नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव

राजविराज राजविराज
|
बिहिबार, बैशाख ३१, २०८३
|
|
८८ पटक हेरिएको
Shares
नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव

सारांश

  •     सो वार्तामा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीनले नापी कार्यालयको फिल्डबुकमा देखिएको रेकर्ड अनुसार नगरवासीलाई अविलम्ब लालपुर्जा वितरण गर्नुपर्ने कुरामा आफू प्रतिवद्ध रहेको बताएकी छिन् ।
  •     नगर स्थापनाकालदेखि नै बसोबास गर्दै आएका करिब ५ हजार २ सय परिवार लालपुर्जा प्राप्तिका लागि संघर्ष समिति नै गठन गरी चरणबद्ध रुपमा दवावमुलक कार्यक्रम गरिरहेका बेला कावा नगरप्रमुख परवीनले यस्तो प्रतिवद्धता जनाएकी हुन् ।
  •       जनआन्दोलन परिचानलन समितिले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री देखि सरोकारबाला निकाय सम्म ६ दिन अघि ७ दिने अल्टिमेटम सहितको ध्यानाकर्षण पत्र बुझाएको छैठौं दिन बसेको छलफल र वार्ता बैठकमा कार्यवाहक नगरप्रमुख परवीनले नापी कार्यालयका प्रमुख शत्रुघन प्रसाद यादवलाई नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव दिए ।

दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख । 

    राजविराज नगरपालिका कार्यालयमा लालपुर्जा प्राप्तिका लागि गठित जनआन्दोलन परिचालन समितिका पदाधिकारी, नगरपालिका तथा नापी र मालपोत कार्यालयका प्रमुख सम्मिलित वार्ता भएको छ । 
    सो वार्तामा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीनले नापी कार्यालयको फिल्डबुकमा देखिएको रेकर्ड अनुसार नगरवासीलाई अविलम्ब लालपुर्जा वितरण गर्नुपर्ने कुरामा आफू प्रतिवद्ध रहेको बताएकी छिन् ।
    नगर स्थापनाकालदेखि नै बसोबास गर्दै आएका करिब ५ हजार २ सय परिवार लालपुर्जा प्राप्तिका लागि संघर्ष समिति नै गठन गरी चरणबद्ध रुपमा दवावमुलक कार्यक्रम गरिरहेका बेला कावा नगरप्रमुख परवीनले यस्तो प्रतिवद्धता जनाएकी हुन् । 
    जनआन्दोलन परिचानलन समितिले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री देखि सरोकारबाला निकाय सम्म ६ दिन अघि ७ दिने अल्टिमेटम सहितको ध्यानाकर्षण पत्र बुझाएको छैठौं दिन बसेको छलफल र वार्ता बैठकमा कार्यवाहक नगरप्रमुख परवीनले नापी कार्यालयका प्रमुख शत्रुघन प्रसाद यादवलाई नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव दिए । 
    उनले लालपुर्जा वितरण प्रकृयामा कुनै समस्या भए नगरपालिकाले हर तबरबाट सहयोग गर्ने प्रतिवद्धता जनाउँदै अव कुनैपनि बहानामा आलटाल गर्न नहुने भन्दै नापी कार्यालयका प्रमुख यादवलाई सचेत पनि गराए । 
    उनले आफ्नै कार्यकालमा नगरवासीले लालपुर्जा प्राप्त गरुन् भन्ने मनसायका साथ राजविराज नगरपालिकाको नगरसभाबाट समेत निर्णय नै पारित गरी नापी कार्यालयलाई लालपुर्जा प्रदानका लागि सिफारिश गरि सकिएको स्मरण गराईन् ।
    नापी कार्यालयका प्रमुख यादवले नगर स्थापना भएको २०१६ साल देखि नै बसोबास गर्दै आएका नगरवासीलाई लालपुर्जा दिनुपर्छ भन्ने आफ्नो पनि मनसाय रहेको भन्दै नगरसभाबाट गरिएको सिफारिशमा बिटौरी शब्द उल्लेख भएका कारण समस्या भईरहेको बताए । 
    उनले नगरपालिकाले गरेको सिफारिश पत्रमा “बिटौरी” शब्द झिकिदिए लालपुर्जा प्रदान गर्न सहज हुने बताए । यद्यपी पुनः यसबारे शुक्रबार राजविराज नगरपालिका, नापी कार्यालय, मालपोत कार्यालय र जनआन्दोलन परिचालन समितिका पदाधिकारीको बैठक बसेर अन्तिम टुङ्गो लगाउने निष्कर्ष निकालिएको जनआन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासले जानकारी दिए ।
    बैठकमा उनले केही समय अघिमात्र जिल्लाको सप्तकोशी नगरपालिकाको फत्तेपुर बजारमा यस्तै प्रकृतिको जग्गाको लालपुर्जा प्रदान गरिएको प्रमाण पेश गर्दै अव पनि ढिलाई भए ७ दिने अल्टिमेटमको म्याद सकिएको भोली पल्टै चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गर्ने स्पष्ट पारेका छन् । 
    छलफल र वार्ता बैठकमा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनाराण साह, संघर्ष समितिका बिरेन्द्र साह, लुकाई अन्सारी, घनश्याम दास, बिरेन्द्र गुप्ता, उद्योग बाणिज्य संघका महासचिव अमृत संचेती लगायतले पनि बोल्दै बर्षौं देखि लालपुर्जा विहिन नगरका ५ हजार २ सय भन्दा बढी परिवारलाई अविलम्ब लालपुर्जा प्रदान गरिनुपर्नेमा जोड दिएका थिए ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ क्रिकेट बिकास समितिको कार्यालय बर्दिवास
प्रदेश २ क्रिकेट बिकास समितिको कार्यालय बर्दिवास
रामनगरका ५ सय परिवारले  बल्ल बत्ति बाल्न पाए
रामनगरका ५ सय परिवारले  बल्ल बत्ति बाल्न पाए
आगलागीमा पाँच घर नष्ट दश लाख बराबरको क्षति
आगलागीमा पाँच घर नष्ट दश लाख बराबरको क्षति
तीन वर्षभित्र राजरंगशालालाई पूर्ण रुपमा  निर्माण गरि राष्ट्रिय प्रतियोगिता गराउने  लक्ष्य ः शिक्षा मन्त्रि यादव
तीन वर्षभित्र राजरंगशालालाई पूर्ण रुपमा  निर्माण गरि राष्ट्रिय प्रतियोगिता गराउने  लक्ष्य ः शिक्षा मन्त्रि यादव
विभिन्न प्रहरी कार्यालयहरुमा देखिएका भौतिक तथा सवारीसाधानको समस्या १५  दिनभित्रै समाधान हुने ः गृहमन्त्री लेखी
विभिन्न प्रहरी कार्यालयहरुमा देखिएका भौतिक तथा सवारीसाधानको समस्या १५  दिनभित्रै समाधान हुने ः गृहमन्त्री लेखी
दिप प्रज्वलन गरेको दृश्य । 
दिप प्रज्वलन गरेको दृश्य । 
लकडाउनको सदुपयोग गर्दै यूवाहरुले श्रमदानबाट बनाए सडक
लकडाउनको सदुपयोग गर्दै यूवाहरुले श्रमदानबाट बनाए सडक
काँग्रेसकै कार्यकर्ताबाट कार्यक्रमस्थल मै  सांसद तेजुलाल चौधरीमाथी हातपात
काँग्रेसकै कार्यकर्ताबाट कार्यक्रमस्थल मै  सांसद तेजुलाल चौधरीमाथी हातपात
प्रदेश २ सरकारद्वारा होलीको अवसरमा दुई दिन विदा
सप्तरीमा २२ सुरक्षाकर्मीसहित २७ जना कोरोना संक्रमित
सप्तरीमा २२ सुरक्षाकर्मीसहित २७ जना कोरोना संक्रमित