२५ लाखमा गरिएको रंगशाला स्तरोेन्नती  बारे अख्तियारले थाल्यो छानबिन 

राजविराज राजविराज
|
बिहिबार, आषाढ १२, २०७६
|
|
७२ पटक हेरिएको
Shares
२५ लाखमा गरिएको रंगशाला स्तरोेन्नती  बारे अख्तियारले थाल्यो छानबिन 

सारांश

  •     जिल्ला खेलकुद विकास समितिले बि.
  • स.
  • २०७३÷७४ मा टेन्डर प्रक्रियाद्वारा काम गराउँदा निर्माण कम्पनीको मिलोमतोमा आर्थिक अनियमितता गरेको उजुरी परेपछि आयोगले सो अनुसन्धान सुरु गरेको जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ११ असार । 
    राजविराजस्थित राजरंगशालाको खेलमैदान स्तरोन्नती गरेको कार्यमा आर्थिक अनियमितता भएको भन्दै परेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । 
    जिल्ला खेलकुद विकास समितिले बि.स. २०७३÷७४ मा टेन्डर प्रक्रियाद्वारा काम गराउँदा निर्माण कम्पनीको मिलोमतोमा आर्थिक अनियमितता गरेको उजुरी परेपछि आयोगले सो अनुसन्धान सुरु गरेको जनाएको छ । 
    तत्कालिन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख र अध्यक्षसँगको मिलोमतोमा बजेट अनुसारको कामै नगरि भुक्तानी गरेको उजुरी परेपछि आयोगले छानबिन सुरु गरेको श्रोतले जनाएको छ । 
    आयोगको क्षेत्रिय कार्यालय इटहरीबाट खटेको प्राबिधिकसहितको तीन सदस्यीय टोलीले बुधबारदेखी राजरंगशालामा पुगि खेलमैदानको विभिन्न भागमा उत्खनन् र नापजोखसँगै अनुसन्धान अघि बढाएको हो । 
    सो क्रममा अख्तियारको टोलीमा सम्मिलित आयोगका एक अधिकारील प्रारम्भिक अनुसन्धानमै सम्झौता र भुक्तानी अनुसारको काम नभएको पाइएको जानकारी दिदै रंगशाला खेल मैदानको स्तरोन्नतीका लागि थालिएको प्रक्रिया, भुक्तानी, सम्झौता पत्र र बिल भरपाई लगायतका सबै कागजपत्र नियन्त्रणमा लिई अध्ययन समेत भइरहेको बताए । 
    जिल्ला खेलकुद विकास समितिले आर्थिक वर्ष २०७३÷७४ मा रंगशालाको खेलमैदान स्तरोन्नतीका लागि टेण्डर आह्वान गरेपछि २५ लाखमा निर्माण कार्यको ठेक्का उदय निर्माण सेवाले पाएको थियो । 
    यता सो खेल मैदानमा २०७३÷७४ मा २५ लाख तथा २०७४÷७५ मा १४ लाखको स्तरोन्तीको नाममा टेण्डर आहवान गरिएको थियो । तर रंगशाला भने पहिलेको भन्दा पनि अझै जिर्ण र जरजर अवस्थामा पुगेको छ । ध स्राजरंगशाला आवश्यक मर्मत एवं संरक्षणको अभावमा अहिले गौचरणमा परिणत समेत भएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारागारमा कैदीको चाप हुँदा त्रासमा  कैदीबन्दी, एक जना कैदीको मृत्यु
कारागारमा कैदीको चाप हुँदा त्रासमा  कैदीबन्दी, एक जना कैदीको मृत्यु
विपन्न समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन
विपन्न समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन
वडा अध्यक्षले मनपरी ढंगले काम गरे : वडा सदस्यहरु
वडा अध्यक्षले मनपरी ढंगले काम गरे : वडा सदस्यहरु
सप्तरीको निर्वाचन सुरक्षामा सात हजार भन्दा बढी सुरक्षाकर्मी खटाइने
सप्तरीको निर्वाचन सुरक्षामा सात हजार भन्दा बढी सुरक्षाकर्मी खटाइने
रामनवमीमा स्व. सिंहको सम्झना
रामनवमीमा स्व. सिंहको सम्झना
नागरिक समाजले लोकतन्त्र मैत्री दबाव  आन्दोलन स्वरुपका लागि साइकल यात्रा गर्दै
नागरिक समाजले लोकतन्त्र मैत्री दबाव  आन्दोलन स्वरुपका लागि साइकल यात्रा गर्दै
सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै
सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै
एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन
एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन
जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
सप्तरी काँग्रेस सभापतीको  दौडमा आधा दर्जन बढी आकांक्षी
सप्तरी काँग्रेस सभापतीको  दौडमा आधा दर्जन बढी आकांक्षी

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु