दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरीको क्षेत्र नं. ३ मा नेपाली काँग्रेस र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पाँच बुँदे सहमति भएको छ ।
सो क्षेत्रबाट नेपाली काँग्रेसबाट पूर्वसांसद दिनेश कुमार यादव तथा राष्ट्रिय मुक्ति पार्टी नेपालबाट सहमहासचिव गजेन्द्र कुमार मण्डल प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फका उम्मेदवार हुन् ।
शनिबार उम्मेदवार मण्डलको उपस्थितिमा नेपाली काँग्रेस सप्तरीका सचिव सनत कुमार मण्डल तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रिय सदस्य एवं क्षेत्र नं. ३ का संयोजक मनोज कुमार चौधरीबीच पाँच बुँदे सहमति भयो ।
सहमति अनुसार प्रत्यक्षतर्फको आफ्नो उम्मेदवारी निष्कृय पार्दै मण्डलले काँग्रेस उम्मेदवार यादवलाई समर्थन गरेका छन् ।
यस्तै सहमति पत्रमा दुवै पार्टीका नेता कार्यकर्ता मिलेर प्रत्यक्षतर्फ काँग्रेसका उम्मेदवारको पक्षमा मत माग्ने, राष्ट्रिय मुक्ति पार्टी नेपालको समानुपातिकतर्फ आफ्नै पार्टीको उम्मेदवारको पक्षमा मत माग्ने, भविष्यमा हुने अन्य चुनावहरुमा दुवै पार्टी सहकार्य गरि आपसी सहमतिमा अघि बढ्ने तथा क्षेत्रको विकास निर्माणका सबै गतिविधिमा चुनाव उपरान्त पनि समन्वय र सहकार्य गरि अघि बढ्ने उल्लेख छ ।
जिल्लामा यसअघि आम जनता पार्टीबाट क्षेत्र नं. २ मा प्रत्यक्ष तर्फ उम्मेदवार रहेका ई. सुनिलराज दासले जनाधिकार पार्टीका अध्यक्ष तथा उम्मेदवार समेत रहेका डा. सरदसिंह यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्कृय पारेका थिए ।
यस्तै नेपाल जनता पार्टीका समानुपातिकतर्फका उम्मेदवार बनेका बिजय गुप्ता पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
सारांश
- सो क्षेत्रबाट नेपाली काँग्रेसबाट पूर्वसांसद दिनेश कुमार यादव तथा राष्ट्रिय मुक्ति पार्टी नेपालबाट सहमहासचिव गजेन्द्र कुमार मण्डल प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फका उम्मेदवार हुन् ।
- शनिबार उम्मेदवार मण्डलको उपस्थितिमा नेपाली काँग्रेस सप्तरीका सचिव सनत कुमार मण्डल तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रिय सदस्य एवं क्षेत्र नं.
- ३ का संयोजक मनोज कुमार चौधरीबीच पाँच बुँदे सहमति भयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया