राजविराज नगरपालिकाका ८० जना बृद्घबृद्घा सम्मानित

राजविराज राजविराज
|
बुधबार, श्रावण १५, २०७६
|
|
५२ पटक हेरिएको
Shares
राजविराज नगरपालिकाका ८० जना बृद्घबृद्घा सम्मानित

सारांश

  •     राजविराजमा नगरपालिकाले आयोजना गरेको एक कार्यक्रमबीच ७० बर्ष भन्दा माथिका नगरभित्रका वृद्घबृद्घालाई सम्मान गरेको जनाएको छ ।
  •       नगरपालिका क्षेत्रभित्रका सवै वडाबाट ५÷५ जना ज्येष्ठ नागरिकको छनौट गरी सम्मान गरिएको प्रमुख शम्भु प्रसाद यादवले जानकारी दिएका छन् ।
  •       ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाउनुका साथै छाता, कम्बल र झोला दिएर सम्मानित गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १५ साउन । 
    राजविराज नगरपालिकाले सम्पूर्ण वडाका जेष्ठ नागरिकहरुलाई बुधबार सम्मान गरेको छ । नगरपालिकाले १६ वडाका ८० जना बृद्घबृद्घालाई सम्मान गरेको हो । 
    राजविराजमा नगरपालिकाले आयोजना गरेको एक कार्यक्रमबीच ७० बर्ष भन्दा माथिका नगरभित्रका वृद्घबृद्घालाई सम्मान गरेको जनाएको छ । 
    नगरपालिका क्षेत्रभित्रका सवै वडाबाट ५÷५ जना ज्येष्ठ नागरिकको छनौट गरी सम्मान गरिएको प्रमुख शम्भु प्रसाद यादवले जानकारी दिएका छन् । 
    ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाउनुका साथै छाता, कम्बल र झोला दिएर सम्मानित गरिएको छ । सम्मान पाउनेहरुमा जिल्लाकै सबभन्दा जेठा नागरिक मानिएका १ सय ५ वर्षीय राजेन्द्र यादव सहित ९५ बर्षिय प्रधुमन यादव, ९४ बर्षिय बासुदेव यादव, ९१ बर्षिया फुलझरिया देवी यादव लगायत ८० जना बृद्घबृद्घा छन् । 
    कार्यक्रममा बोल्दै प्रमुख यादवले ज्येष्ठ नागरिक राष्ट्र र समाजका अमुल्य निधि भएको भन्दै उनीहरुको सुरक्षा र संरक्षण गर्न स्थानिय तहको तर्फबाट नगरपालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्घता ब्यक्त गरे । 
    कार्यक्रममा राजविराज नगरपालिकाका सबै १६ वटै वडाका वडाध्यक्षहरु, समाजिक विकास अधिकृत मनोज कुमार यादव, लेखा अधिकृत उमाशंकर यादव, विपद व्यवस्थापन शाखा प्रमुख उमेश यादव लगायतले पनि ज्येष्ठ नागरिकलाई विभिन्न सामग्री सहित सम्मान गरेका थिए । 
    कार्यक्रममा सम्मान पाएपछि निकै खुशी देखिएका ज्येष्ठ नागरिकहरुको तर्फबाट पनि आर्शिवाद सहित मेयर यादवलाई फुल, माला, अबिर र दोसल्ला ओढाई सम्मान गरिएको थियो । यता कार्यक्रममा सहभागी हुन आएका बृद्घबृद्घालाई यातायात खर्चका साथै भोजनको व्यवस्था समेत नगरपालिकाबाट मिलाईएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन पार्टीका तीन सप्तरी जिल्ला अध्यक्ष पराजित
तीन पार्टीका तीन सप्तरी जिल्ला अध्यक्ष पराजित
स्थानीय तहमा दलितको पहुँच भएपनि अधिकारमा पहुँच भएन ः समाजिक विकास मन्त्री साह
स्थानीय तहमा दलितको पहुँच भएपनि अधिकारमा पहुँच भएन ः समाजिक विकास मन्त्री साह
कवि गोष्ठी आयोजना
कवि गोष्ठी आयोजना
लोकेन्द्र स्मृती तामाङ र वातावरणीय पुरस्कार रामलाई प्रदान
लोकेन्द्र स्मृती तामाङ र वातावरणीय पुरस्कार रामलाई प्रदान
निवर्तमान मेयर पुरानै पार्टीमै फर्किए उनीसँगै चारसय जना लोसपामा प्रवेश
निवर्तमान मेयर पुरानै पार्टीमै फर्किए उनीसँगै चारसय जना लोसपामा प्रवेश
हटियाको जग्गा अतिक्रमणबारे कावा प्रमुखको निर्णय बिरुद्ध बोर्डका सदस्यहरु, डिपिआर बमोजिम नै मैले निर्णय गरे ः कावा प्रमुख परबिन
हटियाको जग्गा अतिक्रमणबारे कावा प्रमुखको निर्णय बिरुद्ध बोर्डका सदस्यहरु, डिपिआर बमोजिम नै मैले निर्णय गरे ः कावा प्रमुख परबिन
निर्माणाधिन पुलमा मोटरसाइकल ठोकिदा एकको मृत्यु, बिरोधमा स्थानियद्वारा प्रदर्शन तथा सडक अवरुद्ध
निर्माणाधिन पुलमा मोटरसाइकल ठोकिदा एकको मृत्यु, बिरोधमा स्थानियद्वारा प्रदर्शन तथा सडक अवरुद्ध
मलखादको तुरुन्त व्यवस्था गर्नसहित १४ बुँदे माग राख्दै लोसपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन 
मलखादको तुरुन्त व्यवस्था गर्नसहित १४ बुँदे माग राख्दै लोसपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन 
दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु
दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु
प्रतिष्ठानद्वारा क्रिकेटलाई निरन्तरता,  बैशाख ५ देखी प्रतियोगिता हुने
प्रतिष्ठानद्वारा क्रिकेटलाई निरन्तरता,  बैशाख ५ देखी प्रतियोगिता हुने

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु