दैनिक समाचारदाता
राजविराज, ८ असोज ।
सप्तरी प्रहरीले चाड पर्वलाई लक्षित गर्दै आगामी एक वर्षे सुरक्षा योजना सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्ला भरमा आगामी एक वर्षका लागि तय गरिएको रणनीतिक सुरक्षा योजना सार्वजनिक गरिएको हो ।
आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक कृष्ण प्रसाईले आपराधिक गतिविधी नियन्त्रण, चाड पर्वको बेला हुने जुवा, तास, अत्याधिक मदिरा र लागु अँौषधको सेवन, सीमा क्षेत्रमा हुने राजश्व छलि, ट्राफिक व्यवस्थापनलगायतको क्षेत्रमा सुरक्षाको प्रत्याभूती गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।
उनले चाड पर्वका बेला हुन सक्ने आपराधिक क्रियाकलाप रोक्न तथा सबै क्षेत्रमा सुरक्षाको प्रत्याभुति गराउन एक वर्षे योजना बनाई अघि बढेको बताउँदै सुरक्षा सुधार्ने प्रहरीको प्रयासमा संचारकर्मीहरुको पनि सहयोग रहने अपेक्षा गरे ।जिल्ला सुरक्षाका लागि जनशक्तिको अभाव भएपनि भएकै जनशक्तिको उच्चतम परिचालन गरि शान्ति सुरक्षा सुदृढ बनाउने उनको दाबी छ ।
यस्तै धार्मिक स्थाल, अत्याधिक भिंडभाड हुने सार्वजनिक स्थल तथा सडक सुरक्षाका लागि पनि विशेष सुरक्षा प्रबन्ध मिलाएको उनले बताए ।
यसैबीच जिल्लामा बि.स. २००९ सालदेखी विभिन्न अपराधमा संलग्न भई हालसम्म फरार अपराधीको संख्या ४ हजार ४ सय पुगेको जानकारी गराउँदै उनले फरार अपराधीको खोजि कार्यलाई पनि उच्च प्राथमिक्तामा राखेको बताए ।
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्ला भरमा आगामी एक वर्षका लागि तय गरिएको रणनीतिक सुरक्षा योजना सार्वजनिक गरिएको हो ।
- आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक कृष्ण प्रसाईले आपराधिक गतिविधी नियन्त्रण, चाड पर्वको बेला हुने जुवा, तास, अत्याधिक मदिरा र लागु अँौषधको सेवन, सीमा क्षेत्रमा हुने राजश्व छलि, ट्राफिक व्यवस्थापनलगायतको क्षेत्रमा सुरक्षाको प्रत्याभूती गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।
- उनले चाड पर्वका बेला हुन सक्ने आपराधिक क्रियाकलाप रोक्न तथा सबै क्षेत्रमा सुरक्षाको प्रत्याभुति गराउन एक वर्षे योजना बनाई अघि बढेको बताउँदै सुरक्षा सुधार्ने प्रहरीको प्रयासमा संचारकर्मीहरुको पनि सहयोग रहने अपेक्षा गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया