“समुन्नती कार्यक्रम” ले विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा ल्यायो परिवर्तन 

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, आषाढ ५, २०८३
|
|
३४५ पटक हेरिएको
Shares
“समुन्नती कार्यक्रम” ले विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा ल्यायो परिवर्तन 

सारांश

  • बालविकासदेखि कक्षा ७ सम्म पढाई सञ्चालनमा रहेका उक्त विद्यालयमा कक्षा ३ सम्म अंग्रेजी माध्यममा पढाई भईरहेको छ जुन सुरुङ्गा नगरपालिका रहेका ३१ वटा विद्यालयमा यो नमूना विद्यालय रहेको छ ।
  • समुन्नती कार्यक्रम अन्तरगत उक्त विद्यालयमा शिक्षकहरुलाई तालिम, भौतिक सहयोग र अन्य शैक्षिक सहयोगले पहिलाको भन्दा अहिले विद्यालयमा धेरै परिवर्तन आएको प्रधानाध्यापक सुनिल कुमार चौधरीले बताए ।
  • विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुभनारायण चौधरीले समुन्नती कार्यक्रम अन्तर्गत नै २०८१ मंसिर १६ मा हरित तथा जंकफुड रहित विद्यालय घोषणा गरिएको जानकारी दिए ।
दैनिक समाचारदाता
राजविराज, ५ असार ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ८ स्थित राष्ट्रिय आधारभूत विद्यालय महुलियामा भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा आमूल परिवर्तन आएको छ ।
बालविकासदेखि कक्षा ७ सम्म पढाई सञ्चालनमा रहेका उक्त विद्यालयमा कक्षा ३ सम्म अंग्रेजी माध्यममा पढाई भईरहेको छ जुन सुरुङ्गा नगरपालिका रहेका ३१ वटा विद्यालयमा यो नमूना विद्यालय रहेको छ ।
समुन्नती कार्यक्रम अन्तरगत उक्त विद्यालयमा शिक्षकहरुलाई तालिम, भौतिक सहयोग र अन्य शैक्षिक सहयोगले पहिलाको भन्दा अहिले विद्यालयमा धेरै परिवर्तन आएको प्रधानाध्यापक सुनिल कुमार चौधरीले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुभनारायण चौधरीले समुन्नती कार्यक्रम अन्तर्गत नै २०८१ मंसिर १६ मा हरित तथा जंकफुड रहित विद्यालय घोषणा गरिएको जानकारी दिए । उनले यो परियोजना सम्पन्न भएपछि पनि विद्यालय अहिले जुन उचाईमा पुगेको छ त्यसमा कमी आउन नदिने प्रतिवद्धता जनाए ।
विद्यालयको भौतिक र शैक्षिक विकासका लागि ७ लाख ३३ हजार बराबरको सहयोग गरिएको सबल नेपालका फिल्ड म्यानेजर रोशन मंडलले जानकारी दिए ।
यस्तै सोही कार्यक्रम अन्तर्गत खडक नगरपालिका वडा नं. १ सिस्वा बेल्ही स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड मार्फत सञ्चालित बालबालिकालाई शैक्षिक सहयोग तथा उद्यमशीलताका लागि कार्य गरिएको छ ।
समुन्नती कार्यक्रम अन्तर्गत सो संस्थालाई सबल नेपालले उपलब्ध गराएको रु पाँचलाख ६५ हजार रकमलाई बाल अक्षय कोष बनाएर सो रकमको ब्याजबाट २१ जना गरिव, विपन्न, भूमीहीन तथा दलित बालबालिकाहरुलाई शैक्षिक सामग्री खरिद गर्न प्रति महिना ३ सयका दरले उपलब्ध गराईरहेको संस्थाका अध्यक्ष विष्णुदेव मंडलले बताए ।
संस्थामा रहेको कोषबाट उद्यमशीलताको लागि वडा नं. १ र २ मा  समुह बनाई ऋृण लागानी गरेर त्यसबाट आउने ब्याजले अध्ययनरत छात्र–छात्राहरुलाई ६ बर्ष देखि यस्तो सहयोग गर्दै आएको संस्थाका म्यानेजर श्रवण कुमार साहले बताए ।
उनले यस्तो सहयोग कक्षा १२ सम्म अध्ययन गर्ने छात्र–छात्राहरुले पाउने जानकारी दिए । “सहयोग पाउने मध्ये १० जना सबलले र ११ जना आफ्नो संस्थाले छनौट गरेर यो सहयोग गरिरहेको छ, त्यसमध्ये तीनजना एसईई उत्तीर्ण पनि गरिसकेको छ“ साहले भने ।
एकातिर ऋण लगानी गरेर उद्यमशील बनाउने र अर्कोतिर छात्र–छात्राहरुलाई सहयोग हुने गरी दोहरो फाईदा हुने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालनमा ल्याईएको फिल्ड म्यानेजर मंडलको तर्क छ ।
उनले सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित यो कार्यक्रम सकिए पनि संस्थाले निरन्तरता दिने प्रतिवद्धता जनाए । साहका अनुसार संस्थाले “बाल अक्षय कोष“ स्थापना गरिएको र सो कोषमा सबलबाट आएको रकमका साथै संस्थाबाट नाफाको पाँच प्रतिशत प्रतिवर्ष जम्मा गरी यो कार्यक्रमलाई निरन्तर सञ्चालन गर्न कार्यविधि समेत बनाई सकिएको छ ।
सप्तरीमा सन् २०१४ बाट सञ्चालित “सम्मुन्नती कार्यक्रम“ यही ३० जुन २०२६ मा सम्पन्न हुने सबल नेपालका फिल्ड म्यानेजर मंडलले जानकारी दिए ।
शुक्रबारै दुबै पालिकामा सञ्चारकर्मीहरुको एक टोली गरेको अनुगमनका क्रममा विद्यालयमा भौतिक पूर्वाधार निर्माण, विद्यार्थी र शिक्षक लक्षित कार्यक्रमहरु सञ्चालन, हरित तथा जंकफुड रहित विद्यालय घोषणा गरिएको पाईएको छ । सेभ द चिल्ड्रेनको सहयोग, सबल नेपालको साझेदारी तथा पालिकाको समन्वयमा दुवै पालिकामा सञ्चालित कार्यक्रम सफल भएको छ ।
सबल नेपालको समन्वयमा गरिएको अनुगमनमा नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष वैद्यनाथ झा, पत्रकार विनय कुमार लाल कर्ण, परिष कर्णसहित सबल नेपालका फिल्ड म्यानेजर रोशन मंडल सहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्कारपियो र बोलेरो ठोक्किदा दुईको मृत्यु, १२ जना घाईते, भारतीय नम्बर कारको ठक्करबाट एकको ज्यान गयो
स्कारपियो र बोलेरो ठोक्किदा दुईको मृत्यु, १२ जना घाईते, भारतीय नम्बर कारको ठक्करबाट एकको ज्यान गयो
उपवासमा बसेकी महिला बाल  शिक्षकहरुद्वारा दोश्रो दिन पनि धर्ना
उपवासमा बसेकी महिला बाल  शिक्षकहरुद्वारा दोश्रो दिन पनि धर्ना
बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
रुपनी र डाक्नेश्वरी बिजयी
बेल्हीमा चहलूम दाहा मेला २०७८ शुरु
बेल्हीमा चहलूम दाहा मेला २०७८ शुरु
गत निर्वाचनमा पराजित उम्मेदवारहरु जित्दै, निर्वाचितहरु हार्दै 
गत निर्वाचनमा पराजित उम्मेदवारहरु जित्दै, निर्वाचितहरु हार्दै 
आत्मरक्षाका लागी प्रशिक्षणमा सहभागि  चार सय छात्रालाई पोशाक बितरण
आत्मरक्षाका लागी प्रशिक्षणमा सहभागि  चार सय छात्रालाई पोशाक बितरण
हटियाको जग्गा पुनः अतिक्रमण
हटियाको जग्गा पुनः अतिक्रमण
पुस्तकमा लगाइएको सिन्डीकेट बिरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन र तालाबन्दी
पुस्तकमा लगाइएको सिन्डीकेट बिरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन र तालाबन्दी
उच्च अदालत जनकपुर राजविराजद्वारा तीन  महिनाको अवधीमा ५ सय ८६ मुद्दा फर्छयौट
उच्च अदालत जनकपुर राजविराजद्वारा तीन महिनाको अवधीमा ५ सय ८६ मुद्दा फर्छयौट

छुटाउनुभयो कि ?

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते