टे«ड युनियनलाई बलियो बनाउन नयाँ  योजनाका साथ अघि बढ्न सुझाव 

राजविराज राजविराज
|
आइतबार, मंसिर १४, २०८२
|
|
५२ पटक हेरिएको
Shares
टे«ड युनियनलाई बलियो बनाउन नयाँ  योजनाका साथ अघि बढ्न सुझाव 

सारांश

  •     आईतवार राजविराजमा टे«ड युनियक काँग्रेस सप्तरीका अगुवाहरुसँगको छलफल कार्यक्रममा केन्द्रीय कार्यालयका वर्तमान एवं पूर्व पदाधीकारीहरुलाई यस्तो सुझाव दिइएको हो ।
  •       छलफल कार्यक्रममा नेपाल टे«ड युनियन काँग्रेसका महासचिव अजय राईले त्यस्ता सुझावहरुलाई आत्मसाथ गर्दै परिर्वतीत अवस्थामा संगठनलाई सुदृढ बनाउन नयाँ ढंगले अघि बढ्ने प्रतिबद्धताका साथ एक जुटभई अघि बढ्नु पर्नेमा जोड दिए ।
  •       काँग्रेस कमजोर भए टे«ड युनियन पनि कमजोर हुने तर्क प्रस्तुत गरेका उनले नविन सोच र एकता बद्ध भई अघि बढ्न सके पार्टी र संगठन दुबै मजबुत हुने बताए ।

दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।

    नेपाल टे«ड युनियन काँग्रेसका वर्तमान एवं पूर्व केन्द्रिय पदाधिकारीहरुलाई नयाँ योजनाका साथ संगठनको काम कारवाहीलाई अघि बढाउनु पर्ने सुझाव दिइएको छ । 
    आईतवार राजविराजमा टे«ड युनियक काँग्रेस सप्तरीका अगुवाहरुसँगको छलफल कार्यक्रममा केन्द्रीय कार्यालयका वर्तमान एवं पूर्व पदाधीकारीहरुलाई यस्तो सुझाव दिइएको हो । 
    छलफल कार्यक्रममा नेपाल टे«ड युनियन काँग्रेसका महासचिव अजय राईले त्यस्ता सुझावहरुलाई आत्मसाथ गर्दै परिर्वतीत अवस्थामा संगठनलाई सुदृढ बनाउन नयाँ ढंगले अघि बढ्ने प्रतिबद्धताका साथ एक जुटभई अघि बढ्नु पर्नेमा जोड दिए । 
    काँग्रेस कमजोर भए टे«ड युनियन पनि कमजोर हुने तर्क प्रस्तुत गरेका उनले नविन सोच र एकता बद्ध भई अघि बढ्न सके पार्टी र संगठन दुबै मजबुत हुने बताए । 
    नेपाल टे«ड युनियन काँग्रेसका निवर्तमान अध्यक्ष पुष्कर आर्चायले संगठनमा आबद्ध पेशाकर्मीको उत्थानका लागी जिल्ला नेतृत्वले विशेष कार्यक्रमहरु संचालनमा ल्याउनु पर्ने आवश्यक्ता औल्याउदै यस कार्यमा केन्द्रले समेत सहयोग गर्ने प्रतिबद्धता जनाए । 
    केन्द्रीय नेतासंग आशिर्वाद लिने र जिल्लामा नेता बन्ने प्रवृति मौलाउदै गएको भन्दै उनले सो प्रवृति त्यागेर स्थानीयस्तर मै जनसरकोकारका मुद्धामा केन्द्रीत भई काम गर्न सुझाव समेत दिए । 
    उनले मुलुकमा सुशासन कायम हुनु पर्ने र भ्र्रष्टाचार अन्त्य हुनु पर्ने माग सबभन्दा पहिले टे«ड युनियन काँग्रेसले नै उठाएको दाबीका साथ अहिले आएर सो मुद्दा जेनजी समुहले “हाइज्याक गरेको” जिकीर पनि गरे । 
    नेपाल टे«डयुनियन काँग्रेस सप्तरीका अध्यक्ष मनोज कुमार मण्डलको अध्यक्षतामा आयोजित छलफल कार्यक्रममा नेपाल टे«डयुनियन काँग्रेस केन्द्रिय समितीका सल्लाहकार भोगेन्द्र झा, नेपाल कागँ्रेस सप्तरीका सचिव सनत मण्डल, टे«ड युनियकर्मी उमेश मिश्र, कुल बहादुर आलेमगर, प्रेस युनियनका प्रदेश सचिव मनोज माझी, प्रेस युनियनका जिल्ला उपाध्यक्ष नविन गुप्ता, सचिव रामानन्द देव, प्रेस युनियन सप्तरीका पुर्व सभापती ओम प्रकाश साह, नेविसंघ सप्तरीका सभापती राकेश ठाकुर लगायतले टे«ड युनियन काँग्रेसलाइ बलियो बनाउन संगठन विस्तार तथा सुदृृढिकरणका लागी विभिन्न गतिविधीलाई गति प्रदान गर्न सुझाएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागु औषधसहित एक पक्राउ
लागु औषधसहित एक पक्राउ
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक
“सरकार निर्माण व्यवसायी मैत्री बन्न सकेन”
“सरकार निर्माण व्यवसायी मैत्री बन्न सकेन”
राजविराज नगरपालिकाभित्र १५ किलो  ६० मिटर बाटो कालोपत्रे हुँदै 
राजविराज नगरपालिकाभित्र १५ किलो  ६० मिटर बाटो कालोपत्रे हुँदै 
पहिलो पटक गजेन्द्र नारायण सिंह  अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया
पहिलो पटक गजेन्द्र नारायण सिंह  अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया
अध्यक्षले दस्तखत किर्ते गरि  रकम झिकेको भन्दै  कोषाध्यक्षद्वारा प्रहरीमा उजुरी
अध्यक्षले दस्तखत किर्ते गरि  रकम झिकेको भन्दै  कोषाध्यक्षद्वारा प्रहरीमा उजुरी
विटौरी जग्गा, कित्ताकाट र लालपूर्जा लगायतको समस्या समाधानका लागि लोसपाले बुझायो २० बँुदे ज्ञापनपत्र
विटौरी जग्गा, कित्ताकाट र लालपूर्जा लगायतको समस्या समाधानका लागि लोसपाले बुझायो २० बँुदे ज्ञापनपत्र
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
महिला क्रिकेट प्रिमियर लिगमा खडकद्वारा राजबिराज पराजित
महिला क्रिकेट प्रिमियर लिगमा खडकद्वारा राजबिराज पराजित
सप्तरीको क्षेत्र नं. २ को प्रदेशसभा ख मा त्रिपक्षिय प्रतिस्पर्धा
सप्तरीको क्षेत्र नं. २ को प्रदेशसभा ख मा त्रिपक्षिय प्रतिस्पर्धा