बाल दिवसको अवसरमा आँखा शिविर 

राजविराज राजविराज
|
सोमबार, भाद्र ३०, २०७६
|
|
६७ पटक हेरिएको
Shares
बाल दिवसको अवसरमा आँखा शिविर 

सारांश

  •     राजबिराज वडा नम्वर ९ मलेठस्थित आइतबार आधारभुत बिद्यालय गढियाका बालबालिको आँखाको भिजनको चेक जाँच तथा उपचार गरिएको छ ।
  •     आँखा उपचार केन्द्रका प्रमुख डा.
  • रामकुमार झाले बिद्यालयका १ सय ५ जना बालबालिका तथा १० जना बिद्यालयका शिक्षक तथा शिक्षिकाहरूको उपचार समेत गरेको बिद्यालयका प्रअ बैधनाथ यादबले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २९ भदौं । 
    राष्ट्रिय बाल दिवसको अवसरमा सगरमाथा चौधरी आँखा अस्पताल लहान, आँखा उपचार केन्द्र राजबिराजले आँखा स्वास्थ शिबिरको आयोजना गरेको छ ।
    राजबिराज वडा नम्वर ९ मलेठस्थित आइतबार आधारभुत बिद्यालय गढियाका बालबालिको आँखाको भिजनको चेक जाँच तथा उपचार गरिएको छ ।
    आँखा उपचार केन्द्रका प्रमुख डा. रामकुमार झाले बिद्यालयका १ सय ५ जना बालबालिका तथा १० जना बिद्यालयका शिक्षक तथा शिक्षिकाहरूको उपचार समेत गरेको बिद्यालयका प्रअ बैधनाथ यादबले जानकारी दिएका छन् ।
    केन्द्रका प्रमुख डा. झाले शिविरमा बालबालिकामा एलर्जी, भिजन कमजोर भए नभएको, पोषण स्वास्थ सम्बन्धमा आँखा बचाउन ध्यान दिनुपर्नेे जानकारी गराए ।  
    उनले बालवालिकाहरूको आँखाको बिकासको लागी समय समयमा चेतनाको स्तर, बढाउनुपर्ने, पोषणको अबस्थामा सुधार ल्याउनुपर्ने बिद्यालय भर्ना अगाडी एक पटक आँखा जाँच गराउनुपर्नेमा सल्लाह समेत दिए ।
    सम्पन्न शिविरमा बालबालिकाहरूको भिजन चेकजाँच गर्नका लागि प्रमुख झा सँगै केन्द्र कर्मचारी बिजुली प्रसाद चौधरीले समेत सहयोग गरेका थिए ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?