बाढीपीडितलाई ग्लोबलको सहयोग, बालबालिकालाई समेत शैक्षिक सामाग्रि बितरण

राजविराज राजविराज
|
शनिबार, श्रावण ४, २०७६
|
|
२२ पटक हेरिएको
Shares
बाढीपीडितलाई ग्लोबलको सहयोग,  बालबालिकालाई समेत शैक्षिक सामाग्रि बितरण

सारांश

  •     पीडितहरुको बस्तिमै पुगि भएको राहत बितरण कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले पनि राहत बितरण गर्दै बाढीपीडितलाई सहयोग गरेकोमा बैंकपरिवारप्रति धन्यवाद व्यक्त गरे ।
  • उनले बाढीपीडितका लागि सहयोगी हातहरु अघि बढ्नु पर्नेमा जोड दिए ।
  •       राहत बितरण कार्यक्रममा सशस्त्र प्रहरी निरिक्षक लाल बहादुर नेगि, पत्रकार महासंघ प्रदेश २ का पार्षद मनोज कुमार माझी, वडा अध्यक्ष गोपि मण्डललगायतको पनि उपस्थिति रहेको थियो ।

    राजविराज÷ग्लोबल आईएमई बैंक राजविराज शाखाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित बाढीपीडित ३ सय परिवारलाई राहत स्वरुप त्रिपाल र शैक्षिक सामाग्रि उपलब्ध गराएको छ ।
    बाढीबाट अति प्रभावित सो गाउँपालिका वडा नं. ४ स्थित तेलयारी, चट्टी, नवटोलिया र गोरिहारी टोलका पीडितहरुलाई शनिबार शाखा प्रबन्धक मनिष महासेठको नेतृत्वमा पुगेको टोलीले एक÷एक थान त्रिपाल र उनका सन्तानलाई कपी, कलम, पेन्सिल लगायतका शैक्षिक सामाग्रि उपलब्ध गराएको हो । 

    बाढीले घर बगाउनुका साथै पीडित परिवारको सन्तानका शैक्षिक सामाग्रि पनि नष्ट गरेको पाइएकोले त्रिपालसँगै शैक्षिक सामाग्रि पनि उपलब्ध गराइएको प्रबन्धक महासेठले बताए । सामाजिक उत्तरदायित्व तथा परोपकारी काम अन्तरगत राहत उपलब्ध गराइएको भन्दै उनले प्राप्त सहयोगको सदुपयोग गर्न आग्रह पनि गरे । 
    पीडितहरुको बस्तिमै पुगि भएको राहत बितरण कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले पनि राहत बितरण गर्दै बाढीपीडितलाई सहयोग गरेकोमा बैंकपरिवारप्रति धन्यवाद व्यक्त गरे । उनले बाढीपीडितका लागि सहयोगी हातहरु अघि बढ्नु पर्नेमा जोड दिए । 
    राहत बितरण कार्यक्रममा सशस्त्र प्रहरी निरिक्षक लाल बहादुर नेगि, पत्रकार महासंघ प्रदेश २ का पार्षद मनोज कुमार माझी, वडा अध्यक्ष गोपि मण्डललगायतको पनि उपस्थिति रहेको थियो । 
    अविरल वर्षापछि असार तेश्रो सातामा विभिन्न नदी खोलामा आएको बाढीका कारण सप्तरीमा ४ सय भन्दा बढी परिवार बिस्थापित बनेका छन् । ती क्षेत्रका सयौं विगहा धानखेती पनि डुवानमा परेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोजगारीका लागी ८० वटा औधोगिक भवन तथा कलसेन्टर स्थापनको तयारी ः डा. राउत
रोजगारीका लागी ८० वटा औधोगिक भवन तथा कलसेन्टर स्थापनको तयारी ः डा. राउत
जेसीजद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना
जेसीजद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना
राजमार्ग खोलाउन लाठी चार्ज र हवाई फायर
राजमार्ग खोलाउन लाठी चार्ज र हवाई फायर
छुट्टाछुट्टै दुर्घटनामा एक महिला र एक बालकको मृत्यु 
छुट्टाछुट्टै दुर्घटनामा एक महिला र एक बालकको मृत्यु 
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको कार्यालय राजविराजमा खुल्दै
नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान
नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान
बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
“गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन 
“गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन 
आजदेखी राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै 
आजदेखी राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै