कोशीको बाध तत्कालै मर्मत गर्न मन्त्रीद्वयद्वारा निर्देशन

राजविराज राजविराज
|
बिहिबार, श्रावण २, २०७६
|
|
२४ पटक हेरिएको
Shares
कोशीको बाध तत्कालै मर्मत गर्न मन्त्रीद्वयद्वारा निर्देशन

सारांश

  •     बाढी प्रभावित क्षेत्रहरुको निरिक्षणका क्रममा कोशी ब्यारेज पुगेका मन्त्री सोनलसहित प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोशी नदीका तटबन्धहरु अवस्था अत्यन्त जिर्ण र जोखीमपूर्ण रहेकोले यसको मर्मतका लागि भारत सरकार गम्भिर हुनुपर्नेमा जोड दिए ।
  •       सोही क्रममा मन्त्रीद्वयले भारत सरकारको अधिनमा रहेको कोशी योजनाका कर्मचारीहरुलाई ती बाँधहरु तत्कालै मर्मत गर्न निर्देशन समेत दिए ।
  •       सो निरिक्षणका क्रममा राजपाका उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, शेखर सिंह, सहमहामन्त्री गजेन्द्र कुमार मण्डल, विद्यार्थी नेता किशोर कुमार यादव, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश कुमार साह लगायतको सहभागिता रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २ साउन । 
    प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको भारदहदेखी हनुमाननगर, डलवा, कुनौली बोर्डरसम्मको कोशी बाँध अत्यन्त जोखीमपूर्ण अवस्थामा रहेकोले सो बाँध तत्कालै मर्मत सम्भार हुनु पर्ने बताएका छन् । 
    बाढी प्रभावित क्षेत्रहरुको निरिक्षणका क्रममा कोशी ब्यारेज पुगेका मन्त्री सोनलसहित प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोशी नदीका तटबन्धहरु अवस्था अत्यन्त जिर्ण र जोखीमपूर्ण रहेकोले यसको मर्मतका लागि भारत सरकार गम्भिर हुनुपर्नेमा जोड दिए ।  
    सोही क्रममा मन्त्रीद्वयले भारत सरकारको अधिनमा रहेको कोशी योजनाका कर्मचारीहरुलाई ती बाँधहरु तत्कालै मर्मत गर्न निर्देशन समेत दिए । 
    सो निरिक्षणका क्रममा राजपाका उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, शेखर सिंह, सहमहामन्त्री गजेन्द्र कुमार मण्डल, विद्यार्थी नेता किशोर कुमार यादव, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश कुमार साह लगायतको सहभागिता रहेको थियो ।
    सप्तरीमा बाढीबाट सबै भन्दा बढी तिलाठी कोइलाडी गाउँपालिका, सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिकामा क्षति भएको छ । 
    सप्तकोशीको बाढीले हनुमाननगर, खाडोको बाढीले तिलाठी, त्रियुगा नदीको बाढीले सप्तकोशी नगरपालिकामा ठूलो क्षति पुगेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह