राष्ट्रियसभामा सांसद कर्णले उठाए  “राजविराजको लालपूर्जा” मुद्दा

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, आषाढ १५, २०८३
|
|
७५ पटक हेरिएको
Shares
राष्ट्रियसभामा सांसद कर्णले उठाए  “राजविराजको लालपूर्जा” मुद्दा

सारांश

  • दैनिक समाचारदाता राजविराज, १५ असार ।
  •   राजविराज नगरवासीले झण्डै डेढ महिनादेखी लालपूर्जा माग गर्दै निरन्तर गरिरहेको आन्दोलनबारे राष्ट्रिय सभामा आवाज उठेको छ ।
  • सोमवार राष्ट्रियसभाको २१ औ अधिवेशन बैठकको शुन्य समयमा राष्ट्रियसभा सदस्य रञ्जित कर्णले यसबारे आवाज उठाएका हुन ।
दैनिक समाचारदाता
राजविराज, १५ असार । 
राजविराज नगरवासीले झण्डै डेढ महिनादेखी लालपूर्जा माग गर्दै निरन्तर गरिरहेको आन्दोलनबारे राष्ट्रिय सभामा आवाज उठेको छ ।
सोमवार राष्ट्रियसभाको २१ औ अधिवेशन बैठकको शुन्य समयमा राष्ट्रियसभा सदस्य रञ्जित कर्णले यसबारे आवाज उठाएका हुन ।
सभामा सांसद कर्णले भने “बजार स्थापना काल देखी नै आफ्नै ब्यक्तीगत लगानीमा घर पसल बनाई बसोवास, कारोबार र जीवनयापन गरेर नगरको विकासमा योगदान पु¥याउदै आएका राजविराजवासीलाई लालपूर्जाका लागी विगत ४३ दिन देखी निरन्तर आन्दोलन गरिरहदा पनि सरकार के हेरेर वसेको छ ?”
राष्ट्रियसभा अध्यक्ष मार्फत सरकारको ध्यानाकर्षण गराउदै उनले वसोवासको ८५ वर्ष भन्दा बढी समय वितिसक्दा पनि राजविराजका मुलवासी ५ हजार २ सय भन्दा बढी परिवारले अझै लालपुर्जा पाउन नसक्नु दुःखद विषय भएको बताए ।
नगरवासीको जायज माग अबिलम्ब सम्बोेधन हुनु पर्ने भन्दै उनले यसका लागी सरकारले तत्कालै आवश्यक पहल गर्नु पर्नेमा जोड दिए ।
राजविराज बजार स्थापनाकाल देखी नै नगरको मुख्य सडक मेन रोड तथा भित्री सडकको दाँया बायाँ करिब ७० विगहा क्षेत्रफलमा वसोवास गर्दै आएका ५ हजार भन्दा बढी परिवारले हाल सम्म लालपूर्जा पाउन नसक्नु लज्जास्पद विषय भएको भन्दै उनले अबिलम्ब लालपूर्जा वितरण प्रक्रिया सूरु गर्न सरकारको ध्यानाकर्षण गराए ।
नापी कार्यालयद्वारा २०२८ सालमा गरिएको नापी अनुसार उक्त जग्गा गाउँब्लकमा रहेको भनी फिल्डबुकमा स्पष्ट उल्लेख भएको, सोही आधारमा नापी कार्यालयले लालपुर्जा वितरण प्रक्रिया सूरु गर्ने प्रयोजनका लागी ३÷३ पटक सुचना जारी गरिसकेको तथा राजविराज नगरपालिकाको मिति २०८२ कार्तिक २९ गते सम्पन्न नवौं नगरसभाबाट पनि उक्त जग्गा ब्यक्ती कै स्वामित्वमा रहेकाले लालपूर्जा प्रदान गर्न सिफारिस गरिसकेको भएपनि हाल सम्म लालपुर्जा वितरण कार्य सूरु हुन नसक्नु अचम्मको विषय बनेको उनको तर्क थियो ।
उनले २०७६ साल बैशाख सम्म उक्त जग्गामा वसोवास गर्दैआएकाहरु नगरपालिकाबाट पाएको रसिद कै आधारमा समस्यामा परेका वेला उक्त जग्गा बैंक तथा वित्तिय संस्थामा धितो राखी ऋण सुविधा पाउने गरेकोमा त्यस पछि सो सुविधा पनि कटौती हुदा नगरवासी थप समस्यमा परेको चर्चा गर्दै राष्ट्रियसभाका अध्यक्ष मार्फत सरकारको ध्यानाकर्षण गराएका छन ।
यता लालपुर्जा माग्दै विगत ४३ दिन देखी जारी आन्दोलनलाई सोमवार पनि राजविराजमा निरन्तरता दिइएको छ । जनआन्दोलन परिचालन समितीका संयोजक खेलानन्द दासको नेतृत्वको स्थानीय लक्ष्मी नारायण राधाकृष्ण मन्दिरको प्रांगणबाट निस्केको नगरवासीको जुलुृश लालपूर्जा माग्दै नगरको विभिन्न भागको परिक्रमा गरेका छन । उनीहरुले माग पुरा नभए सम्म आन्दोलन नरोकिने अडान राखेका छन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
स्व. भट्टराईलाई सम्झदै श्रद्धाञ्जली अर्पण
स्व. भट्टराईलाई सम्झदै श्रद्धाञ्जली अर्पण
काँग्रेस सप्तरीका क्षेत्रिय समिती सदस्य कुलदिपको निधन
काँग्रेस सप्तरीका क्षेत्रिय समिती सदस्य कुलदिपको निधन
बिपन्न परिवारका बालबालिकाका लागी तरकारीखेती प्रभावकारी बन्दै
बिपन्न परिवारका बालबालिकाका लागी तरकारीखेती प्रभावकारी बन्दै
वीमाले अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउँछ  
वीमाले अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउँछ  
नेपालमा पाठेघरको मुखको क्यान्सरबाट  प्रत्येक दिन चार महिलाको मृत्यु, माघ २३ देखी ३६ हजार ७ सय १ किशोरीलाई एचपीभी खोप दिइने
नेपालमा पाठेघरको मुखको क्यान्सरबाट  प्रत्येक दिन चार महिलाको मृत्यु, माघ २३ देखी ३६ हजार ७ सय १ किशोरीलाई एचपीभी खोप दिइने
आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
“महम्मद डे” मा सद्भाव ¥याली
“महम्मद डे” मा सद्भाव ¥याली
लामो समयदेखी सडक नबन्दा सास्ती भोग्नु परेको भन्दै चक्काजाम
लामो समयदेखी सडक नबन्दा सास्ती भोग्नु परेको भन्दै चक्काजाम
वेपत्ता उपाध्यायको अवस्था  पत्ता लगाईदिन आग्रह
वेपत्ता उपाध्यायको अवस्था  पत्ता लगाईदिन आग्रह