवाबमा सूचना दिन असमर्थ : प्रअ
व्यवस्थापन समिति र प्रअको मिलोमतोमा सूचना लुकाइएको आरोप, व्यवस्थापन समितिको दवाबमा सूचना दिन असमर्थ : प्रअ
वरिष्ठ दानवीर एवं रेडक्रस सभापती भगत पनि चुनावी मैदानमा 
वरिष्ठ दानवीर एवं रेडक्रस सभापती भगत पनि चुनावी मैदानमा 
बेल्ही भन्सारमा भारतीय पर्यटक सम्मानित
बेल्ही भन्सारमा भारतीय पर्यटक सम्मानित
अस्पतालका चिकित्सकमा कोरोना संक्रमणको पुष्टि
अस्पतालका चिकित्सकमा कोरोना संक्रमणको पुष्टि
पूर्वराजपा सप्तरीका नेता कार्यकर्ताको  भेलाबाट संगठन ब्यबस्थापनमा जोड
पूर्वराजपा सप्तरीका नेता कार्यकर्ताको  भेलाबाट संगठन ब्यबस्थापनमा जोड
सात सय ५५ गाँजा बोट फडानपछि नष्ट
सात सय ५५ गाँजा बोट फडानपछि नष्ट
नेकपा एकिकृत समाजवादीद्वारा शुभकामना आदान प्रदान
नेकपा एकिकृत समाजवादीद्वारा शुभकामना आदान प्रदान
विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण