अदालत भित्रै पाकेटमारी

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, आषाढ २५, २०८३
|
|
१०० पटक हेरिएको
Shares
अदालत भित्रै पाकेटमारी

सारांश

  • जग्गा खिचौला मुद्दाको तारिख लिन पुगेका सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरका ६५ वर्षिय वृद्ध श्रीकान्त यादव यसरी लुटिएका हुन् ।
  • विहिवार दिउँसो ३ बजेतिर राजविराजस्थित सप्तरी जिल्ला अदालतको मुद्दा फाँटमा तारेखको पुर्जा लिने क्रममा लाम लागेका बेला गोजीमा रहेको ३३ हजार रुपैयाँ पाकेटमारले झिकेर लगेको उनले जानकारी दिए ।
  • अदालत भित्रै एक सेवाग्राहीको पाकेटमारी भई रकम लुटिएको खबर फैलिएपछि अन्य सेवाग्राहीको समेत भीड लागेको थियो ।
दैनिक समाचारदाता
राजविराज, २५ असार । 
जिल्ला अदालत सप्तरी परिसरभित्र बिहीबार एक सेवाग्राहीको रकम लुटिएको छ ।
जग्गा खिचौला मुद्दाको तारिख लिन पुगेका सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरका ६५ वर्षिय वृद्ध श्रीकान्त यादव यसरी लुटिएका हुन् ।
विहिवार दिउँसो ३ बजेतिर राजविराजस्थित सप्तरी जिल्ला अदालतको मुद्दा फाँटमा तारेखको पुर्जा लिने क्रममा लाम लागेका बेला गोजीमा रहेको ३३ हजार रुपैयाँ पाकेटमारले झिकेर लगेको उनले जानकारी दिए ।
अदालत भित्रै एक सेवाग्राहीको पाकेटमारी भई रकम लुटिएको खबर फैलिएपछि अन्य सेवाग्राहीको समेत भीड लागेको थियो ।
पीडित वृद्ध श्रीकान्तले राजविराजस्थित एक निजी विद्यालयमा अध्ययनरत नातिको स्कूल फि बाँकी बक्यौता तिर्न ल्याएको रकम पाकेटमारी भएपछि समस्यामा परेको सुनाए ।
घटनाको खबर पाएपछि अदालत प्रशासनले अदालत परिसरमा लगाइएको सीसीटीभीको सबै फुटेज नियालेपनि पाकेटमार पत्ता लाग्न सकेन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?